No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नवनिर्मित प्रशासनिक भवन चुहिन थाल्यो, मर्मत गरिँदै

नवनिर्मित प्रशासनिक भवन चुहिन थाल्यो, मर्मत गरिँदै

धनुषाको बटेश्वर गाउँपालिका कार्यालयको प्रशासनिक भवनको दोश्रो तल्ला प्रयोगमा नआउँदै जीर्ण बनेको छ । नवनिर्मित भवनको दोश्रो तल्लाको छट वर्षामा ठाउँठाउँमा चुहिने गरेकाले मर्मतको काम थालिएको छ ।

आर्थिक वर्ष २०७७।०७८ को असार मसान्तमा मात्रै दोश्रो तल्लाको निर्माणको काम रौतहटको आर्यन कन्ट्रक्सन, राजपुरले गरेको थियो । निर्माणकै बेलादेखि भवन ठाउँठाउँमा चुहिने गरेकाले मर्मत गर्न लागिएको गाउँपालिकाका इन्जिनियर जितेन्द्र यादवले बताए ।

दोश्रो तल्लामा कार्यालयको थप शाखा व्यवस्थापन गर्न आवश्यक भएकाले चुहिन लागेको भवनको मर्मत गर्न लागेको हो । मर्मतको लागि गाउँपालिका कार्यालयको २९ पुसमा बसेको कार्यपालिका बैठकले निर्णय गरेको हो ।
इन्जिनियर यादवका अनुसार छत मर्मतका लागि भ्याटसहित ५ लाखमा कोटेशनमा आर.के. बिल्डर्सलाई दिइएको छ । ‘वाटरप्रुफ केमिकल राखेर डेढदेखि दुई ईन्चसम्म ढलान गरेर मर्मत गर्ने काम गर्न लागिएको छ’ इन्जिनियर यादवले भने ।

तत्कालिन गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत रामजी जोसी र लेखाअधिकृत सुमन पुरीको सेटिंगमा प्रशासनिक भवनको दोश्रो तला थप्न ५९ लाख ९९ हजार १७२ रुपैयाँमा आर्यन कन्ट्रक्सनलाई ठेक्का दिइएको थियो ।

जथाधभावी छत र वालसम्म बनाएको सो कम्पनीलाई पालिकाले ५७ लाख १८ हजार ५७९ रुपैयाँ भुक्तानी दिएको थियो । ठाउँठाउँमा छतको लेभल मिलेको छैन । सेटिंगमा ठेक्का लगाएर मापदण्ड विपरीत जथाभावी भवन निर्माणको काम भएकाले प्रयोगमा नआउँदै भवन चुहिरहेको स्थानीय दिपलाल साहको दावी छ ।
प्रशासनिका भवनको दोश्रो तल्लामा पलास्टर र फिनिसिङको काम भने बर्तमान गाउँपालिका अध्यक्ष रामअशिष महतोकै पालामा भएको हो ।

यो भवनका अलावा त्यति बेला आर्यन कन्ट्रक्सनलाई नै सेटिंगमै गाउँपालिकाको कार्यालय अगाडि वडा नं. ४ मा महादेव मन्दिर, वडा नं. —१ को लक्ष्मी माध्यमिक विद्यालयमा चारकोठे भवन, वडा नं.–२ को श्रीजनप्रिय माविको आठ कोठे भवन लगायत एक दर्जन भन्दा बढी योजना पालिकाले दिएको थियो । जस मध्ये अधुरा छाडेका केही योजना वर्तमान अध्यक्ष महतोले काम गराएका छन् ।
मापदण्ड विपरीत जथाभावी काम गरेकाले अझैपनि लक्ष्मी माध्यमिक विद्यालयको चारकोठे भवन र महादेव मन्दिर अलपत्र छन् । ती योजनाहरुमा हात हाल्न गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी डराइरहेका छन् ।

प्रशासनिक भवनकै पहिलो तल्लाको भुक्तानीमा तत्कालीन पालिका अध्यक्ष क्षेत्री ८ लाख रुपैयाँ घुस लिँदा १८ फागुन २०७७ मा अख्तियारको फन्दामा परेका थिए । अख्तियारले रंगेहात समात्न पछ्याएपछि घुसको आठ लाख रकम फालेर गाडीबाट हाम फालेर उनी फरार भएका थिए । तत्कालि प्रधानमन्त्री केपी शर्मा ओलीकै सहयोगमा उनी अख्तियारमा हाजिर भएर पालिकामा पुनः फर्केका थिए । घुस मागेको, लिएको भिडियो, कल रेकर्डसहित प्रमाण छँदा पनि ठूलाबडाकै सेटिंगमा अख्तियारले उनको फाइल तामेलमा राखेको अख्तिर श्रोतको दावी छ । यो विषयमा बुझ्न खोज्दा अख्तियारका सह प्रवक्ता देवी प्रसाद थपलिया उजुरकर्ताले निवेदन दिए मात्र भन्न सक्ने प्रतिक्रिया दिए ।

अझैसम्म अनुसन्धानको नाममा उनीमाथि मुद्दा नचलाएर उन्मुक्ति दएको भन्दै अख्तियारले पैसा खाएर उनलाई छाडेको स्थानीयको आरोप छ ।
तत्कालिन प्रमुख प्रशासकीय अधिकृत जोशीले अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा हुँदा आव ०७३÷७४ मा फर्निचर खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ साउन २०७८ मा विशेष अदालतमा ४ लाख ४७ हजार ५०० बिगो मागदावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसयता उनी निलम्बनमा छन् ।

तत्कालिन पालिका अध्यक्ष र प्रमुख प्रशासकीय जोसीमाथि आ.व.२०७७।०७८ मा सडकबत्ती प्रयोजनको लागि करोडौंको सोलार खरिदमा अख्तियारमा उजुरी परेको छ । त्यसमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । तत्कालिन लेखा अधिकृत सुमन पुरी अझै गाउँपालिकामै छन् । पहिलादेखि नै अनियमितता जन्य काममा पटक पटक मुछिएका पुरी बर्तमान गाउँपालिका अध्यक्ष महतोको विश्वास पात्र बन्न सफल छन् । अनियमित काम गरेर लाभ पाउन लेखाअधिकृत सहज भएकोले उनलाई पालिका अध्यक्ष महतोले पनि अंगालेको कार्यालय श्रोतको दावी छ ।

‘लेखाअधिकृत पुरी जसरी तत्कालिन गाउँपालिका अध्यक्ष राउतको प्यारो कर्मचारी थिए । अहिले त्यसरी नै वर्तमान पालिका अध्यक्ष महतोको पनि भएका छन् । पटक पटक अनियमितता काण्डमा बद्नाम लेखाअधिकृतलाई अंगालो हाल्नुको कारण के हो ? उनीहुँदा योजनाको सेटिंग गर्न सजिलो र अनुचित आर्थिक लाभ लिन सजिलो छ’ एक कर्मचारी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
भारतीय दूतावासले मनायो ७५औँ गणतन्त्र दिवस

भारतीय दूतावासले मनायो ७५औँ गणतन्त्र दिवस

इरानको हवाई हमलापछि विज्ञहरुले भने- आक्रमणको कारण आतंकवाद

इरानको हवाई हमलापछि विज्ञहरुले भने- आक्रमणको कारण आतंकवाद

भारतमा अन्तर्राष्ट्रिय आत्मविश्वास सबैभन्दा उच्चस्तरमा : आरबीआई गभर्नर

भारतमा अन्तर्राष्ट्रिय आत्मविश्वास सबैभन्दा उच्चस्तरमा : आरबीआई गभर्नर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...