No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिनियाँ रक्षा मन्त्री बेपत्ता, भ्रष्टाचार मुद्दामा बर्खास्त गरिएको आशंका

चिनियाँ रक्षा मन्त्री बेपत्ता, भ्रष्टाचार मुद्दामा बर्खास्त गरिएको आशंका

बेइजिङ । विगत तीन सातादेखि चिनियाँ रक्षा मन्त्री ली साङ्फूको बेपत्ता भएका छन्।चिनियाँ रक्षामन्त्रीलाई भ्रष्टाचारसँग जोडिएको कुनै मामिलाका कारण कारबाही गरिएको हुनसक्ने आशंका गरिएको छ।

जापानका लागि अमेरिकी राजदूत राहम एमानुएलले चिनियाँ रक्षामन्त्री ली तीन सातादेखि नदेखिएको र उनले भियतनामको भ्रमण रद्द गरेकोबारे अड्कलबाजीसहित एउटा ट्विट गरेका छन्। उनले लेखेका छन्, ‘चीन सरकारभित्र बेरोजगारीको दर बढिरहेको छ।’

ली साङ्फूलाई चिनियाँ नेता सी जिनपिङप्रति वफादार मानिन्छ र उनी मन्त्रीस्तरीय वरीयताभन्दा माथि रहेका पाँच जना चिनियाँ स्टेट काउन्सिलरमध्ये एक हुन्। बेइजिङले उक्त विषयमा प्रतिक्रिया जनाइसकेको छैन।

कैयौँ उच्च पदस्थ सैनिक अधिकारीहरूलाई हालै पदबाट बर्खास्त गरिएको छ। चीन र अमेरिकास्थित स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले शुक्रवार प्रकाशित गरेको विवरणमा लीलाई पदबाट हटाउन लागिएको उल्लेख छ।

सार्वजनिक वृत्तबाट चिनियाँ विदेशमन्त्री चिन गाङ बेपत्ता भएको केही महिनापछि यो घटना बाहिर आएको हो। चिन गाङको अकस्मात् अनुपस्थिति र जुलाईमा उनलाई पदबाट गरिएको बर्खास्तिको कारण पूर्ण रूपमा खुलाइएको छैन।

जनरल लीकोबारेमा पनि चिनियाँ सरकारले केही भनेको छैन। यसै हप्ताको सुरुमा उनीबारे सोधिएको प्रश्नमा चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ताले आफू ‘उक्त परिस्थितिबारे जानकार नरहेको’ बताएकी थिइन्।

ली अन्तिम पटक बेइजिङमा आयोजित अफ्रिकी राष्ट्रहरू सम्मिलित सुरक्षा फोरममा देखिएका थिए। हप्तौँसम्म चिनियाँ रक्षा मन्त्रीहरू सार्वजनिक मञ्चहरूमा देखा नपर्नु अनौठो भने होइन।

ली एरोस्पेश इन्जिनिअर हुन र उनले आफ्नो करिअर भूउपग्रह र रकेट प्रक्षेपण केन्द्रबाट सुरू गरेका थिए।

पूर्व विदेशमन्त्री चिनजस्तै उनी पनि राष्ट्रपति सी जिनपिङले अत्याधिक मन पराउने नेताका रूपमा मानिन्थे। उनी चिन गाङपछि सार्वजनिक रूपमा नदेखिएका दोस्रा मन्त्रिपरिषद् सदस्य र स्टेट काउन्सिलर हुन्।

चीनभित्र गएको अगस्टमा देशको रकेट प्रणाली सम्बन्धी फौजका दुई जना जर्नेलहरूलाई परिवर्तन गरिएपछि सेनाभित्र भ्रष्टाचारसम्बन्धी कदमहरू चालिएका ठानिएका थिए। सैनिक अदालतका अध्यक्षलाई पनि नियुक्तिको केही महिनाभित्रै पदबाट हटाइएको थियो।

अघिल्लो हप्ता र शुक्रवार गरेको ट्विटमा जापानका लागि अमेरिकी राजदूत एमानुएलले लीको अनुपस्थिति र यसअघि चिन र अरू उच्च सैनिक अधिकारी नदेखिएका प्रसङ्ग उल्लेख गरेका थिए।

उनी हालै भियतनामको भ्रमण र सिङ्गापुरका नौ सेना प्रमुखसँग बेइजिङको बैठकमा पनि ‘अनुपस्थित भएको’ भन्दै उनले लीलाई घरमै नजरबन्दमा राखिएको हुनसक्ने आरोप लगाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

Next Post
तोर्खाम नाका खोल्न माग गर्दै राजनीतिक कार्यकर्ता, यातायात व्यवसायीद्वारा आन्दोलन

तोर्खाम नाका खोल्न माग गर्दै राजनीतिक कार्यकर्ता, यातायात व्यवसायीद्वारा आन्दोलन

बारास्थित दशगजामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या

बारास्थित दशगजामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या

आन्दोलनरत ईःलाई भेट्न सभागृह पुगिन् उपमेयर सुनीता

आन्दोलनरत ईःलाई भेट्न सभागृह पुगिन् उपमेयर सुनीता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .