No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

उपेन्द्र यादव जेल जाने सरकारको निर्णय विरुद्ध आन्दोलनको तयारीमा जसपा

उपेन्द्र यादव जेल जाने सरकारको निर्णय विरुद्ध आन्दोलनको तयारीमा जसपा

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आन्तरिक रुपमा आन्दोलनको तयारी थालेको छ ।

सरकारले गौर घटनाको फाइल खोलेपछि जसपाले पार्टी सुदृढीकरणको नाममा तीन महिने अभियान सञ्चालन गरी आन्दोलनका लागि मनोवैज्ञानिक रुपमा तयारी गरिरहेको छ । जसपाले गौर घटनाकै विषयलाई लिएर काठमाण्डु लगायत तराई मधेशमा कार्यक्रमको आयोजना गर्दै आएको छ । संगठन सुदृढीकरणका लागि वडा तहदेखि प्रदेश तहसम्म विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । हरेक कार्यक्रममा गौर घटनाको विषयमा चर्चा हुने गरेको छ ।

नेताहरुले आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई आह्वान गर्ने गरेका छन् । सरकारले पूर्वाग्रही ढंगबाट गौर घटनालाई उचालेर पार्टीमाथि षड्यन्त्र गरेको भन्दै त्यसका लागि तयार रहन पार्टीका नेताहरुले निर्देशन दिँदै आएका छन् । गौर घटना राजनीतिक घटना हो तर त्यसलाई आपराधिक घटनाको रुपमा अगाडि बढाउँदै दोषीलाई कारबाही गर्ने भनिएको छ, यो पार्टीमाथिको षड्यन्त्र हो भन्दै जसपाका शीर्ष नेताहरुले सरकारले कारबाही प्रक्रिया अगाडि बढाए सतर्क रहन भनेका छन् । त्यसबेला आन्दोलनको आवश्यकता पर्नसक्ने भएकाले त्यसको आन्तरिक तयारीमा लाग्न शीर्ष नेताहरुले निर्देशन दिएको पार्टी स्रोतले जनाएको छ ।

उता, पार्टीका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमनले यो आन्दोलनको तयारी नभइ पार्टी सुदृढीकरणका लागि सञ्चालन गरिएको तीन महिने अभियान मात्र रहेको दाबी गरे । सुमनले भने, ‘गौर घटनाको विषयमा नेता तथा कार्यकर्तामा चिन्ता र चासो छ । यसमा आन्दोलनका लागि तयार गर्नै पर्दैन ।’ जसपा एउटा जीवन्त र संगठित पार्टी हो । त्यसैले, आवश्यकता अनुसार जुनबेला पनि कार्यकर्ता मुभ हुन सक्छन् । तर, गौर घटनाको विषयलाई नै लिएर अहिले आन्दोलनको कुनै आवश्यकता नरहेको उनले बताए । पार्टीले सरकार तथा अन्य सरोकारवालासँग छलफल तथा परामर्श गरिरहेको छ ।

आवश्यकताअनुसार पार्टीले निर्णयहरु लिन सक्छ तर अहिले त्यसको आवश्यकता नपरेको सुमनले दाबी गरे । सुमनले त्यसो भने पनि जसपाले सरकारमाथि दबाव बढाउन गौर घटनालाई लिएर विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवले संगठनको काम भइरहेको तथा आवश्यकता परेमा पार्टी आन्दोलनमा पनि जान सक्ने बताउँछन् । गौर घटनालाई लिएर मधेशी जनतामा एक खालको आक्रोश उत्पन्न भइसकेको छ । सरकारले समयमा बुद्धि पुर्याएन भने जुनसुकै बेला पनि माहोल भडकिन सक्छ भन्दै उनले तीन महिने अभियानले संगठन पनि बन्नुको साथै आन्दोलनको तयारी पनि रहेको स्वीकारे ।

१७ वर्षअघि गौरको राइस मिलमा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीबीच कार्यक्रमको बहानामा झडप हुँदा २७ जना माओवादी नेता तथा कार्यकर्ताको ज्यान गएको थियो । त्यतिबेला नै जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत अन्य नेता तथा कार्यकर्ताको विरुद्धमा किटानी जाहेरी परेको थियो । अहिले सरकारले गौर घटना पीडितसँग पाँचबुँदे सम्झौता गरी दोषीमाथि कारबाही गर्ने भनेको छ । त्यसको विरुद्धमा जसपाले भित्रभित्रै आन्दोलनको तयारी गरिरहेको छ । जनकपुराटुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post
महोत्तरीमा दिनदहाडै वृद्ध दम्पतीको लुटियो साढे ६ लाख रकम

महोत्तरीमा दिनदहाडै वृद्ध दम्पतीको लुटियो साढे ६ लाख रकम

६ औं वार्षिक उत्सवमा बिरामीलाई फलफूल वितरण

६ औं वार्षिक उत्सवमा बिरामीलाई फलफूल वितरण

चिनियाँ रक्षा मन्त्री बेपत्ता, भ्रष्टाचार मुद्दामा बर्खास्त गरिएको आशंका

चिनियाँ रक्षा मन्त्री बेपत्ता, भ्रष्टाचार मुद्दामा बर्खास्त गरिएको आशंका

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .