• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गौतमबुद्ध र पोखरा विमानस्थललाई बोझ बन्यो विदेशी ऋण, किस्ता तिर्ने रकम कहाँबाट जुटाउने?


गौतमबुद्ध र पोखरा विमानस्थललाई बोझ बन्यो विदेशी ऋण, किस्ता तिर्ने रकम कहाँबाट जुटाउने?

३२ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेर बनाएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थललाई विदेशी ऋण निकै भारी परेको छ।
बिजनेस पाउन नसकेपछि गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई साढे २९ अर्ब ऋण ठूलो भारी बन्न पुगेको हो। कतिसम्म भने ऋण बापतको किस्ता तिर्न पनि अप्ठेरो परेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १४ महिना भयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको पनि ६ महिना भइसकेको छ। यी दुवै विमानस्थलले ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायत सेवामा शतप्रतिशत छुट दिँदा पनि बिजनेस पाउन सकेका छैनन्। अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले उडानमा चासो नै नदिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि एसियाली विकास बैंकसँग करिब साढे ७ अर्ब रुपैयाँ ऋण लिइएको थियो। ५ प्रतिशत ब्याजदरमा लिइएको ऋण भुक्तानीको समय ५ वर्षअघि अर्थात् २०७५ वैशाखबाट सुरु भएको थियो।

२०६७ चैत २५ गते भएको सम्झौताअनुसार ग्रेस अवधि ८ वर्षसहित ३२ वर्षमा ४८ किस्ता ऋण चुक्ता गर्नुपर्छ। तर प्राधिकरणले ५ वर्षमा ६० करोड रुपैयाँभन्दा तिर्न सकेको छैन।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले २०७३ मा चीनको एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइना ‘एक्जिम’ सँग भ्याटसहित २२ अर्ब २१ करोड रुपैयाँ ऋण लिएको थियो। यो ऋणको ब्याजदर पनि ५ प्रतिशत हो। ऋण चुक्ताका लागि ग्रेस अवधिसहित २० वर्ष छ। ७ वर्षको ग्रेस अवधि सकिइसकेको छ।

हरेक वर्ष चैत र असोजमा किस्ताबापत वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी तिर्नुपर्छ। तर यो प्राधिकरणले किस्ता तिर्नै सकेको छैन। किस्ताबापत वार्षिक १ अर्ब ६ करोड भन्दा बढी तिर्नुपर्ने विमानस्थलले गत आर्थिक वर्ष जम्मा १८ करोड आठ लाख रुपैयाँ आम्दानी ग¥यो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १४ महिना भयो। यो अवधिमा विमानस्थलमा ३१६ वटा अन्तर्राष्ट्रिय उडान अवतरण भएका छन्। २८ हजार ७३५ यात्रुले सेवा लिएको प्राधिकरणको तथ्यांक छ। विमानस्थलले सेवा शुल्कबापत २३ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ।

विमानस्थल सञ्चालनमा आएको पहिलो दिनदेखि नै नियमित उडान सुरु गरेको कुवेतको जजिरा एयरवेजले चार महिनाअघि नै हात झिकिसकेको छ।

हिमालय एयरलाइन्सले गत वर्ष केही समय उडान गरे पनि व्यावसायिक फाइदा नभएपछि नियमित उडानको योजना नै स्थगन ग¥यो। विमानस्थल प्रमुख हंशराज पाण्डेले बिजनेस नभएका कारण अप्ठेरो स्थिति आएको बताए। ‘उडान नभएका कारण ऋणको किस्ता तिर्न निकै समस्या परेको छ’, उनले भने।

देशकै एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भार थेग्न नसकेपछि विकल्पमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ८० भन्दा बढी उडान अवतरण हुँदा गौतमबुद्धमा भने राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले मात्र नियमित उडान गर्दै आएको छ, त्यो पनि सातामा एउटा।

‘अन्तर्राष्ट्रिय उडानका लागि म्यानमार, भुटान लगायत विभिन्न देशका वायुसेवा कम्पनीले चासो देखाउँदै आएका छन्। मौखिकरुपमा कुराकानी भए पनि औपचारिक रुपमा भने थप वायुसेवा कम्पनी आएका छैनन, पाण्डेले भने।

पोखराको स्थिति त झनै दर्दनाक छ। ऋणको भारी धेरै भए पनि यो विमानस्थलमा अहिलेसम्म नियमित व्यावसायिक उडान नै सुरु भएको छैन। दैनिक २० हाराहारी आन्तरिक उडानबाट हुने कमाइमै विमानस्थलले चित्त बुझाउन परिरहेको छ।

विमानस्थलमा सिचुआन एयरले दुईवटा चार्टर उडान गरे पनि नियमित अन्तर्राष्ट्रिय उडान हुनेमा संशय छ। अहिलेसम्म कुनै वायु सेवा कम्पनीले पनि उडान गर्ने भरपर्दो वचन दिएका छैनन्।
प्राधिकरणले गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण गर्दै आएका विभिन्न वायुसेवा कम्पनीलाई गौतमबुद्ध विमानस्थलबाट उडान गर्न निर्देशन दियो।

तर त्यो निर्देशनले काम गरेन। व्यावसायिकरुपमा फाइदा नदेखेपछि वायु सेवा कम्पनीहरुले प्राधिकरणलाई टेरेनन्। ‘खाली उडान गर भनेर भएन। वायु सेवा कम्पनीले यात्रु पाउने स्थिति पनि हुनुप¥यो , एक व्यवसायीले भने। सिद्धार्थअनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पोखराले तत्काल तिर्न सक्दैन चीनको महंगो ऋण
  • २०८० भाद्र २४, आईतवार १८:१७
  • In "BannerNews"
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मार्फत ऋण भार शुरु , चिनियाँ इन्जिनियरिङको उच्चतम् नमुना’
  • २०८० भाद्र २४, आईतवार १८:१७
  • In "BannerNews"
  • एयर एसियाको काठमाडौं र भैरहवामा व्यावसायिक उडान सुरु
  • २०८० भाद्र २४, आईतवार १८:१७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

भारत-युरोप-मध्य पूर्व आर्थिक करिडोरको सम्झौताले किन झस्कियो चिन

मलाई हिन्दु हुनुमा गर्भ छ – बेलायती प्रधानमन्त्री सुनक

सर्लाहीको मलंगवामा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version