• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

साढे दुई करोड कोरोना खोप नेपाल ल्याउने सम्झौताको वास्तविकता


साढे दुई करोड कोरोना खोप नेपाल ल्याउने सम्झौताको वास्तविकता

काठमाडौं : नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको साढे २ करोड डोज खोप नेपाल आउने खबरले मंगलबार एकाएक बजार तात्यो । यस्तो खबर आउनुको कारण हो, रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) ले गरेको घोषणा ।

आरडीआईएफले भनेको छ, ‘नेपालको औषधि वितरक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सलाई २५ मिलियन अर्थात साढे २ करोड ‘स्पुतनिक–भी’ दिन सहमत भएका छौं ।’

‘स्पुतनिक–भी’ नोवेल कोरोना भाइरसविरुद्धको भ्याक्सिन हो । यो भ्याक्सिन आरडीआईएफको सहयोगमा सञ्चालित गामालेया नेशनल रिसर्च सेन्टरले उत्पादन गर्दैछ ।

बजार हल्ला चलेजस्तै स्पुतनिक–भी नेपाल आउने भएको हो त ?

यो प्रश्नमा जानुपूर्व स्पुतनिक–भीबारे चर्चा गरौं ।

दोस्रो चरणको परीक्षण पुरा हुनासाथ गत साउन अन्तिम साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाविरुद्ध रुसले पहिलो भ्याक्सिन बनाएको घोषणा गरेका थिए । त्यसयता ‘स्पुतनिक–भी’ चर्चामा छ । तर यसले अझै परीक्षणको सबै चरण पुरा गरिसकेको छैन ।

‘स्पुतनिक–भी’ को तेस्रो चरणको परीक्षण आगामी अक्टोबर–नोभेम्बरमा पूरा हुने अपेक्षा गरिएको छ । यो परीक्षणबाट ‘स्पुतनिक–भी’ कोरोना भाइरसविरुद्ध प्रभावकारी भएको प्रमाणित भएका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले उत्पादनका लागि स्वीकृति दिनेछ ।

उत्पादन भएपछि नेपालमा ल्याउन र प्रयोग गर्न पनि नेपाल सरकारको अनुमति लिनुपर्छ । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार कुनै पनि औषधि वा खोप ल्याउन आयातकर्ताले विभागमा निवेदन दिनुपर्छ ।

नेपालमा प्रयोग गर्न स्वीकृति दिएको औषधि वा भ्याक्सिन छ भने मात्रै विभागले सम्पूर्ण कागजी प्रकिया सुरु गरेर ल्याउन अनुमति दिन्छ ।

औषधि व्यवस्था विभागका प्रवक्ता केसी भन्छन्, ‘कुनै कम्पनीले भ्याक्सिन ल्याउँछु भन्दैमा ल्याउन पाइहाल्छ भन्ने छैन । त्यसको लामो प्रकिया पूरा गर्नुपर्ने हुन्छ र स्पुतनिक–भीका लागि त हामी कहाँ कुनै पनि प्रक्रिया नै सुरु भएको छैन ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले पनि स्पुतनिक–भी भ्याक्सिनबारे आफूहरूसँग अहिलेसम्म कुनै छलफल नभएको बताए ।

त्यसो भए के हो त यो सम्झौता ?

कोरोना भाइरसविरुद्ध १४० वटा खोप परीक्षणको चरणमा छन् । त्यसमध्ये ९ वटा खोप अन्तिम चरणको परीक्षणमा छन् ।

करोडौं डलर खर्च गरेका चीन, बेलायत, रुसी कम्पनीहरूबीच खोप निर्माण नहुँदै बजार ओगट्ने प्रतिस्पर्धा पनि चलिरहेको छ । सुरुमा नेपालका लागि रुसी राजदूतले राजनीतिक भेटवार्ताहरूमा नेपालले चाहे ‘स्पुतनिक–भी’ दिने बताए, ट्रायल गर्न लबिङ गरे ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञहरूले विश्व स्वास्थ्य संगठन लगायतले प्रश्न उठाएको भन्दै ‘स्पुतनिक–भी’ ट्रायल र प्रयोगको विपक्षमा उभिएपछि यो अगाडि बढेन ।

अहिले ट्रिनिटी फर्मास्युटिकल्स नामक एउटा निजी कम्पनीसँग सम्झौता भएको हो ।

कोरोनाको भ्याक्सिन निर्माण प्रक्रियालाई नजिकबाट नियालिरहेका एक चिकित्सकका अनुसार गामालेयासँग करोडौंको संख्यामा खोप उत्पादन गर्ने क्षमता छैन । उसले खोप उत्पादनका लागि भारतीय कम्पनीसँग सम्झौता गर्न वार्ता गरिरहेको छ । तर भोलि उत्पादन गरिने खोपले बजार पाउने सम्भावना नदेखेसम्म कुनै पनि कम्पनी करोडौं खर्च गर्न तयार हुँदैन ।

त्यही भएर आरडीआईएफले विभिन्न देशको सरकार र निजी कम्पनीसँग सम्झौता गर्ने र खोपको बजार छ भनेर देखाउन खोजेको हुनसक्ने उनले बताए ।

ट्रिनिटी फर्मास्युटिकल्ससँग सम्झौता भएको घोषणा गर्दा पनि उसले एसिया, मध्यपूर्व, दक्षिण अमेरिका र युरोपका ५० भन्दा बढी देशले ‘स्पुतनिक–भी’ खोपका लागि आवेदन दिएको दाबी गरेको छ । उसको दाबी छ, ‘मेक्सिकोसँग ३.२ करोड, ब्राजिलसँग ५ करोड, भारतसँग एक करोड र उज्बेकिस्तानसँग ३.५ करोड डोज भ्याक्सिनका लागि सम्झौता भइसकेको छ ।’

ट्रिनिटीले चाहिँ किन सम्झौता गर्‍यो त ? यो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा तत्कालीन एमाले निकट स्वास्थ्य सामाग्री आपूर्तिकर्ता विशाल पण्डित संलग्न कम्पनी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारी र नेतृत्वसँग राम्रो हिमचिम भएका उनलाई कोरोनाविरुद्ध खोप बन्दा पनि सबै नागरिकलाई सरकारले निःशुल्क उपलब्ध गराउँदैन भन्ने राम्रोसँग थाहा छ ।

मन्त्रालयका अधिकारीहरूका अनुसार अहिलेसम्म सरकारको मुड कोरोना भाइरसविरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’मार्फत नेपालले प्राप्त गर्ने खोपबाहेक अरु आफैंले ल्याउने छैन । कोभ्याक्समार्फत नेपालले पाउने अधिकतम खोप भनेको कुल जनसंख्याको २० प्रतिशत हो । त्यो पनि पहिलो चरणमा ३ प्रतिशत र दोस्रो चरणमा १७ प्रतिशत आउनेछ ।

यस्तो बेला किनेर खोप लगाउनेहरू धेरै हुनेछन् । अहिले सम्झौता गरेपछि भोलि डब्लुएचओले अनुमति दिनासाथ खोप ल्याउन सकियो भने गजबको ब्यापार हुने भयो । बंगलादेश लगायतका कम्पनीले पनि यस्तै गरेका छन् ।

ट्रिनिटीले रुसी खोप नै रोज्नुको कारण चाहिँ अरु कम्पनीले यसरी सम्झौता गर्दा एड्भान्समा रकम मागेका छन् । थुप्रै देशका कम्पनीले बुझाएका छन् । तर ट्रिनिटीले रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्डलाई रकम नलिएको स्रोतको दाबी छ । अनलाइनखबरको सम्पर्कमा आएका निर्देशक मध्येका एक श्रीधर खनालले पनि आफूहरूले खोपका लागि आवेदन मात्र दिएको बताए ।

नाम उल्लेख नगर्ने सर्तमा ट्रिनिटीका एक उच्च अधिकारीले बताए अनुसार रुसी भ्याक्सिनलाई डब्ल्यूएचओले स्वीकृत गरेपछि नेपालमा थप प्रक्रिया सुरु हुनेछ । ‘अहिले त ट्रायल नै सकिएको छैन । त्यसैले एउटा भ्याक्सिनको कति पर्छ ? कसरी उपलब्ध हुन्छ केही भनिएको छैन’ उनले भने, ‘अहिले भोलि भ्याक्सिन बजारमा आउने भयो भने नेपालमा हामीमार्फत आउने भनेको मात्र हो ।’

आरडीआईएफको वक्तव्यमा पनि ट्रिनिटीका निर्देशक किशोर अधिकारीले भनेका छन्, हामी ‘स्पुतनिक–भी’को अन्तिम चरणको परीक्षणको प्रतीक्षामा छौं । जति छिटो सरकारले यो भ्याक्सिनलाई अनुमति दिन्छ, हामी बजारमा उपलब्ध गराउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • साढे २ करोड डोज रुसी भ्याक्सिन नेपाल ल्याउने सम्झौता
  • २०७७ आश्विन १४, बुधबार १४:४३
  • In "समाचार"
  • “कोभिड – १९ को प्रकोपमा चीनको कुटनैतिक चाल”
  • २०७७ आश्विन १४, बुधबार १४:४३
  • In "देश"
  • भारतमा कोरोना खोप कार्यक्रम कसरी हुँदैछ सुरु ?
  • २०७७ आश्विन १४, बुधबार १४:४३
  • In "देश"
Tags: #कोरोना

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

दुई सरकारी विद्यालयले दुई बिघा जग्गा अवैधरुपमा बिक्री गरे

एप्पल वाच लगाएर व्यायाम गर्नेलाई पुरस्कार दिने सिंगापुरको घोषणा

युट्युबको आम्दानीलाई राष्ट्र बैंकले दियो वैधानिकता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version