• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सर्लाही प्रशासनबाट झनै पीडित भएको मिटरब्याज पीडितको गुनासो


सर्लाही प्रशासनबाट झनै पीडित भएको मिटरब्याज पीडितको गुनासो

चन्द्रनगर गाउँपालिकाका मिटर ब्याजीबाट पीडितहरु न्यायका लागि महिना दिनदेखि जिल्ला प्रशासन कार्यालय सर्लाही धाएको छ । तर, जिल्ला प्रशासन कार्यालयले सुनुवाई नगरेको मिटरब्याजी पीडितहरुको गुनासो छ । उनीहरुले मिटर ब्याजी बिरुद्ध उजुरी दिएको महिना दिन भन्दा बढी भइसकेको छ ।

जिल्ला प्रशासनमा दर्ता गराएको उजुरीको आधारमा पीडित र पिडक पक्षबीच छलफलको लागि दिइएको समयमा आफुहरु उपस्थित हुँदै आए पनि पिडक मिटर ब्याजी भने विभिन्न बहाना बनाएर पञ्छिदै आएको पीडितहरुले गुनासो गरे । जिल्लाकै कबिलासी नगरपालि–८ अगर्वा घरभइ हाल मलंगवा बस्दै आएका बिकाउ राय यादवले ब्याजसहित ऋण चुक्ता गरिसकेपनि जर्बजस्ती कपाली तमसुक बनाएर थप रकम मागेको चन्द्रनगर गाउँपालिकाका दुई दर्जन बढी स्थानीयले आरोप लगाएका छन् ।

ब्याजको नाममा तेब्बरसम्म असुल्ने गरेको र जमानतको रुपमा राखेको जग्गा पनि फिर्ता गर्न नमानेको भन्दै राय उपर जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको चन्द्रनगर गापा वडा न–७ बस्ने पीडित विजय भगतले बताए ।

निवेदन दिएको केही दिन पछि मिटरब्याजी रायलाई पहिलोपटक छलफलको लागि जिल्ला प्रशासन कार्यालयमा बोलाउँदा उनी नआए पछि पुनः दोस्रोपटक समय निर्धारण गरेर बोलाउँदा पनि विभिन्न बहाना बनाएर नआएको पीडित भगतले बताए । अनुचित लेनदेन सम्बन्धि मुद्दा हेर्दै आएका सहायक प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो लिएर पुगेपछि उनले बिहिवारको समय दिएको र दिएको समयमा उपस्थित नभएको खण्डमा प्रहरी परिचालन गरेर उपस्थित गराउने आश्वासन दिएको भगतले बताए । पीडितलाई न्याय दिलाउने भन्दै गृह मन्त्रालयले आदेश गरेपनि जिल्ला प्रशासन कार्यालयले पहुँचवाला ब्यक्तिको मात्र सुन्ने गरेको गुनासो पीडितहरुको छ ।

चन्द्रनगर गापा–७ का दिलिप कुमार रायका अनुसार बुवाले बिकाउ सँग २०७३ सालमा २३ कठ्ठा जग्गा धितो राखेर ऋण लिएका थिए । सो वापत २०७६ सालमा चेक द्वारा ७ लाख त्यसपछि २०७७ सालमा २ लाख त्यसपछि विभिन्न समयमा गरि ८ लाख,७ लाख र १८ हजार रुपैया बुझाइसकेको छ । तर उनले मैले पैसा नपाएको भन्दै जग्गा फिर्ता गर्न नमानेको बताए । जग्गा फिर्ता गरिदिन भन्दै बिकाउको घरमा पटकपटक ताकेता गरे पनि फिर्ता गर्न नमानेपछि बाध्य भएर मिटर ब्याजीको मुद्दा दिएको दिलिपले सुनाए । जमानतमा राखिएको जग्गा ऋण चुक्ता गरिसकेपनि फिर्ता गर्नुको साटो लुकाइछिपाइ आफ्नो श्रीमती सीता देवी यादवको नाममा पास गरिसकेकाले न्याय पाउने आशनै मेटिएको उनले दुखेसो पोखे ।

सोही गाउँका अरु पिडितहरुको दुखेसो पनि दिलिपको जस्तै छ । उनीहरुले पनि सावाँ व्याज वापत जम्मै रकम तिरिसक्दा तिर्न बाँकी नै छ भन्दै मिटर ब्याजी बिकाउ आफुहरुको घरमा पुगिरहने , मान्छे लगाएर घरका सदस्यहरुलाई कुटपिट गर्ने , पैसा नतिरे प्रहरी लगाएर थुन्न लगाउने जस्ता धम्की दिने गरेको दुखेसो पोखेका छन् ।

चन्द्रनगर–७ कै एक पडित वृद्धा असिया यादवको पनि गुनासो उस्तै छ । छोराले मिटर ब्याजी बिकाउबाट लिीएको श्रृण मेहनत मजदुरी गरेर कमाएको पैसाबाट तिरिसकेको भएपनि धितो बापत राखेको जग्गाको लालपुर्जा दिन आनाकानी गरिरहेको बताइन्। जग्गा फिर्ता माग्न जाँदा पैसा तिरेको छैनस् पहिला पैसा तिर अनि मात्र जग्गा फिर्ता पाउँछस् भन्दै असुली गर्ने बहानामा कयौंपटक घरमै आएर बिकाउले बिरामी अवस्थाको श्रीमान ,छोरा ,बुहारी लगायत घरका अन्य सदस्यहरुलाई निर्घात कुटपिट गरेको उनले रुँदै दुखेसो सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष
  • २०८० भाद्र १६, शनिबार १९:४७
  • In "BannerNews"
  • सर्लाहीको चन्द्रनगरमा इन्धन मै अनियमितताः अध्यक्ष महतोद्वारा एक लाख ८७ हजारको नियमविपरीत खर्च
  • २०८० भाद्र १६, शनिबार १९:४७
  • In "BannerNews"
  • मिटरब्याज आतंकः ‘मन्टु’विरूद्ध एक दर्जन पीडितले गुहारे प्रशासन
  • २०८० भाद्र १६, शनिबार १९:४७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

सिंगापुरको राष्ट्रपति पदमा भारतिय मुलका थर्मनको ईतिहासिक जित

धर्मनिरपेक्षताको नाममा हिन्दुमाथि अपमान गरिएको छ : राजेन्द्र लिङ्देन

माओवादी केन्द्रको राजनीतिक एजेण्डाको बलमा पछिल्लो पटक पनि प्रधानमन्त्री भए : दाहाल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version