• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गोरु काटेको घटनाबारे काँग्रेस सांसद भण्डारीले मागे सरकारसँग जवाफ


गोरु काटेको घटनाबारे काँग्रेस सांसद भण्डारीले मागे सरकारसँग जवाफ

काठमाडौं । नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले सुनसरीको धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेको घटनाबारे सरकारको जवाफ माग गरेका छन् ।बुधवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद भण्डारीले सरकारले यसबारेमा के गरिरहेको छ ? त्यसको जवाफ संसदमा दिन माग गरेका हुन् । उनले सदियौँदेखि विभिन्न विविधता, एकता, श्रद्धाले युक्त देशलाई स्वभाविक र अराजक गतिविधि गरेर दुषित बनाउन खोजिएको बताए ।

उनले आपसी एकता, सद्भाव र सहिष्णुताको विशिष्टतम सभ्यतालाई चुनौति दिँदै धरानमा भएको घटना निन्दनीय भएको बताए । उनले वैदिक सत्य सनातन धर्मलाई कमजोर बनाउने, आधारभुत मान्यतालाई आक्रमण गर्ने तथा आस्थाका केन्द्रमा धावा बोल्ने काम गलत भएको बताए ।

नेपालमा शान्ति, स्थिरता र मेलमिलाप देख्न नचाहने अतिवादीहरुले द्वन्द्व सिर्जना गराइ लाभ लिन खोजेको स्पष्ट भएको उनको भनाइ छ ।

उनले संसदमा गरेको सम्बोधन

केही दिनअघि धरानमा अस्वभाविक र अराजक घटना भयो । यो घटनाले हामी नेपालीलाई मर्माहत बनाएको छ । गोरु काटेर सामुहिक भोज गरिएको घटनालाई त्यसमा संलग्न उश्रृंखल तत्वहरुले सामाजिक सञ्जालमार्फत प्रचार गर्न खोजेको देखिन्छ । नेपाल बहु धार्मिक, बहु सांस्कृतिक, बहु भाषिक मुलुक हो । परापूर्वकालदेखि यहाँ विभिन्न विविधता, एकता, श्रद्धा छ ।

सबै समुदाय जिम्मेवार भएर आफ्नो आफ्नो धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको परम्परा छ । वैदिक सत्य सनातन धर्म परम्परा र संस्कृतिको विशाल उपस्थितिका बीच पनि सबै धर्म, समुदाय, परम्परालाई उच्च सम्मान, संरक्षण तथा संवद्र्धनमा मद्दत हुँदै आएको तथ्य हरेक जिम्मेवार नागरिकलाई थाहा छ । नेपालको कानूनले पनि शान्तिपूर्ण ढगबाट आफ्नो धर्म परम्परा मान्न पाउने अधिकार सुनिश्चित गरेको छ ।

तर हाम्रो आपसी एकता, सद्भाव र सहिष्णुताको विशिष्टतम सभ्यतालाई चुनौति दिँदै धरानमा भएको घटना निन्दनीय छ । वैदिक सत्य सनातन धर्मलाई कमजोर बनाउने, यसका आधारभुत मान्यतालाई आक्रमण गर्ने तथा आस्थाका केन्द्रमा धावा बोल्ने काम गरिएको छ । यो गलत मनशाय बोकेका नेपालमा शान्ति, स्थिरता र मेलमिलाप देख्न नचाहने अतिवादीहरुले द्वन्द्व सिर्जना गराइ लाभ लिन खोजेको बुझ्न कुनै कठिनाइ छैन । यस्ता अराजकलाई समाजले निगरानी गर्दै हाम्रो विषमतालाई जोगाइराख्न आग्रह गर्छु ।

नेपालमा सदियौँदेखि चल्दै आएको धर्म संस्कृति र सद्भाव खल्बल्याइ द्वन्द्व निम्त्याउनका लागि अतिवादी तत्वहरुको अवाञ्छित क्रियाकलाप बढ्दै गएको छ । यो घटनाको बारेमा के भइरहेको छ ? गृहमन्त्रालयको ध्यानार्षण गराउन चाहन्छु । साथै के गरिरहेको छ ? मन्त्रालयले जानकारी गराउन आग्रह गर्छु । नेपालप्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गृहमन्त्रीज्यू,जनप्रतिनिधिलाई घोक्य्राएर पोखरीमा चोबल्नु लोकतन्त्र हो ?
  • २०८० भाद्र ६, बुधबार २०:३२
  • In "BannerNews"
  • रास्वपाद्वारा चौरसियाको आरोपको जवाफ अराजकताबाट
  • २०८० भाद्र ६, बुधबार २०:३२
  • In "BannerNews"
  • विपक्षी गठबन्धनको रिटमा हस्ताक्षर गर्न माधव पक्षका १८ सांसद बानेश्वरमा
  • २०८० भाद्र ६, बुधबार २०:३२
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

भारतीय अन्तरिक्षयान चन्द्रमामा सफल अवतरण

नारायणकाजीसँग रिसाएका देउवा

त्रिशुलीमा बस खस्दा ८ जनाको मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version