• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कैलालीमा तीन सय महिला जबरजस्ती करणीको सिकार, यस्तो छ करणीको कसुर


कैलालीमा तीन सय महिला जबरजस्ती करणीको सिकार, यस्तो छ करणीको कसुर

वीरेन्द्र भट्ट, धनगढीः कैलालीमा तीन सय तीन महिला जबरजस्ती करणीको सिकार भएको तथ्य बाहिर आएको छ। तीन सय तीन महिलामाथि जबरजस्ती करणी भएको रहस्य खुलेको हो। आफन्त, छिमेकी र साथीबाटै महिलाहरु जबरजस्ती करणीमा परेको विषय बाहिर आएको छ। करणी सम्वन्धि कसुर अन्तर्गत कैलालीमा चार प्रकारका जबरजस्ती करणीका उजुरी जिल्ला अदालतमा दर्ता भएका छन्।

एक वर्षको अवधिमा अर्थात आर्थिक वर्ष २०७९/८० मा मात्र जिल्लाका विभिन्न स्थानबाट आफुहरु जबरजस्ती करणीमा परेको भन्दै तीन सय तीन पीडित महिलाहरुले जिल्ला अदालत कैलालीमा पीडक विरुद्ध उजुरी दर्ता गराएका छन्। करणी सम्वन्धिको कसुर अन्तर्गत जबरजस्ती करणीमा एक सय ९७ पुरुष विरुद्ध मुद्दा दायर भएको छ। हाडनाता करणीमा ६, जबरजस्ती करणी उद्योगमा ७९ तथा बाल यौन दुरुपयोगमा २१ मुद्दा दर्ता भएको जिल्ला अदालत कैलालीको अभिलेख छ।

जबरजस्ती करणीमा परेका एक सय ९७ उजुरीमध्ये एक सय ६ वटा मुद्दाको टुंगो लागिसकेको छ भने यस्ता ९१ उजुरीमाथि टुंगो लाग्न अझै बाँकी छ। त्यस्तै हाडनाता करणीमा ६ उजुरी दर्ता भएकोमा २ उजुरीमाथि कारवाही भइसकेको छ भने चार उजुरीमाथि कारवाही हुन बाँकी छ।

जबरजस्ती करणी उद्योगमा ७९ उजुरी दर्ता भएकोमा ३० उजुरीमाथि कारबाही भइसकेको छ भने ४९ उजुरीमाथिको कारबाही बाँकी नै छ। त्यस्तै बाल यौन दुराचारमा परेका कुल २१ उजुरीमध्ये ९ उजुरीमाथि कारबाही भइसकेको छ भने १२ उजुरीमाथि कारबाही हुन बाँकी रहेको जिल्ला अदालत कैलालीको वार्षिक प्रगति प्रतिवेदनले देखाएको छ।
न्याय पाउनै सकस
महिलामाथि भएका यी प्रकारका यौन अपराध अन्तर्गत एक सय ४७ मुद्दाको कारबाही पुरा भइसकेको छ भने एक सय ५६ मुद्दामाथिको कारबाही अदालतमा अहिले पनि चलिरहेको छ। जबरजस्ती करणी एक अपराध हो। यसमा कुनै शंका छैन। विभिन्न समुदाय तथा राष्ट्रमा यस्तो विषयमा पीडकले पाउने सजाय फरक पाइन्छ। केही देशमा यस्ता पीडकलाई मृत्युदण्ड दिइन्छ भने केहीमा केही वर्ष जेल सजाय। कानूनको कार्यान्वयन फितलो भएको समाजमा यस्ता सबै पीडकले सजाय पाउँदैनन्।
पीडितभन्दा पीडक बलिया
जबरजस्ती करणी अपराधमा मुद्दा दर्ता गर्दादेखि अदालतमा पेश हुने र बहस हुने क्रममा पीडकले पटक–पटक भावनात्मक रूपले बलात्कृत हुनुले पनि पीडित महिला तथा उसको परिवारमा त्यति लामो समयसम्म न्यायको लडाईँ लड्ने हिम्मत नभएका कयौँ घटना समेत बाहिर आउने गरेका छन्।

यसले गर्दा विशेषतः हाम्रो मुलकमा यस प्रकारको अपधमा संलग्न पीडकको मनोबल बढ्न गएर पीडितले न्याय नपाएका कायौँ उदाहरण छन्। पीडितभन्दा पीडक आर्थिक रुपमा सम्पन्न, कतिपय अवस्थामा शक्ति र सत्ता नजिक भएका कारण पनि पीडितले समयमा न्याय पाउन सकिरहेको अवस्था छैन्।
कहिले पाउँछन १५६ पीडितले न्याय
जिल्ला अदालत कैलालीको तथ्यांक हेर्ने हो भने जबरजस्ती करणी, हाडनाता करणी जबरजस्ती करणी उद्योग र बाल यौन दुराचारमा गरी एक सय ५६ पीडितले अझै न्याय पाउन सकेका छैनन् अर्थात मुद्दाको अन्तिम टुंगो लागि सकेको छैन्। पीडक विरुद्ध अदालतमा मुद्दा दायर गरेको लामो समय वितिसक्दा पनि समयमा न्याय नपाउँनु पीडितलाई झन पीडा दिनु सरह नै भएको सरोकारवाला बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा काका पक्राउ
  • २०८० श्रावण २७, शनिबार १७:५१
  • In "देश"
  • रौतहटमा महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा काँग्रेस नेता कुशवाहा पक्राऊ
  • २०८० श्रावण २७, शनिबार १७:५१
  • In "देश"
  • जबरजस्ती करनीको आरोपमा दुईजना पक्राउ
  • २०८० श्रावण २७, शनिबार १७:५१
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

आज अन्तर्राष्ट्रिय युवा दिवस

भारतीय जेल तोडेर फरार भएकी नेपाली युवती समातिइन्

धनगढीमा अनेरास्ववियुको छड्के, विदामा सरकारी गाडी चलाउनेहरु नियन्त्रणमा लिदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version