• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कर्णाली नदीको सुन्दरता नबिगार्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर


कर्णाली नदीको सुन्दरता नबिगार्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर

अत्तरिया : कर्णाली नदीको सुन्दरता नबिगार्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ। कर्णाली नदी संरक्षण क्षेत्रका स्थानीय, वातावरण कानून समाज नेपाल र नेपाल नदी संरक्षण संस्थालगाएतका २५ जना रिट निवेदकले संयुक्त रुपमा नेपाल सरकारका विभिन्न कार्यालयलाई विपक्षी बनाउँदै शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन्।

कर्णाली नदीमा कुनै पनि विकास निर्माण गर्दा दीगो विकास र नदी संरक्षण हुनेगरी मात्रै गर्ने परमादेश माग गरी मुद्दा दायर भएको छ । कर्णाली नदीलाई बहुउपयोगी, एकीकृत तथा विकास आयोजना बनाई निर्माणको कार्य गर्नु दिगो विकासको लक्ष्य भएकाले सर्वोच्च अदालतले नदीसम्बन्धी प्राकृतिक स्रोतको संरक्षण र विश्वको केही अदालतहरूले गरेको फैसलाहरूको आधारमा कर्णाली नदीमा कुनै पनि विकास निर्माण गर्दा दिगो विकास र संरक्षण गर्दै बहुउपयोगी गर्ने गरी उपयोग गर्नु, कर्णाली नदीलाई प्राकृतिक रूपमा संरक्षण गर्ने कानुन बनाई लागूसमेत गर्नू–गराउनू, नदी बेसिन गुरुयोजनाको आधारमा उपयोग गर्ने भन्ने भएकाले सोविपरीत भएका कुनै पनि आयोजनाहरू, निर्णयहरूसमेत भएको भए सम्पूर्ण निर्णयहरू कार्यान्वयन गर्न उत्पेषणयुक्त परमादेशको आदेशको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन्।

उनीहरूले कर्णाली नदीमा विद्युत उत्पादनसम्बन्धी विभिन्न आयोजना सञ्चालनमा रहेकाले ती आयोजनाको निर्माण हुँदा नदीको प्राकृतिक सुन्दरतालाई असर नपर्ने गरी बहुउपयोगिताको आधारमा नदी प्रणालीको संरक्षण गर्दै विकास निर्माणको कार्य गर्नू–गराउनू भन्ने परमादेश मागेका छन् । रिट निवेदकमध्येका एक वातावरण कानुन समाज नेपालका अध्यक्ष अधिवक्ता पदमबहादुर श्रेष्ठले भने, ‘कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सिमानाको रुपमा करिब ५०७ किलोमिटर उत्तरको तिम्बतबाट नेपालहुँदै भारतको पवित्र गंगा नदीमा गएर मिसिने नेपालको एक मात्र नदी कर्णाली हो’, उनले भने, ‘कर्णाली नदीलाई दीगो विकास तथा संरक्षण गर्नको लागि एक छुट्टै कर्णाली नदी संरक्षण, बहुउपयोग तथा व्यवस्थापन समिति गठन गरी कार्यान्वयन गर्नू, गराउन पनि माग गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कर्णाली नदी बस्तीमा पस्ने जोखिम : उच्च सतर्कता अपनाउन आग्रह
  • २०८० श्रावण २०, शनिबार २१:४१
  • In "BannerNews"
  • प्रधानमन्त्री ओलीविरुद्ध फेरि अर्को मुद्दा दर्ता [निवेदन पत्रसहित]
  • २०८० श्रावण २०, शनिबार २१:४१
  • In "थप"
  • कर्णाली र भेरी करिडोर स्तरोन्नतिका लागि पाँच अर्ब छुट्याइने
  • २०८० श्रावण २०, शनिबार २१:४१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

सिरहामा सशस्त्र प्रहरी द्वारा ९ लाख मूल्य बराबरको अवैध समान बरामद

लहान बासीलाई संस्कार र जिवन जिउने कला सिकाउदै  इश्वरीय बिधालय 

विद्यालयमा युवकको शव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version