• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महोत्तरी : रामगोपालपुर-५ का वडाध्यक्ष भारतीय नागरिक रहेको खुलासा


महोत्तरी : रामगोपालपुर-५ का वडाध्यक्ष भारतीय नागरिक रहेको खुलासा

महोत्तरी : महोत्तरीको रामगोपालपुर नगरपालिका-५ का वडाध्यक्ष जितेन्द्र चौधरी भारतीय नागरिक रहेको खुलासा भएको छ । पैसा र राजनीति शक्तिको आडमा चौधरीले नेपाली नागरिकता लिएको हो ।

वडाध्यक्ष चौधरीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको ७ महिना बितिसक्दा पनि छानबिन भने अगाडि बढेको छैन । स्थानीय हरिषचन्द्र ठाकुरले उनीविरुद्ध ०७६ फाल्गुन ६ मै प्रशासनमा उजुरी हालेका थिए । तर हालसम्म उजुरीमाथि सुनवाई नभएपछि प्रशासनमाथि नै स्थानीयले शंका गर्न थालेका छन् ।

भारतीय मतदाता नामावलीमा जितेन्द्रको फोटोसहितको विवरण ।

उजुरी परेलगतै ०७६ फाल्गुण ८ मा उनको नाममा जिल्ला प्रशासन कार्यालयले पत्र काटेको थियो । तर त्यसपछि उनीमाथिको कारबाही प्रक्रिया रोकिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले आफू आएपछि नक्कली नागरिकताका विषयमा परेको उजुरीबारे अनुसन्धान अगाडि बढाएको बताए । उजुरी परेको ७ महिनामा पनि किन अनुसन्धान अगाडी बढेन भन्ने जिज्ञासामा उनले भने, ‘म आएलगत्तै उजुरी विषयमा अनुसन्धान थालेको छु। आज फलो गर्छु । नक्कली ठहर भएमा निजमाथि कारबाही हुन्छ ।’

उजुरीमा के छ ?

रामगोपालपुर नगरपालिका-५ का वडाध्यक्षमा निर्वाचित चौधरी नेपालमा जन्मेका होइन् । उनी भारत विहारको सीतामढी जिल्लास्थित सिरसिया बजारका स्थायी बासिन्दा हुन् । तर नक्कली कागजात पेश गरेर उनले नेपाली नागरिकता प्राप्त गरेका छन् ।

नेपालको निर्वाचन आयोगले तयार गरेको मतदाता नामावली, जहाँ जितेन्द्रको बाबुको नाम अनिल कुमार लेखिएको छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्षमा चौधरी निर्वाचित भएका थिए । उनी भारतीय नागरिक रहेको सबै प्रमाण रामगोपालपुरका ठाकुरले दिएको उजुरीमा सामेल रहेको बताइएको छ । ठाकुरले चौधरी भारतीय निर्वाचन आयोगको मतदाता नामावलीमा रहेको फोटोसहितको प्रमाण पेश गरेका छन् ।

भारतीय मतदाता नामावलीमा वडा अध्यक्षको नाम जितेन्द्र चौधरी र उनको बुबाको नाम हीरा चौधरी उल्लेख छ । नेपाली नागरिकतामा वडा अध्यक्षको बुबाको नाम हीराबाट परिवर्तन गरेर अनिल चौधरी बनाएको छ । उनको बुबा र वडा अध्यक्षले सन् २०१९ मा भारतीय लोकसभा निर्वाचनमा मतदान गरेको समेत उजुरीकर्ता ठाकुरको दावी छ ।

नेपाली नागरिक नै हुँ : वडाध्यक्ष

वडाध्यक्ष चौधरीले भने आफू नेपाली नागरिक भएको दावी गरेका छन् । उनले भने, ‘मेरो विषयमा अनेक टिकाटिप्पणी भइरहेको छ । तर म नेपाली नागरिक हुँ ।’

उनले आफूसँग भारतको नागरिकता नरहेको दावी गरे । ‘म यदी भारतीय नागरिक हुँ भने बैंकमा खाता होला । भारतको आधार कार्ड होला । उजुरी परेकै छ । अनुसन्धानबाट स्पष्ट भइरहाल्छ नि ! आरोप लगाएर हुन्छ ?’todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • डाक्नेश्वरी नगरपालिकाको उपमेयर मिरा यादव भारतीय रहेको खुलासा
  • २०७७ आश्विन १२, सोमबार १९:०१
  • In "BannerNews"
  • धनुषाको बिदेह नगरपालिकाका मेयरले नै भारतीय नागरिकलाई पासपोर्ट बनाए
  • २०७७ आश्विन १२, सोमबार १९:०१
  • In "देश"
  • महोत्तरीका एक वडाध्यक्ष मृत फेला, छेउमा दुर्घटनाग्रस्त मोटरसाइकल
  • २०७७ आश्विन १२, सोमबार १९:०१
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

व्यवसायीबाट नियन्त्रणमा लिएको प्याज बिक्री

बलात्कारका दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने ऐन बनाउनुपर्ने निष्कर्ष

नर्सिङ क्षेत्रका समस्या समाधानका लागि कुनै पहल नगरेको भन्दै नर्सहरु आन्दोलित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version