• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ


आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

सबै बालबालिकाको आत्मविश्वास एकनासको हुँदैन । कोही समूहमा सजिलै घुलमिल हुन्छन् भने कोही धकाउँछन् । स्टेजमा बोल्ने, गाउने, नाच्ने कुरामा पनि बालबालिकाको आत्मविश्वास फरक-फरक हुन्छ ।

बालबालिकाको आत्मविश्वास बलियो वा कमजोर हुनुमा पारिवारिक वातावरण, सामाजिक र आर्थिक कारण मुख्य हुन्छन् । आमाबुबाको व्यवहार र गतिविधिले पनि बच्चाको आत्मविश्वासमा असर पार्छ ।

अभिभावककै कारण सन्तानको आत्मविश्वास कसरी कमजोर भइरहेको हुन्छ भन्नेमा यहाँ चर्चा गरिन्छ ।

आमाबुवाको झगडा

घरमा आमाबुवा झगडा गरिरहन्छन् भने त्यसको असर बच्चामा पर्छ । बालबालिकाले घरमा सबैभन्दा सुरक्षित र स्वतन्त्र महसुस गर्छन्, जहाँ उनीहरु निर्धक्क बोल्न, खेल्न, कराउन, रुन सक्छन् । तर आमाबुवाको दिनदिनैको झगडाले उनीहरुको मनमा डर पैदा हुन्छ र असुरक्षित महसुस गर्छन् । जसकारण घरबाहिर पनि उनीहरुले आत्मविश्वासका साथ आफ्नो मनको कुरा राख्न सक्दैनन् । यसले उनीहरुको आत्मविश्वास कमजोर बनाइरहेको हुन्छ ।

अरुसँग तुलना गर्नु

आफ्ना सन्तानलाई अरुसँग कहिल्यै तुलना गर्नुहुँदैन । छरछिमेक वा आफ्नै अर्को सन्तानसँग पनि तुलना गर्ने बानीले हीनतावोध, लाज र कमजोर महसुस गर्छन् । हरेकपटक यसरी अरुसँग तुलना गरेमा बालबालिकाको आत्मबल विस्तारै कमजोर हुँदै जान्छ । अभिभावकले बुझ्न जरुरी छ कि हरेक बच्चाको आ-आफ्नै स्वभाव र बुझ्ने क्षमता हुन्छ ।

अरुको रिस पनि बालबालिकालाई पोख्नु

आफूलाई अन्य कारणले रिस उठिरहेको हुन्छ तर बालबालिकामाथि पोख्ने कतिपय अभिभावकको स्वभाव हुन्छ । बच्चाहरुले राम्रो कुरा गर्न वा सोधे पनि झर्किएर बोल्ने, कुरै नबुझी बिना गल्ती कुट्ने, स-साना कुरामा झपार्ने गर्दा उनीहरुको आत्मविश्वास कमजोर हुन पुग्छ ।

अरुको अगाडि बालबालिकाको कुरा काट्नु

अभिभावकले छरछिमेकी, नातागोता, इष्टमित्रको अगाडि आफ्नो छोराछोरीको कुरा काट्ने गर्छन् । जस्तै मेरो छोरा वा छोरीले अहिले पनि ओछ्यानमै पिसाब फेर्छ, जाँचमा फेल हुन्छ, कम नम्बर ल्याउँछ जस्ता कुरा अरुसँग गरिदिंदा बच्चाले आफ्नो बेइज्जत भएको महसुस गर्छ । यसले बालबालिकाको आत्मविश्वास कमजोर बनाउन भूमिका खेल्छ ।

समय नदिनु

बालबालिकाले स्कुलमा वा बाहिर खेल्ने क्रममा भएका कुराकानी आमाबुवालाई सुनाउन चाहन्छन् । तर आमाबुवा भने कामको व्यस्तताले उनीहरुको कुरा नसुन्ने, साथीले पट्यो भन्दा पनि तिम्रै गल्ती होला भनी उल्टै गाली गर्ने गरेको पनि पाइन्छ । यस्तो व्यवहारले उनीहरुलाई माया गर्ने, मनको कुरा बुझिदिने कोही छैन भन्ने महसुस हुन्छ, जसले उनीहरुको आत्मविश्वास कमजोर बनाउँछ ।

त्यसैले बालबालिकाको कुरा सुनिदिने, प्रश्नको जवाफ दिने, सामाजिक वातावरणमा घुलमिल गराउने, कथा सुनाउने, आफू पनि बच्चाजस्तै भएर खेल्न गर्नुपर्छ । बच्चालाई माया, स्याबासी र प्रोत्साहन दिंदा उनीहरुको आत्मविश्वास बढ्छ ।

(मनोचिकित्सक डा. पाण्डे काठमाडौंको मनमोहन मेमोरियल अस्पताल र ललितपुरको अल्का अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • के बालबालिकाहरु मोटोपनको सिकार हुँदैछन् ?
  • २०८० श्रावण १९, शुक्रबार १२:२५
  • In "जीवनशैली"
  • एकअर्काबाट के चाहन्छन् श्रीमान्-श्रीमती ?
  • २०८० श्रावण १९, शुक्रबार १२:२५
  • In "जीवनशैली"
  • स्कुल जान किन गाह्रो मान्छन् बच्चा ?
  • २०८० श्रावण १९, शुक्रबार १२:२५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

स्कुल जान किन गाह्रो मान्छन् बच्चा ?

Next Post

के हो आर्टिफिसियल इन्टेलिजेन्स ? हाम्रो बारेमा कसरी जान्दछ यति धेरै कुरा ?

देव-मानवको सपना र सभ्यता विनाशको सन्त्रास

मधेशका युवाहरूले काठमाडौंमा सञ्चालनमा ल्याए मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्र

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version