• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सदस्य देशको विवादले एससीओ सम्मेलन भर्चुअल


सदस्य देशको विवादले एससीओ सम्मेलन भर्चुअल

आतंकवादको चुनौती सामना र सूचना प्रविधि क्षेत्रको सहयोगमा जोड
नयाँदिल्ली — संघाई कर्पोरेसन अर्गनाइजेसन ९एससीओ० को शिखर सम्मेलन मंगलबार भर्चुअली भएको छ । भारतमा हुनुपर्ने एससीओको सम्मेलन सदस्य देशबीचको विवाद र अन्य कारणले भौतिक उपस्थितिमा हुन नसकेको हो ।

भारत अध्यक्ष रहेको एससीओमा चीन, रुस र पाकिस्तानलगायत देश सदस्य छन् । केही अगाडि नै अध्यक्ष राष्ट्र भारतले एससीओ सम्मेलन भर्चुअली हुने जानकारी दिएको थियो । भर्चुअली हुनुको प्रस्ट कारण नबताइए पनि पाकिस्तानसँग भारतको बिग्रेको सम्बन्ध, चीनसँग पनि पछिल्लो समय चलिरहेको तनावलगायत कारण बैठक भौतिक उपस्थितिका साथ नगराइएको विश्लेषण छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको यात्रालाई लिएर पनि संशय थियो । मे महिनाको पहिलो साता गोवामा एससीओ सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको बैठक भने भौतिक उपस्थितिमै भएको थियो । त्यहाँ पाकिस्तानका विदेशमन्त्री पनि सहभागी भएका थिए ।

शिखर सम्मेलनपछि आयोजित विशेष पत्रकार सम्मेलनमा विदेशमन्त्री विनयमोहन क्वात्राले धेरै कारणले सम्मेलन भर्चुअली भएको बताएका छन् । तर, यसले शिखर सम्मेलनको उद्देश्यमा कुनै पनि प्रभाव नपार्ने उनले दाबी गरे । एससीओ बैठकले उग्रवाद र आतंकवाद जस्ता चुनौतीको सामना गर्न सहकार्य गर्ने र डिजिटल परिवर्तनको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयलाई स्विकारेको क्वात्राले जानकारी दिए । उनले यी दुई विषयसहित विभिन्न १० वटा बुँदामा निर्णय भएको बताएका छन् । ती निर्णयको उद्देश्य एससीओ देशका बीचमा सहयोग र सहकार्य बढाउने रहेको क्वात्राले उल्लेख गरेका छन् ।

सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफसहित ८ देशका सरकार प्रमुख सहभागी भएका थिए । एससीओमा ताजकिस्तान, किर्गिस्तान, कजाकस्तान र उज्वेकिस्तान पनि सदस्य राष्ट्र हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बैठकमा आतंकवादी गतिविधि नियन्त्रणको विषय उठाएका थिए । उनले आतंकवादविरुद्ध सबै देश एकजुट भएर लड्नुपर्ने उल्लेख गरे । उनले सीमापार आतंकवादलाई संरक्षण दिने र त्यसलाई देशकै नीति बनाउने कार्यको सबैले आलोचना गर्नुपर्ने धारणा राखेका थिए । भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै आएको छ । प्रधानमन्त्री मोदीले आफ्नो भाषणमा पाकिस्तानको नाम भने लिएका थिएनन् ।

एससीओको मञ्चलाई उपयोग गर्दै रुसी राष्ट्रपति पुटिनले पश्चिमा देशका तर्फबाट लगाइएको प्रतिबन्धको रुसले सामना गरिरहने उल्लेख गरे । उनले एससीओ सदस्य देशबीचमा सम्बन्ध राम्रो बनाउन लगातार काम गरिरहनुपर्नेमा पनि जोड दिएका थिए । चिनियाँ राष्ट्रपति सीले क्षेत्रीय शान्ति र आमनागरिकको सुरक्षा सुनिश्चितताको दिशामा सबैले काम गर्नुपर्नेमा जोड दिए । उनले पनि सदस्य राष्ट्रहरूमा एकता र विश्वास बढाउन आग्रह गरे ।

पाकिस्तानी प्रधानमन्त्री सरिफले आतंकवाद र अग्रवादविरुद्ध दृढता तथा विश्वासका साथ लड्नुपर्ने भनाइ राखेका थिए । एससीओको स्थापना सन् २००१ मा भएको हो । प्रारम्भमा यसमा ६ देशमात्रै सदस्य थिए । सन् २०१७ बाट भारत र पाकिस्तानले स्थायी सदस्यको मान्यता पाएका हुन् ।ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारतीय प्रधामन्त्री मोदीलाई पाकिस्तान भ्रमणको निम्ता
  • २०८० असार २०, बुधबार १०:०६
  • In "BannerNews"
  • भारतले २०२३ को लागि एससीओको आधिकारिक वेबसाइट सुरु गर्‍यो
  • २०८० असार २०, बुधबार १०:०६
  • In "BannerNews"
  • भारतमा हुने शक्तिशाली मुलुकको रहेको जी-२० के हो ?
  • २०८० असार २०, बुधबार १०:०६
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post

महोत्तरीमा गोली प्रहारबाट एकजना गम्भीर घाइते

न्यायको लागी चिहार्दै सुस्मिता काखे छोराछोरीको बिचल्ली

लम्पी स्किन रोग : एक लाख ८० हजारभन्दा बढी पशुलाई खोप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version