• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमसीसीको प्रसारणलाइन ठेक्कामा एउटै चिनियाँ कम्पनी आएनन् भारतीयबीच मात्रै प्रतिस्पर्धा


एमसीसीको प्रसारणलाइन ठेक्कामा एउटै चिनियाँ कम्पनी आएनन् भारतीयबीच मात्रै प्रतिस्पर्धा

काठमाडौं । अमेरिकी सरकारको अनुदानको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० परियोजना अन्तर्गत नेपालमा बन्ने प्रसारणलाइन निर्माणका लागि ६ वटा कम्पनीहरुले बोलपत्र पेश गरेका छन् । खुलेको बोलपत्रअनुसार एमसीसीको ठेक्का लिन चिनियाँ कम्पनीले चासो नै दिएनन् । सबै भारतीय कम्पनीहरू एमसीसीको परियोजना हात पार्न प्रतिस्पर्धामा छन् ।
नेपालमा रातमाटे(लप्सीफेदी( हेटौंडा( नयाँ दमौली(नयाँ बुटवल खण्डमा प्रसारणलाइन निर्माणका लागि मिलेनियम च्यालेन्ज एकाउन्ट ९एमसीए० नेपालले बोलपत्र आह्वान गरेको थियो । सोमबार बोलपत्रहरू खोलिएको थियो, जसमा भारतका मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडले संयुक्त रूपमा बोलपत्र पेश गरेका छन् । यस्तै भारतीय कल्पतरू पावर ट्रान्समिसन लिमिटेड, केईसी इन्टरनेशनल लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड र लार्सन एण्ड टर्बो लिमिटेडबाट पनि बोलपत्रहरु प्राप्त भएको एमसीए नेपालले जनाएको छ । बोलपत्रबारेको निर्णय भने वेबसाइटमा प्रकाशित गरिने जनाइएको छ । ठेक्कामा चिनियाँ कम्पनीहरूको किन बोलपत्र परेन भन्ने स्पष्ट भएको छैन ।

सस्तो मूल्यमा काम गर्ने मानिएका चिनियाँहरूको नेपालको प्रसारणलाइनको ठेक्कामा वर्चस्व छ । तर, एमसीसीको ठेक्कामा चिनियाँ कम्पनीहरू नै प्रतिस्पर्धामा नै नआउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसले अमेरिकी लगानीको परियोजनामा चिनियाँहरू सहभागी हुन नचाहेको स्पष्ट गरेको छ ।

प्रसारणलाइन निर्माणका लागि बोलपत्र लिइसक्दा पनि परियोजनाको पूर्वतयारीको काममा चरम ढिलाइ भइरहेको छ । पूर्वतयारीलाई गति नदिई ढिलाइकै बीच आयोजना कार्यान्वयन गर्ने एमसीए नेपालको तयारी छ ।

प्रसारणलाइन बन्ने १० वटा जिल्लाका ३० वटा गाउँपालिका तथा नगरपालिका ९९२ वटा वडाहरु० भएर जाने प्रस्तावित प्रसारणलाइन बन्ने क्षेत्रको तार र टावर रहने जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ ।
एमसीए नेपालका अनुसार अहिले जग्गा अधिग्रहणका लागि १० मध्ये ९ वटा जिल्लामा मात्रै प्रारम्भिक सूचनाहरु प्रकाशन भएका छन् ।

प्रभावित क्षेत्रको जग्गाको मुआब्जा निर्धारण, वितरण, पुनर्बास र वन क्षेत्रको रुख कटान मुख्य काम हो । यी काम नसकी आयोजना निर्माणको काम अघि बढ्न कठिन हुन्छ ।

अहिलेसम्म जग्गाको मुआब्जा निर्धारण गर्ने अधिग्रहण गर्ने अन्तिम सूचना निकाल्ने काम भएको छैन ।

प्राविधिकहरुका अनुसार एउटा टावरको लागि करिब एक रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ । आयोजनामा कुल ८५६ टावरमध्ये आधाजसो सरकारी र सार्वजनिकमा पर्छ भने आधाजसो निजी जमिनमा राख्नुपर्ने अनुमान छ । विद्युत प्राधिकरणको अभ्यासअनुसार तारको मुनि रहने जमिन ९दायाँ–बायाँ २३–२३ मिटर०को क्षतिपूर्ति मूल्यांकनको १० देखि २५ प्रतिशतसम्म मात्रै दिने योजना छ । त्यसमा स्थानीय बासिन्दालाई मनाउन सकस छ । झन् एमसीसी परियोजनाबारे सर्वसाधारणमा रहेको नकारात्मक धारणाले चुनौती बढाएको छ ।

त्यसबाहेक रुख कटान लगायतका कामका प्रक्रियाहरु पुरा गर्न बाँकी नै छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ९ईआईए० अनुसार रुख गणनाको काम बाँकी छ । १६ वैशाख, २०७८ मा नै वन तथा वातावरण मन्त्रालयले एमसीसी अन्तर्गत बन्ने विद्युत प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत गरेको थियो ।

रुख गणना गरेर पहिचान गर्दै त्यसमा टाँचा लगाउने काम अझै सुरु भएको छैन । करिब २ लाख १७ हजार वटा रुख–बुटान कटान गर्नुपर्ने अनुमान छ । रुख गणनापछि मन्त्रिपरिषद्ले। वन क्षेत्र प्रयोगको अनुमति दिने निर्णय गर्नुपर्छ ।

त्यसपछि मात्रै रुख कटान सुरु हुन्छ । केही सामुदायिक र कबुलियती वन परेको र त्यहाँका रूख निर्माण कार्य प्रारम्भ गर्नुपूर्व नै कटान गरिसक्नुपर्ने अवस्था छ । काटिने रुखको सट्टामा बिरुवाहरु रोप्न र हुर्काउन पनि बोलपत्र आह्वान गरेर जिम्मा दिनुपर्ने हुन्छ । त्यसमाथि प्रसारणलाइनको ३० किमि प्रसारणलाइन खण्डको पुनः सर्भेको काम समेत सक्न बाँकी छ ।

एमसीसीले नेपालमा सञ्चालन गर्ने आयोजनाहरुको निर्माण अवधिको गणना आगामी भदौदेखि सुरु हुनेछ । ५ वर्षभित्र आयोजनाको निर्माण र परीक्षण सकेर आयोजना सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । तोकिएको अवधिमा काम नसकिएमा खर्च हुन बाँकी रहेको अनुदान फिर्ता हुन्छ । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप
  • २०८० जेष्ठ ९, मंगलवार ०८:३०
  • In "देश"
  • १४ भदौबाट एमसीसी कार्यान्वयन सुरु हुने, पाँच वर्षमा नसके अनुदान फिर्ता
  • २०८० जेष्ठ ९, मंगलवार ०८:३०
  • In "BannerNews"
  • एमसीसीविरुद्ध प्रदर्शनः १३५ जना प्रदर्शनकारी पक्राउ, ९ प्रहरी घाइते
  • २०८० जेष्ठ ९, मंगलवार ०८:३०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

Next Post

सरकारी वकिल कार्यालय पुग्यो नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन, प्रकरण निष्कर्षमा पुग्ला त ?

बजेटको चटारोमा मधेश सरकार : मन्त्रीविहीन मन्त्रालयमै योजना माग्नेको भीड

विश्वकप छनौटका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version