चितवन । राष्ट्रिय एकता अभियानले शुक्रवार चितवनमा ‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ।
चितवनको नारायणघाटमा कार्यक्रमको आयोजना गरिएको थियो। कमला सिलवालको अध्यक्षता र अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनीता साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा देव श्रेष्ठ, कविता शर्मा, प्रभाकर भूषाल, गंगा प्रसाद साह, मनु तमाङलगायतको समेत उपस्थितीथियो।
कार्यक्रममा दुई देशबीचको भौगोलिक, सांस्कृतिक, ब्यापारिक र राजनीतसम्वन्धका विषयमा जानकारी आदानप्रदान गरिएको थियो। कार्यक्रमका बक्ताहरुले भारत र नेपालको आत्मा एकै भएको तर्क गर्दै नेपालको विकासमा भारतले पुर्याईरहेको योगदानको कदर गर्नुपर्ने बताए ।
कार्यक्रमका वक्ताहरुले नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत बीचको सहकार्य उदाहरणीय रहेको भन्दै त्यसलाई अझ बलियो पार्न सनातन धर्म संस्कृतिको संरक्षण जरुरी रहेको बताए। उनीहरुले सनातन धर्म संस्कृतिले मात्र देशको राष्ट्रियता जोगिने बताए ।