• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘धर्म संस्कृतिको संरक्षणले मात्र राष्ट्रियताको जगेर्ना गर्छ’


‘धर्म संस्कृतिको संरक्षणले मात्र राष्ट्रियताको जगेर्ना गर्छ’

नेपालगञ्ज । नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल-भारत बीचको सहकार्य उदाहरणीय रहेको भन्दै त्यसलाई अझ बलियो पार्न सनातन धर्म संस्कृतिको संरक्षण जरुरी रहेको एक कार्यक्रमका सहभागीले बताएका छ्न् । उनीहरुले सनातन धर्म संस्कृतिले मात्र देशको राष्ट्रियता जोगिने बताए ।

राष्ट्रिय एकता अभियानले आज नेपालगञ्जमा गरेको नेपाली संस्कृति र विकास क्षेत्र नेपाल-भारत सहकार्य विषयक विचार गोष्ठीमा बोल्ने सहभागीले सो कुरा बताएका हुन् । उनीहरुले धर्म संस्कृतिको सवाल होस् वा ठूला र मध्यवर्ती परियोजना नै किन नहोस्, व्यापार र पारवहनको क्षेत्रमा पनि नेपाल भारत दुबै देशबीच सहयोग आदानप्रदान भइरहेको पनि स्मरण गरेका थिए ।

गोष्ठीमा बोल्दै पूर्व मन्त्री सर्वदेब ओझाले सनातन धर्म संस्कृति र परम्पराको जगेर्ना अहिलेको आवश्यकता रहेको उल्लेख गरे । उनले नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल-भारत बीचको सम्बन्ध सदियौं पुरानो रहेकाले यसको निरन्तरता अहिले पनि कायमै रहेको बताए । उनले धर्म संस्कृतिको नाममा हुने राजनीतिले द्वन्द निम्त्याउने खतरा उच्च हुने उल्लेख गरेका छन् ।

यस्तै नेपाली काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीले देशको धर्म संस्कृति र राष्ट्रियता माटोसँग जोडिएको धारणा व्यक्त गरे । उनले नेपाल र भारत बीचको सम्बन्ध सदियौं वर्ष पुरानो भएको स्मरण गरे । नेपाल-भारतबीच धार्मिक, सांस्कृतिक तथा व्यापारिक हिसाबले अत्यन्त सकारात्मक सम्बन्ध रहेको अधिकारीको भनाई छ । उनले दुबै देश सार्बभौमसत्ता भएकोले कसैले कसैको दबाब स्वीकार्य सम्भव नभएको उल्लेख गरे ।

यस्तै अन्तर्राष्ट्रिय संस्कृतिका महासचिव हर्क स्वाँरले नेपाल र भारत बीचको सम्बन्ध सांस्कृतिकरुपमा बलियो भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । उनले धर्मको नाममा भइरहेको राजनीतिले स्वाभिमान गुम्दै गएको टिप्पणी गरे । उनले धर्म र राष्ट्रियताला सवालमा गरिने राजनीतिले देश कमजोर हुने उल्लेख गरे । उनले सनातन धर्म संस्कृतिको संरक्षणले मात्र देशको राष्ट्रियता जोगिने जिकिर गरे ।

यस्तै राष्ट्रिय एकता अभियानका केन्द्रिय अध्यक्ष विनय यादवले संस्कृतिको संरक्षणले मात्र राष्ट्रियता बलियो हुने बताए । उनले नेपालको सनातन संस्कृति पछिल्लो अवस्थामा कमजोर हुँदै गएका कारण अहिले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको टिप्पणी गरे । उनले भारत र नेपालको संस्कृति र परम्परा उस्तै उस्तै भएकाले त्यसको संरक्षणका लागि दुबै देशबीचको समन्वय र सहकार्य जरुरी रहेको बताए । छिमेकी देशहरुसँगको सुमधुर र मैत्रीपूर्ण सम्बन्धलाई विकास र प्रबर्द्धन गर्न आवश्यक रहेको उनको भनाई छ ।

गोष्ठीमा संबिधानसभा सदस्य सन्ध्या देव, नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश समितिका महासचिव नवीन गिरी, सञ्चारकर्मी, बुद्धिजीवी, विभिन्न कलेजका बिद्यार्थी गरी दुई सय जना भन्दा बढीको सहभागिता रहेको थियो । भरत बिश्वकर्माको अध्यक्षतामा भएको विचार गोष्ठीको सञ्चालन चक्र रावतले गरेका थिए ।

त्यस्तै माेरङकाे विराटनगरमा पनि नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल-भारत बीचको सहकार्य विषयक गाेष्ठी आयाेजना गरिएकाे छ ।

गाेष्ठी कार्यक्रममा प्रमख अतिथि डा. निरन्जन कुमारले दुई देशबीच एकअर्कासँग गहिरो सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध हुनाले विकास क्षेत्रमा पनि नेपाल–भारत सहकार्य आवश्यक रहेकाे बताउनु भयाे ।

त्यसैगरी कार्यक्रममा राष्ट्रिय एकता अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिताले नेपाल–भारतकाे संस्कृति मिल्दाेजुल्दाे रहेकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे,’नेपाल–भारतबीच राेटी बेटीकाे सम्बन्ध छ, जसले दुई देशकाे सम्बन्धलाई अझ मजबुत बनाएकाे छ, नेपालकाे आर्थिक विकासमा भारतकाे ठुलाे याेगदान छ, त्यसैले अब विकास क्षेत्रमा नेपाल–भारत सहकार्य हुनुपर्छ।’

कार्यक्रममा अतिथीकाे रूपमा जैनेन्द्र सिंह (महेन्द्र मोरङ्ग कलेज), मैथिली सेवा समितिका अध्यक्ष फुल कुमार देव र
सप्तरी कांग्रेसका नेता राम कुमार यादव लगायत अभियन्ताकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा उद्घोषणकाे रूपमा राधा मंडलले भूमिका निर्वाह गर्नुभएकाे थियाे भने सहभागीहरूलाई स्वागत दिपेन्द्र यादवले गर्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत सहकार्य उदाहरणीय’
  • २०७९ माघ २६, बिहीबार ०८:४७
  • In "BannerNews"
  • नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल भारत सहकार्य’ विषयक गोष्ठी सम्पन्न
  • २०७९ माघ २६, बिहीबार ०८:४७
  • In "BannerNews"
  • नेपालको विकाशमा भारतले पुर्याएको योगदानको कदर गर्नुपर्नेमा जोड
  • २०७९ माघ २६, बिहीबार ०८:४७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

मिर्चैया नगरपालिका को नगर प्रमुख सर्बन यादवले सडक निर्माणकालागि अल्टिमेटम दिएपछि प्रेम शंकर साहले पुगे उच्च अदालत

नेपालको सहयोगमा भारतको महत्वपूर्ण भूमिका

लामखुट्टे धपाउन बालिएको घुरबाट आगो लाग्यो, ६ घर जलेर नष्ट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version