No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चक्रपथको दोस्रो खण्ड निर्माणअघि चिनियाँ पक्षको अडान, संरचना नहटाएसम्म काम नथाल्ने

चक्रपथको दोस्रो खण्ड निर्माणअघि चिनियाँ पक्षको अडान, संरचना नहटाएसम्म काम नथाल्ने

चक्रपथको दोस्रो खण्ड विस्तार गर्न तीन वर्षअघि चिनियाँ पक्षसँग सम्झौता भएको थियो । चिनियाँ पक्षले निर्माण सुरु गरेको चार वर्षभित्र सक्ने सहमति गरेको थियो

कलंकी–महाराजगन्ज खण्डमा रहेका मन्दिर, रूख र बिजुलीका पोल नसारेसम्म चक्रपथ विस्तारको दोस्रो चरण सुरु नगर्ने चिनियाँ पक्षले अडान लिएको छ । साइट क्लियर भएको स्थानबाट सडक विस्तार थाल्न नेपाल पक्षले आग्रह गरे पनि चिनियाँ पक्षले भने सबै संरचना क्लियर भएपछि मात्रै थाल्ने अडान लिएको हो । चक्रपथ खण्डको सामाखुसीस्थित पुरानो शिव मन्दिर सार्न कठिन भएको सडक विभागले जनाएको छ ।

अर्जुनजंग थापा महानिर्देशक, सडक विभाग
चिनियाँ पक्षले साइट क्लियर नभएसम्म काम गर्दैनौँ भनेको छ । तर, हामीले जहाँ–जहाँ साइट खाली छ, त्यहाँ–त्यहाँ काम गर्न प्रस्ताव गरिरहेका छौँ । अब एक–दुई महिनाभित्र साइट क्लियर भइसक्छ । सडकआसपासका संरचना हटाइसकेपछि चिनियाँ पक्षलाई जिम्मा लगाइनेछ ।

चिनियाँ पक्षले काम थाल्नुअघि साइट क्लियर गर्ने जिम्मा नेपाली पक्षलाई दिएको छ । तर, केही खण्डमा मन्दिर, रूख र बिजुलीका पोल नसारेको भन्दै एक महिनाअघि आएको चिनियाँ निरीक्षण टोली फर्किएको थियो । टोलीले जति छिटो साइट क्लियर भयो, त्यति नै छिटो अन्तिम सम्झौता गरेर काम सुरु गर्ने जनाएको छ ।

सडक विभागले यसअघि गोंगबुमा रहेको अकासे पुल, बिजुलीका पोल र रूख हटाइसकेको छ । चिनियाँ निर्माण कम्पनीको भने थप केही रूख र पोल हटाउन विभागलाई आग्रह गरेको छ । ‘उनीहरू साइट क्लियर नभएसम्म काम गर्दैनौँ भन्छन्, तर हामीले जहाँ–जहाँ साइट खाली छ, त्यहाँ काम गर्न प्रस्ताव गरिरहेका छौँ,’ सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने, ‘उनीहरू पूरै ठाउँ खाली भएपछि मात्रै काम सुरु गर्ने भन्छन्, अब एक–दुई महिनाभित्र साइट क्लियर भइसक्छ ।’ उनका अनुसार सडकआसपासका संरचना हटाइसकेपछि चिनियाँ पक्षलाई जिम्मा लगाइनेछ । मन्दिर सार्ने विषयमा स्थानीयले समेत विरोध गरेका छन् । मन्दिर सार्न नदिने स्थानीयको अडानका कारण विभागले यसअघि साइट क्लियर गर्न नसकेको हो ।

ढल र सर्भिस लेन बनाइँदै 
सरकारले चक्रपथको यस खण्डमा ढल, बाहिरी वाल तथा सर्भिस लेन बनाउन एक अर्ब बजेट विनियोजन गरेको थियो । सोहीअनुसार काम भइरहेको छ । चिनियाँ कम्पनीसँग साइट क्लियर गर्ने र ढल तथा सर्भिस लेन नेपाली पक्षले बनाउने सहमति भएको छ ।

,, बजेट विनियोजन गरेको थियो । सोहीअनुसार काम भइरहेको छ । चिनियाँ कम्पनीसँग साइट क्लियर गर्ने र ढल तथा सर्भिस लेन नेपाली पक्षले बनाउने सहमति भएको छ ।

चक्रपथको करिब ११.७ किमि यो खण्ड आठ लेनमा विस्तार गरिदिने चिनियाँ कम्पनीले प्रतिबद्धता जनाउँदै आएको छ । यसअघि कोटेश्वर–कलंकी खण्ड आठ लेनमा बनिसकेको छ । तर, कलंकी–नारायणगोपाल खण्डको काम भने अघि बढ्न सकेको छैन । महाराजगन्ज क्षेत्रमा करिब २० वटा घरसहित मुआब्जा विवादसमेत छ । यो क्षेत्र तत्काल खाली गर्न कठिन छ । चिनियाँ कम्पनीले अन्य खण्डको काम सुरु गर्दासम्म यो क्षेत्रको मुआब्जा विवाद समाधान भए उसैलाई काम गर्न दिने, यदि नभए सडक विभाग आफैँले गर्ने विभागका महानिर्देशक थापाको भनाइ छ ।

चक्रपथको दोस्रो खण्ड विस्तार गर्न तीन वर्षअघि चिनियाँ पक्षसँग सम्झौता भएको थियो । चिनियाँ पक्षले निर्माण सुरु गरेको चार वर्षभित्र सक्ने सहमति गरेको थियो । सोही सहमतिअनुसार यस खण्डका अधिकांश रूख, भवन र विद्युत्का पोलहरू नेपाल पक्षले हटाइसकेको छ ।

कोटेश्वर–कलंकी खण्डजस्तै सडक वारपार गर्न कठिन हुने अनुमान 
चिनियाँ कम्पनीले निर्माण गरेको कोटेश्वर–कलंकी खण्डमा हरियाली नभएको, वारपार गर्न कठिन भएको भन्दै नेपाली पक्षले चिनियाँ कम्पनीसँग डिजाइन परिवर्तन गर्न माग गरेको थियो । तर, त्यसमा चिनियाँ पक्ष सकारात्मक नभएको विभागका महानिर्देशक थापाको भनाइ छ । विभाग तथा इन्जिनियरको टोलीले चिनियाँ पक्षसँग बीचमा डिभाइडर राख्न अनुरोध गरेको छ । यो खण्डमा बालाजु चोकमा ओभारपास र महाराजगन्जमा अन्डर पास राखिनेछ । त्यस्तै, चिनियाँ कम्पनीले जम्मा दुईवटा मात्रै अकासे पुल निर्माण गरिदिनेछ । अन्य तीनवटा अकासे पुल सडक विभागले निर्माण गर्नेछ । नयाँपत्रीका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
प्रदर्शना कुमारी बनिन् मधेशी समुदायबाट पहिलो महिला सिडिओ

प्रदर्शना कुमारी बनिन् मधेशी समुदायबाट पहिलो महिला सिडिओ

मधेश प्रदेश : स्कुलबाट बेपत्ता भएका बालबालिकाको भारतबाट उद्धार

मधेश प्रदेश : स्कुलबाट बेपत्ता भएका बालबालिकाको भारतबाट उद्धार

कोरोना महामारीमा फसेको चीनलाई राहत हुने संभावना न्यून किन ?

कोरोना महामारीमा फसेको चीनलाई राहत हुने संभावना न्यून किन ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .