• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै


आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा(आराधना गरी मनाइँदैछ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ(आफ्ना कला(साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ।

यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही० जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ।

सरस्वतीलाई चढाइएको सात गेँडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ। यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ। वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आज वसन्तपञ्चमीः देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
  • २०७९ माघ १२, बिहीबार ०९:१०
  • In "BannerNews"
  • आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै
  • २०७९ माघ १२, बिहीबार ०९:१०
  • In "धर्म-संस्कृतिक"
  • आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै
  • २०७९ माघ १२, बिहीबार ०९:१०
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version