• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ ठेकेदारले ४२ किमि सडक क्षेत्रमा दुई वटा मात्रै डोजरबाट काम गरिरहेको छ


चिनियाँ ठेकेदारले ४२ किमि सडक क्षेत्रमा दुई वटा मात्रै डोजरबाट काम गरिरहेको छ

पूर्वी नवलपरासी — पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड फराकिलो पार्ने चिनियाँ ठेकेदारले नवलपरासी खण्डको ४२ किमि सडक क्षेत्रमा दुई वटा मात्रै डोजरबाट कछुवा गतिमा काम गरिरहेको छ । राजमार्गको डन्डादेखि पश्चिम दाउन्नेसम्मको ४२ किमि खण्डमा जम्मा दुई वटा डोजर र ६ जना कामदार राखेर काम गरिरहेको हो ।
त्यति लामो खण्डमा फटाफट काम सम्पन्न गर्न दर्जनौं डोजर श्रमिक खटाउनुपर्नेमा यस क्षेत्रमा चरम लापरबाही भएको छ । अधिकांश क्षेत्र जंगल रहेको त्यस खण्डमा राजमार्ग फराकिलो पार्ने काममा खटेका जनशक्ति र मेसिन देख्नसमेत पाइँदैन ।

राजमार्गअन्तर्गत चोरमारा र अरुणखोलाबीचको गन्डार खोलामा नयाँ पुल निर्माण गर्न दुई डोजरले सडक भत्काउन थालेका छन् । त्यसबाहेक दाउन्नेदेखि पूर्व कावासोतीको डन्डाबजारसम्मको क्षेत्रमा ९४२ किमि सडक क्षेत्र० मा कहीँकतै कुनै काम गरेको छैन । सडक निर्माणको ठेक्का लिएको चिनियाँ ठेकेदारको काम गर्ने तौरतरिका देखेर आफू छक्क परेको मध्यबिन्दु नगरपालिकाका मेयर भीमलाल अधिकारी बताउँछन् । ‘सडकमा भइरहेको कामको अनुगमन गर्ने नेपाल सरकारका निकाय होलान्, तिनले के हेरेर बस्छन् १ आश्चर्य छ,’ उनले भने, ‘सडक निर्माणका नाममा जताततै डाइभर्सन बनाएर जोखिम बढाइएको छ । काम गर्ने औजार र मान्छे राजमार्गमा देखिँदै देखिँदैनन् ।’

०७३ मा राममार्ग ठेक्का लिँदा चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम सुरु गरेको ३ वर्षभित्र सडक निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता थियो । काम थालेको ४२ महिनामा २३ प्रतिशत मात्र काम सकिएको चिनियाँ ठेकेदार कम्पनीका इन्जिनियर राकेश झा बताउँछन् । रूख कटान र विद्युत्का पोल सार्न पर्ने सरकारी प्रक्रिया लामो र झन्झटिलो भएका कारण काममा केही ढिलाइ भएको उनको दाबी छ । त्यसमाथि कोरोनाकालमा काम ठप्प भएका कारण राजमार्गको प्रगति नदेखिएको झाको दाबी छ ।
राजमार्गको दाउन्ने गैंडाकोट खण्ड सडक हेर्ने प्रमुख इन्जिनियर रमेश दृष्टि हरेक बैठकमा त्यो क्षेत्रमा काम गराउन आफूले ताकेता गरिरहेको दाबी गर्छन् । ‘ताकेता गरिरहेका छौं । उनीहरू नै चिन्तित हुनुपर्ने हो । हामी दैनिकजसो बैठक गरिरहन्छौं र हरेक बैठकमा त्यो खण्डमा किन काम भएन भनेर दबाब दिएका छौं,’ उनले भने, ‘तर यस विषयमा ठेकेदार आफैं तात्नुपर्ने हो ।’
दाउन्नेदेखि गैंडाकोटसम्म ६५ किमि पर्दछ । यस क्षेत्रअन्तर्गत कावासोतीदेखि पूर्व गैंडाकोटसम्मको क्षेत्रमा ग्राभेल हालेर पुर्ने र सम्याउने काम भइरहेको छ । कावासोतीको डन्डादेखि पश्चिम दाउन्नेसम्म गत जेठदेखि नै काम रोकिएको हो । पहिला वर्षात्पछि सुरु गर्ने भनेको र वर्षात् सकिएपछि ९गत भदौबाट० पनि काम हुन नसकेको आयोजनाले जनायो ।

गत साउन २२ मा सकिएको सडक निर्माणको काम आउँदो साउनसम्म म्याद थपिएको छ । बुटवल–नारायणगढ सडक खण्डको १ सय १४ किमि सडक फराकिलो पार्न चिनियाँ ठेकेदार कम्पनीले १७ अर्ब रुपैयाँमा ठेक्का लिएको हो । वर्षा सुरु भएपछि पानीले काम गर्न दिँदैन भन्दै ठेकेदार कम्पनीले करिब ३ महिना कामै नगरी बस्ने गरेको छ । दाउन्ने पहाडको १४ किमि क्षेत्रको पश्चिमतर्फ ९दाउन्ने बजारबाट पश्चिम० सडक भत्काएर अलपत्र पारेको छ । त्यहाँ राजमार्ग भत्काएर ग्राभेलसमेत नगरिएका कारण ठुल्ठूला खाल्डैखाल्डा रहेकाले यात्रा जोखिमपूर्ण छ ।

कावासोती खोलादेखि पश्चिममा पर्ने चोरमारा, अरुणखोला र दुम्कीवासमा पर्ने ठूला खोलामा पुल निर्माणको कामसमेत हुन सकेको छैन । कावासोती–नारायणगढ खण्डमा पर्ने भेंडाबारीमा अघिल्लो साता १ सय २० मिटर सडक कालोपत्र गरेपछि त्यहाँ अन्य काम भएको छैन । राजमार्ग कालोपत्र हुन थाल्यो भनेर हौसिएका स्थानीय फेरि निराश छन् । ‘कामै गर्दैन । सडक अनुगमन गर्ने निकाय पनि निकम्मा रहेछ,’ भेंडाबारीका अर्जुन आचार्यले भने । ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनियाँ ठेकेदार कम्पनीको लापरवाही १० महिनाको अवधिमा साढे २ किलोमिटरमात्रै कालोपत्र
  • २०७९ माघ ८, आईतवार ११:४४
  • In "BannerNews"
  • चक्रपथको दोस्रो खण्ड निर्माणअघि चिनियाँ पक्षको अडान, संरचना नहटाएसम्म काम नथाल्ने
  • २०७९ माघ ८, आईतवार ११:४४
  • In "BannerNews"
  • बुटवल–नारायणगढमा सकसपूर्ण यात्रा
  • २०७९ माघ ८, आईतवार ११:४४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

दक्षिण चीन सागरमा कृत्रिम चिनियाँ सैन्य चौकीहरूले भूराजनीतिक स्थिरता खतरामा : रिपोर्ट

उपराष्ट्रपतिका सल्लाहकारले रक्सीले मातिएर मध्यराति आतंक मच्चाउँदै हिँडेपछि…

अमेरिका र चीनलाई भन्नुपर्छ– भूराजनीतिक लफडामा नेपाललाई नपार्दिनुस् : विजयकान्त कर्ण (अन्तर्वार्ता)

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version