No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाली पर्यटन बढावा दिने भारतीय फिल्म , धारणा शर्माको लोकप्रियता


नेपाली पर्यटन बढावा दिने भारतीय फिल्म , धारणा शर्माको लोकप्रियता

काठमाडौं । अहिले राजश्री प्रोडक्सनको निर्देशनमा बनेको बलिउड चलचित्र “उचाई” विश्वभर प्रर्दशन भईरहेको छ ।
बलिउड फिल्म ‘उचाई’ ले भारतमा उत्साहजनक व्यापार गरिरहेको छ । नेपालमा पनि फिल्मले माउथ पब्लिसिटीका कारण राम्रो पिकअप लिइरहेको छ ।  
सुरज वर्जत्य निर्देशित फिल्मले चार मिल्ने साथीहरूको मित्रताको कथालाई समेटेको छ ।
फिल्ममा अमिताभका साथै अनुपम खेर, बोमन इरानी, ड्यानी डोन्जोङ्पा लगायत परिणिती चोपडा, सारिका हसन र नेपाली कलाकार धारणा शर्माको पनि महत्त्वपूर्ण भूमिका छ ।
नेपालको नाम्चे, लुक्ला, मुस्ताङमा चलचित्रको छायांकन गरिएकाले पनि यसमा नेपालीहरु दर्शकहरुले बढी चाँसो दिनु स्वभावीक नै हो ।
यस चलचित्रमा बलिउडका महा अमिताभ बच्चनले समेत अभिनय गरेकाले त झन् दर्शकको रोजाईमा पर्ने नै भयो । तर त्यससँगै नेपालमै छायांकन हुनु नेपाल जोडिनु त छँदैछ, अझ यसै चलचित्रबाट बलिउडमा नेपाली नायिकाको डेब्यू हुनुले त यसको चर्चा नहुने विषय नै भएन ।
हो, राजश्री प्रोडक्सनको निर्देशनमा बनेको चलचित्र उचाई चलचित्रमा सुदूरपश्चिमको टिकापुर घर भएकी धारणा शर्मा देखिएकी छिन् । टिकापुरमा जन्मेकी धारणालाई टिकापुरकै खड्ग स्मृति माध्यमिक बिधालयबाट एसएलसी, टीकापुर बहुमुखी क्याम्पसबाट प्लस टू गरेकी थिइन् भने उच्च शिक्षा काठमाडौबाट गरेकी थिइन ।  
यस्तो छ धारणाको ग्ल्यामर क्षेत्रको यात्रा
सन् २०१४ मा काठमाडौँमा भएको ‘ब्युटी क्विन’मा फस्ट रनर अप बनिन् । ‘ब्युटी क्विन’मा फस्ट रनर अप बनेपछि उनमा ग्ल्यामर क्षेत्रमा केही गर्न सक्ने आत्मविश्वास जाग्यो र उनि दिदीहरु र परिवारसँगको सल्लाहमा भारत पुगेकी थिइन् ।
ग्ल्यामरमा भविष्य खोज्न सन् २०१७ देखि मुम्बईमा मोडलिङ र अभिनयमा संघर्ष गर्न थालिन् । सानैदेखि नै ग्ल्यामर र अभिनयमा रुचि राख्दै आएकी धारणा मुम्बई पुगेपछि भाउजूको नन्दले सहयोग गरिन् । जो भारतको सुरतमा बसेर मोडलिङ गर्थिन् । उनले नै धारणालाई सुरत बोलाएकी थिइन् ।
तर धारणालाई मोडलिङमा मात्रै जमेर बस्न मन लागेन । उनले अभिनय सम्वन्धि अध्ययन गर्ने सोच बनाएर सुरत छोड्दै मुम्बईको यात्रा तय गरिन् । जुन त्यती सहज भने थिएन, तर धारणाले हार मानिनन् ।
मुम्बई पुगेपछि उनले रोशन तनेजाको इन्स्टिच्युटमा अभिनय सम्वन्धि ज्ञान हासिल गर्न अध्ययन गरिन् । एउटा एक्टरलाई चाहिने क देखि ज्ञ सम्मको कुरा यही पढाइन्थ्यो । रोशन तनेजाको कक्षाले केही सिकेकी धारणालाई त्यतिले मात्रै पर्याप्त नहुने लागेपछि उनले थिएटर जोइन गरिन् ।
अब चैं उनलाई अभिनयमा पनि आत्मविश्वास बढेको थियो तर यो आत्मविश्वास कतै देखाउन नपाएकी धारणाले उचाई मार्फत सो अवसर प्राप्त गरेकी हुन् । र उनको ग्ल्यामर क्षेत्रको यात्रा सुरु भएको छ ।  उचाई’मा कसरी जोडिइन् त धारणा ?
एक दिन उचाइका लागि कलाकार चाहिएको सूचना पाएपछि अडिसन भिडियो बनाएर पठाइन । त्यसमा छनौट भइन र उनी उचाई चलचित्रमा अभिनय गर्ने मौका पाइन । अनुपम खेर, बोमन इरानी, अमिताभ बचन, परिनिधी चोपडा, उनी लगायतको अभिनय रहेको छ ।
राजश्री प्रोडक्सन, बाउन्डलेस मिडिया र महावीर जैन फिल्म्सको संयुक्त लगानीमा निर्माण भएको चलचित्रलाई सुरज बडजात्याले निर्देशन गरेका हुन् । मुम्बईमा बसेर मोडलिङ र अभिनयमा भविष्य खोजिरहेकी धारणाले अडिसनमार्फत ‘उँचाइ’मा मौका पाएको बताइन् ।
उनलाई सर्वप्रथम यो फिल्मका कास्टिङ डिरेक्टर मुकेश छाबराले पत्याएका थिए भने पछि ‘उचाइ’का निर्देशक सुरज बडजात्याले । अडिसनको प्रक्रिया पूरा गरेर छनौट हुँदासम्म पनि उनलाई यो फिल्म नेपालमा पनि सुटिङ हुँदै छ भन्ने थाहा थिएन ।
त्यो त उनले सुटिङको मुखमा आएपछि मात्र चाल पाएकी थिइन् । यसरी उचाईमा आवद्ध भएकी नेपाली चेली धारणा बलिउडमा जम्ने तयारीमा जुटेकी छिन् ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अक्षयकुमारको ‘कट्पुतली’ बन्यो २०२२ मा ओटीटीमा धेरै हेरिने हिन्दी फिल्म

अक्षयकुमारको ‘कट्पुतली’ बन्यो २०२२ मा ओटीटीमा धेरै हेरिने हिन्दी फिल्म

मौषमको जानकारी दिने बिश्वकै सुन्दर र हट न्युज एन्कर

मौषमको जानकारी दिने बिश्वकै सुन्दर र हट न्युज एन्कर

देवीदहमा बोटिङ्ग स्ट्रीमर संचालन प्रमुख र उप-प्रमुखद्वारा उद घाटन

देवीदहमा बोटिङ्ग स्ट्रीमर संचालन प्रमुख र उप-प्रमुखद्वारा उद घाटन

ऐश्वर्याले जस्तै अन्य महिलाले पनि सलमानको पर्दाफास गर्नुपर्छ’

ऐश्वर्याले जस्तै अन्य महिलाले पनि सलमानको पर्दाफास गर्नुपर्छ’

उपचारका लागि दक्षिण कोरिया जाँदै अभिनेत्री सामन्था

उपचारका लागि दक्षिण कोरिया जाँदै अभिनेत्री सामन्था

‘कश्मीर फाइल्स’ विवाद :  फिल्म फेस्टिबलका तीन निर्णायक सदस्यले भने, ‘हामी ​ल्यापिडसँग सहमत छौँ’

‘कश्मीर फाइल्स’ विवाद : फिल्म फेस्टिबलका तीन निर्णायक सदस्यले भने, ‘हामी ​ल्यापिडसँग सहमत छौँ’

Next Post
चीनले उइगुर मुस्लिमलाई विभिन्न बहानामा यातना दिदै , नेपालमा पनि शुरु भयो बिरोध

चीनको मानवअधिकार उल्लंघाको विषयमा अमेरिकाभर विरोध प्रदर्शन

ल्याब जाँचको क्षेत्रमा सिरहामा ब्रान्ड बन्दै,एल.आर.एल प्याथाेलाेजी

ल्याब जाँचको क्षेत्रमा सिरहामा ब्रान्ड बन्दै,एल.आर.एल प्याथाेलाेजी

स्कोल्जको चीन भ्रमणको बावजुद जर्मनीले दुई चिनियाँ सेमीकन्डक्टर कारखानामा प्रतिबन्ध

स्कोल्जको चीन भ्रमणको बावजुद जर्मनीले दुई चिनियाँ सेमीकन्डक्टर कारखानामा प्रतिबन्ध

Leave a Reply Cancel reply

ताजा समाचार

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...
 

    %d bloggers like this: