‘सामाजिक संरचनालाई अनुभवजन्य वास्तविकताका रुपमा लिन सक्नुपर्छ ।’ हो बी.पी.कोइरालामा उति नै बेला समाज र अनुभवजन्य वास्तविकतालाई ग्रहण गर्नसक्ने क्षमता थियो । लेभी स्ट्रसको भनाई हो,लेभी स्ट्रस जो एक फ्रान्सेली मानवशास्त्री हुन ।
सामाजिक संरचना कुनै भौतिक अस्तित्वको अवस्था मात्रै नभएर यो त विचारहरुको उत्पादन पो हो त ।
बी.पी. कोइरालाले अख्तियार गरेको ‘मेलमिलापको नीति’ हाम्रो समाजको मियों हो ।
अस्तित्ववादी नेता कोइराला भावना शून्य विचारका पक्षपाति भने थिएनन् ।
राजनीतिक बन्दीका रुपमा लामो समय जेल र निर्वासन जिवन विताएका कोइराला मेलमिलापको नीति लिएर २०३३ साल पुष १६ गते स्वदेश फर्किएका थिए । कोईरालाका साथमा गणेशमान सिंह,शैलजा आचार्य,खुमबहादुर खड्का सहितका नेताहरु पनि फर्किए । बी.पी. कोइरालाले नेपाली समाजका लागी देखेको सपना समाजवाद थियो ।
फ्रायडको पुस्तक ‘इन्टरप्रटेशन अफ ड्रीम’मा भनिएको छ कि–‘हाम्रो अतृप्त इच्छाहरुको प्रतिविम्व नै सपना हो ।’ हो बी.पी.कोइरालाले पनि नेपाली समाजका लागी देखेको सपना सायद यस्तै थियो । अर्थात समाजवाद । कोईरालाको लेखनीमा सिग्मडं फ्रायडको प्रभाव झल्किन्छ ।
फ्रायड र कोइरालाको लक्ष्य फरक भए पनि परिस्थिति उस्तै उस्तै थियो । हिटलरको अत्याचारका कारण फ्रायड बेलायत निर्वासनमा बस्नु पर्ने अवस्था आएको थियो । यता राणा र राजाहरुको बर्बरताका कारण कोइराला भारत निर्वासनमा बस्नु पर्यो । लक्ष्य फरक फरक र परिवेश अलग भए पनि फ्रायड र कोइराला दुवैलाई पढ्दा दुवैजनामा केही समानता पनि पाउँछु । जीवनको उत्तरार्धमा दुवै क्यान्सर पीडित पनि थिए ।
मैले वी.पी. कोइरालाले लेखेको कतै पढेको थिएँ –‘राजनीति चारैतीरबाट बन्द हुन्छ, तर कला चारै तर्फ खुल्ला ।’ निर्वासनका दौरान सायद यो अनुभुति आयो होला भन्ने म अनुमान लगाउँछु । भारतमा बस्दा त्यहाँका शासक र राजनीतिज्ञहरुबाट पनि थिचोमिचो सहनु पर्दा उनमा यो विचार आयो होला । त्यसैले उनले जीवनको अर्को बाटो पनि पैलाए । त्यो थियो साहित्य ।
एउटा मानिसले उस्को संसारलाई उस्कै दिमागी संरचनाका आधारमा नै बुझ्ने गर्दछ । मैले पनि बी.पी. कोइरालाको मेलमिलाप नीतिलाई मेरै दिमागी संरचनाका आधारमा समाजको मियों भनेर बुझें । जस्लाई मेरो पुस्ताले भौतिक रुपमा देख्न पाएनौं ।
जय होस ।
