• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रुसद्वारा युक्रेनमा सयभन्दा बढी क्षेप्यास्त्र प्रहार


रुसद्वारा युक्रेनमा सयभन्दा बढी क्षेप्यास्त्र प्रहार
किभ — रुसले युक्रेनका विभिन्न स्थानमा सयभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ । आक्रमणमा गम्भीर घाइते भएका १४ वर्षे किशोरीसहित ३ जनाको अस्पतालमा उपचार भइरहेको किभ सहरका मेयर भिताली किलित्स्कोले जनाएका छन् ।

रुसी सेनाले खासगरी युक्रेनी राजधानी किभलाई लक्षित गरी आक्रमण गरेको भए पनि खर्किभ, ओडेसा, लभिम र जाइतोमिरलगायतका सहरमा पनि विस्फोटका आवाजहरू सुनिएका बीबीसीले उल्लेख गरेको छ । बिहीबारको आक्रमण रुसले गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेयताकै ठूलोमध्येको भएको जनाइएको छ ।

युक्रेनी राष्ट्रपतिका सल्लाहकार माइखाइलो पोडोलायकले १ सय २० वटा क्षेप्यास्त्र सार्वजनिक संरचनामा प्रहार गरिएको बताएका छन् । तीमध्ये कम्तीमा ५४ वटा क्षेप्यास्त्र युक्रेनी सेनाले निस्तेज पारेको दाबी गरेको छ ।

ओडेसा प्रान्तका क्षेत्रीय नेता मक्सिम मार्चेन्कोले करिब ५ घण्टासम्म लगातार ‘युक्रेनमाथि भीषण क्षेप्यास्त्र आक्रमण’ गरिएको बताए । युक्रेनको हवाई सेनाले विभिन्न दिशाबाट एकैपटक आक्रमण गरिएको जनाएको छ । दक्षिणी सहर माइकोलेभमा हवाई फौजले ५ वटा क्षेप्यास्त्र निस्तेज पारेको सहरका गर्भनर भिताली किमले बताए । उनका अनुसार

पछिल्लो समय रुसले युक्रेनका प्रमुख सहरलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण तीव्र पारेको छ । रुसी फौजले ऊर्जा केन्द्र लगायतका सार्वजनिक संरचनालाई लक्षित गर्दै आक्रमण बढाएको युक्रेनी अधिकारीहरूको भनाइ छ । जसका कारण लाखौं मानिसहरू चिसोमा कठ्यांग्रिन बाध्य भएका छन् ।

युक्रेनी ऊर्जामन्त्री हर्मन हालुसचेन्कोले ऊर्जा केन्द्रमाथिको आक्रमणका कारण ओडेसा र किभको अवस्था निकै असहज भएको बताएका छन् । लभिभका मेयरका अनुसार कम्तीमा ९० प्रतिशत सहरमा विद्युत् आपूर्ति बन्द भएको छ । त्यस्तै, किभमा ४० प्रतिशत घरमा बिजुली छैन । उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने तयारी गरेपछि रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको हो । त्यसयता रुसी आक्रमणका कारण हजारौं युक्रेनी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् भने अर्बौं डलर बराबरको भौतिक संरचना ध्वस्त भएको जनाइएको छ ।

आक्रमण सुरु गरेयता रुसले युक्रेनका विभिन्न क्षेत्रहरूमाथि नियन्त्रण कायम गरेको थियो । तर पछिल्लो समय कतिपय क्षेत्रहरू युक्रेनले फिर्ता लिएको छ । जसका कारण रुसी फौजले ऊर्जालगायत पूर्वाधारलाई केन्द्रित गरी आक्रमण गरेको युक्रेनी अधिकारीहरूको दाबी छ । पछिल्ला दिनमा रुसी फौजले नियोजित रूपमा सर्वसाधारणका संरचनामा आक्रमण गरेर युद्ध अपराध गरेको पश्चिमा देशहरूको आरोप छ । तर उक्त आरोप रुसले अस्वीकार गर्दै आएको छ । पछिल्लो समय रुसलाई क्राइमियासँग जोड्ने पुलमा विस्फोट गराइएपछि आक्रामक बनेको रुसले युक्रेनका ऊर्जालगायतका पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेको हो । युक्रेन आक्रमणका लागि आवश्यक सैन्य हतियार ओसारपसारका लागि रुसले बाटो प्रयोग गर्दै आएका कारण उक्त पुललाई युक्रेनी फौजले निसानामा परेको हो ।

सन् २०१८ मा केर्च पुल मार्गको उद्घाटन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘शताब्दीकै उत्कृष्ट संरचना’ भएको दाबी गरेका थिए । जसका कारण क्रुद्ध बनेका राष्ट्रपति पुटिनले युक्रेनमा देशव्यापी आक्रमणका लागि निर्देशन दिएको जनाइएको छ । आक्रमण सुरु गरेयता रुसले चारवटा क्षेत्रलाई भने आफूमा गाभेको छ । पाँच दिन लगाएर जनमतसंग्रह गरी रुसले रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्रहरू लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनलाई आफूमा गाभेको हो ।

रुसी अधिकारीहरूका अनुसार जनमतसंग्रहमार्फत ती क्षेत्रका अधिकांश युक्रेनीले रुसमा गाभिने पक्षमा मत दिएका थिए । उक्त कदमले सन् २०१४ मा क्राइमियालाई आफूमा गाभ्ने रुसी कदमको झल्को दिएको थियो । अमेरिका, युरोपेली संघलगायत पश्चिमा शक्तिले भने रुसले गरेको जनमतसंग्रह अवैधानिक घोषित गरेका थिए ।

रुसले सुरक्षाकर्मी र कर्मचारीमार्फत सर्वसाधारणलाई प्रभावित पारेको भन्दै जनमतसंग्रह औपचारिकता मात्रै भएको पश्चिमा देशहरूको दाबी छ । जसका कारण अमेरिका तथा युरोपेली संघले रुसविरुद्ध थप प्रतिबन्धहरू जारी गर्ने घोषणासमेत गरिसकेका छन् । नियन्त्रणमा लिएमध्येको ठूलो सहर खेर्सनबाट भने रुसले सेना फिर्ता गरिसकेको छ । ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रूसी हवाई आक्रमणमा युक्रेनी अस्पताल र बस्तीमा क्षति
  • २०७९ पुष १५, शुक्रबार १३:५५
  • In "अन्तराष्ट्रिय"
  • रूसले नयाँ वर्षमा समेत युक्रेनमा आक्रमण गर्‍यो
  • २०७९ पुष १५, शुक्रबार १३:५५
  • In "अन्तराष्ट्रिय"
  • रुसी आक्रमणमा आधा हिस्सा युक्रेनी ऊर्जा प्रणाली नष्ट
  • २०७९ पुष १५, शुक्रबार १३:५५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

Next Post

एमाले नेता ज्ञवालीले भने-संकटमा सतिसालझैं उभिएकाको भावनाविपरीत कुनै निर्णय हुँदैन

एमालेसँग पार्टी एकता प्रक्रिया अघि बढेको छैन : प्रवक्ता जगन्नाथ खतिवडा

नेपालसँग मिलेर काम गर्न तयार छौँ : भारत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version