जनकपुरधाम–जयनगर रेलको लिकमा किचेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको नगराइन नगरपालिका-२ राघोपुर बस्ने अन्दाजी ३५ वर्षीय पुरन सादा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार बिहान जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलमा चढ्न खोज्दा लडेर लिकमा झरेपछि उनलाई सोही रेलले किचेको हो।
घटना स्थलमा पुगेका प्रहरी अनुसार विदेह नगरपालिका(९ स्थित वैदेहीमा गुडिरहेको रेलमा चढ्न लाग्दा उनको खुट्टा अड्किएको थियो।
