• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीन बाइपास , ताइवानले लम्ब्यायो अनिवार्य सैन्य सेवा अवधि


चीन बाइपास , ताइवानले लम्ब्यायो अनिवार्य सैन्य सेवा अवधि

काठमाडौँ । चीनसँगको बढ्दो तनाबका बीच ताइवानले अनिवार्य सैन्य सेवाको अवधिलाई लम्ब्याएको छ । जसअनुसार चार महिनाको अवधिलाई लम्ब्याएर एक वर्ष पुर्‍याइएको छ ।

ताइवानकी राष्ट्रपति साइ इङ वेनले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा सार्वजनिक गरेकी हुन् । बेइजिङबाट आक्रमण भएको खण्डमा देशको सुरक्षा बलियो बनाउने नयाँ योजनाको रुपमा यस्तो घोषणा गरेको साइको भनाइ छ। ‘शान्ति आकाशबाट खस्दैन । ताइवान अधिनायकवादी विस्तारको अग्रभागमा छ,’ साइले भनेकी छन् ।
राष्ट्रपति साईले नयाँ सैनिकहरूलाई अमेरिकी र अन्य अत्याधुनिक तालिमप्राप्त सेनाबाट थप प्रशिक्षण दिइने पनि जनाएकी छन् । ताइवानले १९९० को दशकयता १८ वर्ष नाघेका नागरिकहरूलाई बढीमा ३ वर्षका लागि सैन्य सेवाका लागि अनिवार्य गर्दै आएको छ । तर उक्त नियम परिवर्तन गर्दै पछिल्लो समय सैन्य सेवाको अवधिलाई ४ महिनासम्म तय गरिएको थियो । नयाँ नियम भने २०२४ को जनवरीदेखि लागू गरिने बीबीसीको समाचारमा उल्लेख छ । जुन महिना ताइवानको नयाँ राष्ट्रपति चयन पनि गरिनेछ ।

राष्ट्रपति साइले भने ताइवानको वर्तमान रक्षा प्रणाली चीनको आक्रमणको सामना गर्न अपर्याप्त रहेको बताएकी छन् । ‘यो अत्यधिक जटिल निर्णय हो । तर राष्ट्रपतिको रुपमा, सैन्य प्रमुखको रुपमा राष्ट्रिय हितको रक्षाका लागि यो मेरो अपरिहार्य कर्तव्य हो । साथै यो हाम्रो लोकतान्त्रिक जीवनशैली पनि हो,’ राष्ट्रपति साइले भनेकी छन्, ‘युद्ध कसैले पनि चाहँदैन । ताइवान र ताइवानका जनताहरू साथै अन्तर्राष्ट्रिय समुदाय उस्तै छ ।’

यस्तै अगस्टमा चीनको युद्धपछि चिनियाँ सैन्य आक्रामकता बढ्दै गरेको पनि उनको भनाइ थियो । गत अगस्टमा अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन र ताइवानबीच तनाब अत्यधिक रुपमा बढेको थियो । त्यस क्रममा ताइवान आसपास समुद्री क्षेत्रमा चीनले आफ्नो सैन्य अभ्यास तीव्र रुपमा बढाएको थियो । ताइवानले भने चीनको उक्त गतिविधिलाई ‘अत्यधिक उत्तेजक’ भनेको थियो ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले ताइवानलाई आफ्नै क्षेत्र मान्ने गरेको छ भने अमेरिकाले चीनको यस्तो नीतिको कडा आलोचना गर्दै आएको छ । अगस्टमा अमेरिकी सभामुखको ताइवान भ्रमणपछि भने चीनले ताइवानलाई गाभ्नसक्ने भन्दै धेरै पक्षबाट आकलन गरिएको थियो । तर अमेरिका र उसका सहयोगी राष्ट्रहरूले यसैलाई लिएर चीनको आलोचना गर्दै आएका छन् ।

दुई शक्तिशाली देशहरूबीचको तनाबका बीच ताइवान बारम्बार विवादको केन्द्र बन्ने गरेको छ । त्यसो त चीन र अमेरिकाका राष्ट्रपतिबीच संवादको क्रममा पनि ताइवानको विषय आउने गरेको छ । विवादका बावजुद गत महिना चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच जी २५ राष्ट्रको बैठकको क्रममा इन्डोनेसियाको बालीमा प्रत्यक्ष भेटवार्ता भएको थियो । उक्त भेटवार्तालाई सम्बन्ध सुधार गर्ने पहलको रुपमा पनि लिइएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । तर यसै साता चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ताको क्रममा पनि विवाद उत्पन्न भएको थियो । जहाँ विवादको केन्द्र पनि ताइवान नै देखिएको थियो । त्यसबेला चिनियाँ विदेशमन्त्रीले अमेरिकी समकक्षीलाई रेडलाइन क्रस नगर्न भन्दै चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनले सैन्य गतिविधि बढाउँदा अर्बौँको लडाकू विमान किन्दै ताइवान
  • २०७९ पुष १३, बुधबार १७:३०
  • In "अन्तराष्ट्रिय"
  • ताइवानमा न्यून जन्मदरका कारण सैन्य भर्तीमै समस्या
  • २०७९ पुष १३, बुधबार १७:३०
  • In "BannerNews"
  • ताईवानको हवाई सिमामा पटक – पटक चिनले किन गर्छ नियम उल्लंघन
  • २०७९ पुष १३, बुधबार १७:३०
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

Next Post

गुडिरहेको रेलमा चढ्न खोज्दा किचेर एकजनाको मृत्यु

सिरहाका सिद्दिकी ‘अपहरणमुक्त’

अफगानिस्तान-पाकिस्तान सीमामा तनाव, इस्लामावादलाई तालिबानको चेतावनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version