काठमाडौं – नेपालमा नयाँ सरकार गठन सङै नेपाल भारत सरकार बिच कस्तो सम्बन्ध बिस्तार हुने चर्चा शुरु भएको छ । सत्तामा माओवादी केन्द्रका अध्यक्ष पुस्प कमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका छन । प्रधानमन्त्री बन्ने बित्तिकै नेपालका प्रधानमन्त्री प्रचण्डलाई भारतिय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिदै मिलेर सहकार्य गर्न तयार रहेकोे संदेश दिएका छ्न । यसरी हेर्ने हो नेपाल भारत सम्बन्ध थप बलियो हुने सन्देश आम जनतामा गएको छ । यसको मुख्य भुमिकामा नेकपा एमालेका अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री खडक प्रसाद ओलि ( केपि ) लाई जाने भएको छ ।
रेल्वे लिंक सम्बन्धी अलग्गै सम्झौता अन्तरगत जलपाईगुडी- काँकडभिट्टा, जोगवनी- बिराटनगर, नौतनवा-भैरहवा र रुपैडिया नेपालगञ्ज रेलमार्गलाई प्राथमिकतामा राखिएका थिए भने रक्सौलबाट काठमाडौं जोड्नेबारे दुबै देशका प्रधानमन्त्री सहमत मोटो सहमति भएको थियोे ।
प्रधानमन्त्रीको भारत भ्रमणका बेला भएको तेस्रो लिखित समझदारी कृषि क्षेत्रसँग सम्बन्धित हो । ‘कृषिमा नयाँ साझेदारी’ नाम दिइएको समझदारीमा कृषि उत्पादन बढाउन प्रविधिको सहयोग आदान प्रदानका साथै अनुसन्धान, तालिम, पशुपालन, फार्मिङ, माटो परीक्षण आदि विषयहरुलाई समेटिएका थियोे ।
नेपालका कृषि उपज अदुवा, अलैंची एवं तरकारीले भारतीय बजारमा हैरानी व्यहोर्नुपरिरहेको विषयलाई भने सम्झौताले पनि हुने सक्ने अनुमान गरिएको हो यसको थप पहल जरुरी रहेको छ । नेपाल भ्रमण आएका भारतिय प्रधानमन्त्री मोदीले तकालिन केपी ओलि सरकार बलियो सम्बन्ध बिस्तार भएको थियो । अहिले नेकपा एमालेको नेतृत्व नभए पनि सरकारको मुख्य साचो केपि ओलिकै हातम रहेकोे छ ।
