• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रचण्डका कारण माधव नेपाल अलपत्र


प्रचण्डका कारण माधव नेपाल अलपत्र

काठमाडौं –  मंसिर ४ गतेको निर्वाचन परिणाम आएसँग सरकार गठनको कसरतमा सँगै रहेका दुई हितैसी मित्र माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल अहिले दुई किनारामा पुगेका छन्।

दाहाल राजनीतिकको खोला तरेर प्रधानमन्त्रीको कुर्षिमा विराजम हुँदा नेपाल भने किनारामै छुटे। अहिले अवस्था यस्तोसम्म आयो, सोमबार अपरान्ह शीतलनिवासमा भएको प्रधानमन्त्री दाहालको शपथ ग्रहण कार्यक्रममा सहभागी भएर पनि नेता नेपालले दाहाललाई भेटेनन् ।

एकअर्कालाई औधी मन पराउने र नेकपा कालदेखी अझ नजिक भएर एमाले फुटाउनेसम्मको रणनीतिमा सहकार्य गरेका दुई नेता कसरी छुटे त ? भन्ने विषयमा अहिले सर्वत्र चासो छ। यसको जवाफ भने एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफैले दिएका छन् ।

मंगलबार पार्टी पदाधिकारीको बैठकमा नेता नेपालले गरेको ब्रिफिङ अनुसार चुनावबाट रवि लामिछानेको उदयसँगै दाहाललाई प्रधानमन्त्री बन्न नेपालले नै प्रस्ताव गरेका थिए । तर माओवादी अध्यक्ष दाहालले देउवासँग एक्लै संवाद गरे, प्रधानमन्त्री आफू बन्ने सहमति गरे । जब शेरबहादुरले बोली फेर्न लागे, अनि दाहालले नेपालसँग सहयोग माग्न थाले।

यसबीचमा प्रतिनिधिसभाको यो ५ वर्षको कार्यकालमा प्रधानमन्त्रीमा २÷२÷१ वर्षको आलोपालो, राष्ट्रपति एकीकृत समाजवादीलाई दिने÷नदिने कुरा चलिरह्यो । अन्तिम घडीमा जब देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने अडान लिए, परिस्थित फेरियो ।

अध्यक्ष नेपालका अनुसार १० पुसमा बालुवाटारमा भएको छलफलमा पनि सहमति नभएपछि त्यहीं दाहाल र उनीबीच कसरी अगाडि जाने भनेर सल्लाह भएको थियो । दाहालले दुवै मिलेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्ने र नयाँ ढंगले अघि बढ्ने प्रस्ताव राखे । उनले सहजै सहमति जनाए ।

बालुवाटारबाट उनी आलोकनगरस्थित पार्टी कार्यालय आए, नेताहरुलाई छलफलका लागि बोलाए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई फोन गरे ।

माधव नेपाल दाहालले बोलाउँछन् र केपी ओलीसँग कुरा गर्न जाउँला भनेर पार्टी कार्यालयमा कुरेर बसिरहे । तर दाहाल एक्लै बालकोट पुगेको सूचना आयो । त्यसपछि क्रमशः जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई, जनमत पार्टीका सीके राउत बालकोट पुगेको खबर आयो । बालकोटमा सवैकुरा मिलेपछि जानकारी नेपालले पाए।

ओलीलाई भेट्न जान कुर्दाकुर्दै छुटेका अध्यक्ष नेपाल आफूलाई थाहै नदिई प्रधानमन्त्री भएकोमा दाहालसँग दुःखी छन् । यद्यपि नेपाललाई गठबन्धनमा समेट्न प्रयास भने जारी छ।  नेपालआज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एमालेसँग सहकार्यको पासा फ्याँकेपछि समाजवादीका अध्यक्ष माधवकुमार भए आक्रोशित
  • २०७९ पुष १३, बुधबार १७:१७
  • In "BannerNews"
  • मदनको शालिकमा माल्यार्पण गर्न प्रचण्ड र माधव नेपाल बल्खु पुगे
  • २०७९ पुष १३, बुधबार १७:१७
  • In "देश"
  • गोप्य पत्र बारे केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाले आफ्नो सार्वजनिक गर्न माग
  • २०७९ पुष १३, बुधबार १७:१७
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

Next Post

सत्ताको दुरुपयोग : हत्याका अभियुक्त संरक्षणमा, भ्रष्टाचारका आरोपी निलम्बनमा

नयाँ सरकार गठनमा एमाले अध्यक्ष केपि ओलिको सकारात्मक भुमिका

माेदीकाे बधाई स्वीकार्दै प्रचण्डले दिए धन्यवाद

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version