काठमाडौँ । नेपाल–चीन रेलमार्गको सम्भाव्यता अध्ययन तथा सर्भे गर्नका लागि चीनबाट विज्ञको टोली नेपाल आइपुगेको छ । विज्ञहरूको सो समूहलाई नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ छिनले स्वागत गरेका हुन् ।
पूर्व परराष्ट्र मन्त्री नारायण खड्काको चीन भ्रमणका बेला रेलमार्ग परियोजनाको एक वर्षभित्र सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको चीनले थियो । यो अध्ययनमा लाग्ने खर्च चीन आफैले व्यहोर्ने पनि बताएको थियो । सम्बन्धित समाचार – बिआरआई मार्फत कुनै ऋण लिनु हुदैन – पुर्ब परराष्ट्रमन्त्री द्वय
विज्ञको टोलीलाई स्वागत गर्दै दूतावासले यसलाई दुई देशका शीर्ष नेतृत्वबीच भएको सहमतिको कार्यान्वयन र नेपाललाई भूपरिवेष्टितबाट भू–जडित राष्ट्र बनाउने ठोस कदमका रूपमा व्याख्या गरेको छ । यो पनि समाचार – नवगठित सरकारलाई चीनको बधाई दिदै भन्यो- `बिआरआई लगायत ऋण बोकाउन तयार
चीनले यो परियोजनालाई बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत नै विकास गर्नेछ । १७० किलोमिटर लामो यो रेलमार्गले दक्षिणी तिब्बतमा पर्ने केरुङलाई नेपालका राजधानी काठमाडौँसँग जोड्नेछ । यो पनि समाचार श्रीलंकामा भएको संकटले विभिन्न देशहरुले सचेत , चिनियाँ परियोजना ( बिआरआई ) को सम्झौता खरिज गर्दै














