• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सरकारी वकिलले कुनै पनि दवाव र प्रभावमा नपरी काम गर्नुपर्छ’


सरकारी वकिलले कुनै पनि दवाव र प्रभावमा नपरी काम गर्नुपर्छ’

काठमाण्डाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि पक्षको दवाव र प्रभावमा नपरी काम गर्न आग्रह गरेका छन् । सरकारी वकिलको चौथो राष्ट्रिय सम्मेलन आज यहाँ उद्घाटन गर्दै उनले राज्यको कानुनको पालना गर्ने निकायले कुनै पक्षको दवाव र प्रभावमा नगरी काम गर्न आग्रह गरेका हुन् । ‘सरकारी वकिलको कार्यालय कानुनी शासनको प्रवर्द्धन गर्ने महत्वपूर्ण निकाय हो’, प्रधानमन्त्री देउवाले भने, ‘कुनै पनि पक्ष वा विपक्षको दवाव र प्रभावमा परेर काम गर्नुहुँदैन ।’

उनले सरकारवादी मुद्दामा अभियोजन गर्ने सरकारी वकिललाई व्यावसायिक दक्षता अभिवृद्धि गराउन जरुरी भएको र त्यसका लागि सरकारले आवश्यक परेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कायममुकायम प्रधानन्याधीश हरिकृष्ण कार्कीले सरकारी वकिलको अनुसन्धान, अभियोजन वस्तुनिष्ट र वैज्ञानिक हुनुपर्ने बताए। ‘अनुसन्धान र अभियोजनकर्ताबीच तालमेल हुन जरुरी छ’, उनले भने, ‘फौजदारीका नयाँनयाँ अपराध देखिएका छन्, त्यसका लागि सोचेर काम गर्नुपर्छ तर परम्परागत मान्यताले मात्रै अनुसन्धान प्रक्रिया पुग्दैन ।’ कामुप्रधानन्यायाधीश कार्कीले संहिता कार्यान्वयनमा एकरूपता ल्याउँनुपर्नेमा जोड दिए।

गृहमन्त्री बालकृष्ण खाँडले सरकारी वकिलको व्यावसायिक दक्षताको विकास गरी आधुनिकीकरण र सुविधासम्पन्न बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले पछिल्लो समयमा अपराध नयाँ तरिकाले बढ्दै गएको हुँदा त्यसका लागि प्रविधिमैत्री जनशक्ति विकास र अभ्यास गर्नुपर्नेमा जोड दिए । सरकारले आवश्यक परेको अवस्थामा सहयोग गर्ने उनको भनाइ थियो । 

नेपाल बार एसोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरले सरकारी वकिलबाट सही अभियोजन भए मात्र मुद्दामा सफलता पाइने बताए । उनले विकसित देशमा सरकारी वकिलले ९० प्रतिशतभन्दा बढी सफलता पाउने गरेको उदाहरण प्रस्तुत गर्दै शङ्कारहित तरिकाले मुद्दा प्रमाणित हुने गरी काम गर्नुपर्ने बताए । ‘समग्र न्याय क्षेत्रमा सुधार गर्नका लागि सरकारी वकिल, कानुन व्यवसायी, तल्लोस्तरदेखि माथिल्लो निकायसम्म सुधार गर्न जरुरी छ’, अध्यक्ष घिमिरले भने, ‘२० हजार कानुन व्यवसायी भएको ‘बलियो कानुनी शैक्षिक केन्द्र’ हुनुपर्ने जरुरी छ ।’

सरकारी वकिलहरूको सम्मेलन यही पुस १० गतेसम्म चल्नेछ । ‘फौजदारी न्यायको प्रभावकारीताः कानुनी शासनको सुनिश्चितता’ भन्ने नाराका साथ आयोजना भएको सम्मेलनको मुख्य उद्देश्य मुलुकी अपराध संहितालगायत नयाँ कानूनको कार्यान्वयनको अवस्था र कार्यान्वयनमा देखिएका कठिनाइ र चुनौतीको आधारमा सुधारका क्षेत्र पहिचान गर्ने उद्देश्य रहेको छ ।

महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयनको समीक्षा गर्नु र प्रभावकारिताका लागि पहल गर्नु, महान्यायाधिवक्ताको कार्यालयको संस्थागत सुधार, भौतिक पूर्वाधारको विकास र भावी योजनाका लागि मार्ग दर्शन गर्नु सम्मेलनको उद्देश्य रहेको छ ।

सम्मेलनमा देशभरका चार सय ६५ जना सरकारी वकील सहभागी रहेका छन् । सरोकारवाला निकाय, मुख्य न्यायाधिवक्ताको कार्यालय र नेपाल बार एशोसियसन, नेपाल प्रहरी, अनुसन्धान निकाय, सरकारी वकिल कार्यालयका कर्मचारी र पर्यवेक्षकको सहभागिता छ ।

महान्यायाधिवक्ता खम्मबहादुर खातीले सम्मेलनबाट सरकारी वकिलको व्यावसायिकता विकास र संस्थागत सुदृढीकरणका लागि आवश्यक सेवा शर्त कानून तर्जुमाका लागि आधार तयार गर्ने, सरकारी मुद्दाको प्रतिरक्षा र वहस पैरवीमा सुधारको लागि विशिष्टीकरण र समन्वय विस्तारमा थप प्रभावकारिता वृद्धि गर्नेलगायतका अपेक्षा राखिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गृहमन्त्रीमाथि एक पटक जाईलागे शेरबहादुर र केपी ओली
  • २०७९ पुष ९, शनिबार १८:४४
  • In "BannerNews"
  • नक्कली भुटानी शरणार्थी प्रकरण : केपी ओलीका पीए राजेश र पूर्व गृहमन्त्री बादलमाथि किन भएन अनुसन्धान?
  • २०७९ पुष ९, शनिबार १८:४४
  • In "BannerNews"
  • प्रभु साहमाथि ठगीको आरोप लगाउने दीपाको ब्ल्याकमेलिङ देखि युवती सप्लाईसम्मको धन्दा
  • २०७९ पुष ९, शनिबार १८:४४
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

रबि लामिछाने सरकारमा जान तयार

सरकारको नेतृत्व दुवै पार्टीको दाबी

प्रचण्डको छट्पटी बढ्दै, लिँदै चिनियाँ सहारा, काम गर्ला माधव नेपालको मन्त्रले ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version