सिरहा । सिरहामा ट्याक्टले किचेर एक किशोरको मृत्यु भएको छ। सिरहाको गोलबजार नपा ५ स्थित गुडु इँटा उद्योगमा कार्यरत धनगढीमाई नपाका ७ कसहाका शिवु महतोको १५ वर्षिय छोरा जय प्रकाशको ना। १ त। २१०३ नम्वरको ट्याक्टले किचेर विहिवार अपरान्ह मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।
उद्योगमा इँटा बनाउन माटो पेल्ने मेसिन जोडेको ट्याक्टरको पछाडीको चक्काले किचेर घाईते महतोलाई उपचारको लागि लहान लगिरहेको बेला बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर राजु केसीले जानकारी दिए।
प्रहरीले माटो पेलेको हेरीरहेका महतो एक्कासी लडेपछि ट्याक्टरले किचेर घाईते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताको छ। घटनाबारे थप अनुसन्धान भईरहेको र पोष्टमार्टमबाट पनि धेरै कुरा खुल्ने प्रहरीले बताएका छन। ट्याक्टर चालक फरार भएको र सह चालक लाई प्रहरीले पक्राउ गरेको स्थानीयले बताएका छन ।
शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको प्रहरीले जनाएको छ।