• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनशक्तिलाई देशभित्रै रोजगारी मिलाउन विशेष ध्यान दिनुपर्ने प्रधानमन्त्री देउवाकाे जाेड


जनशक्तिलाई देशभित्रै रोजगारी मिलाउन विशेष ध्यान दिनुपर्ने प्रधानमन्त्री देउवाकाे जाेड

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमै गुणस्तरीय उच्च शिक्षाको प्रबन्ध मिलाई उत्पादित जनशक्तिलाई देशभित्रै टिकाउने र रोजगारीको उचित व्यवस्था मिलाउन विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

काठमाडौँ विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहमा आज उहाँले गुणस्तरीय उच्च शिक्षाको खोजीमा हजारौँ विद्यार्थी दिनहुँ विदेशिने गरेको प्रसङ्ग उल्लेख गर्दै सो कुरा बताउनुभएको हो । यसले एकातिर मुलुकलाई चाहिने प्रतिभाशाली र मेधावी जनशक्ति पलायन भइरहेको छ भने अर्कातिर शिक्षाको लागि बर्सेनि अर्बौँ डलर मुलुकबाट बाहिरिने गरेको उहाँको भनाइ थियो।

यस सन्दर्भमा काठमाडौँ विश्वविद्यालयले केही हदसम्म विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई स्वदेशमा उनीहरूले पढ्न चाहेको विषयमा गुणस्तरीय उच्च शिक्षा प्राप्त गर्ने अवसर मिलाई प्रतिभा पलायन हुनबाट रोकिरहेकामा उहाँले प्रशंसा गर्नुभयो । साथै उहाँले विदेशी विद्यार्थीहरूलाई समेत आकर्षित गरी विश्व शैक्षिक रङ्गमञ्चमा नेपाललाई चिनाउन सहयोग पु¥याइरहेको बताउँदै विश्वविद्यालय परिवारलाई धन्यवाद दिनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “यस विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमहरूलाई स्वदेश तथा विदेशका प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गर्दै आगामी दिनमा थप गुणस्तरीय र विश्वसनीय बनाउँदै जानेछ भन्ने मैले अपेक्षा लिएको छु ।”

उहाँले यस विश्वविद्यालयले विगत तीन दशकदेखि मुलुकमा गुणस्तरीय, व्यावहारिक तथा प्राविधिक उच्च शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान् जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक, सामाजिक विकासमा योगदान पु¥याउँदै आएको बताउनुभयो । “यस विश्विद्यालयबाट उत्पादित र दीक्षित गुणस्तरीय जनशक्तिले देशभित्र मात्र होइन विदेशमा समेत विभिन्न महत्वपूर्ण संस्थाहरूमा आबद्ध भई उत्कृष्ट सेवा पु¥याउँदै आएको छ, जुन हामी सबैका लागि गर्वको विषय हो”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

विश्वविद्यालय भनेको विद्यार्थीहरूमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उनीहरूमा लुकेको प्रतिभा र सिर्जनालाई उद्घाटित गरी समाज र देशको हितका लागि उपयोग गर्न सहयोग पु¥याउने पवित्र शैक्षिक केन्द्र भएको बताउँदै उहाँले विश्वविद्यालय राजनीतिक होडबाजीबाट मुक्त रही स्वतन्त्र तवरमा प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो । विश्वविद्यालय अनुसन्धान र नवप्रवर्तनको संवाहक बन्न सक्नुपर्ने उल्लेख गर्दै उहाँले त्यसमा काठमाडौँ विश्वविद्यालय देशकै उत्कृष्ट र गुणस्तरीय विश्वविद्यालयको सूचीमा अग्रपङ्क्तिमा रहेकामा खुसी व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले विश्वविद्यालयले परम्परागत विषयका साथै मुलुकभित्र लुकेर रहेका खनिज पदार्थको पहिचान र विकास, ग्रिन हाइड्रोजन उत्पादन, जलविद्युत्को स्तरीय उत्पादन, वातावरणमैत्री सहर व्यवस्थापन, वनौषधीय जडीबुटीको खोज, अनुसन्धान र प्रवद्र्धन, जलवायु परिवर्तन न्यूनीकरणलगायतका विषयमा पनि शैक्षिक कार्यक्रमहरू सञ्चालनमा ध्यान दिनेछ भन्ने अपेक्षा लिनुभयो ।

मुलुकमा भर्खरै मात्र प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि चुनाव सम्पन्न भई नयाँ सरकार निर्माण हुने चरणमा रहेको उल्लेख गर्दै उहाँले नयाँ सरकारले मुलुकको उच्च शिक्षाको विकास र विस्तारका लागि विभिन्न नीति र कार्यक्रमहरू कार्यान्वयनमा ल्याउने र त्यस क्रममा यो विश्वविद्यालय पनि लाभान्वित हुने विश्वास दिलाउनुभयो । ईमेजखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहामा शिक्षाको हब, प्यारागन स्कूलले मनाउँदै भव्य सरस्वती पूजा
  • २०७९ पुष १, शुक्रबार ०८:५६
  • In "BannerNews"
  • शिक्षा ऐन निर्माणका लागि कांग्रेसले पहलकदमी लिन्छ : सभापति देउवा
  • २०७९ पुष १, शुक्रबार ०८:५६
  • In "BannerNews"
  • कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने तयारीमा सरकार: प्रधानमन्त्री कार्की
  • २०७९ पुष १, शुक्रबार ०८:५६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

देउवालाई दबाबमा राख्न एमालेसँग संवादमा दाहाल

बलिउडमार्फत पनि भारतसँग सम्बन्ध बढाउँदै दाहाल

सरकार गठन प्रक्रियामा संवैधानिक अस्पष्टता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version