• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री र राष्ट्रपति कांग्रेसबाटै हुने, माओवादीका विवादास्पद यी नेताको दौडधूप


प्रधानमन्त्री र राष्ट्रपति कांग्रेसबाटै हुने, माओवादीका विवादास्पद यी नेताको दौडधूप

काठमाडौं – नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले नै नयाँ सरकार बनाउने लगभग निश्चित छ, तर गठबन्धनको आकार प्रस्ट भइसकेको छैन । पाँचदलीय चुनावी गठबन्धनको बहुमत नभएकाले अन्य दललाई पनि समेट्ने कोसिस चलिरहेको छ ।

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा आउन खोजिरहेका छन् । त्यसकारण पावर सेयरिङका विषयमा औपचारिक रूपमा छलफल भएको छैन ।

गठबन्धनमा आबद्ध दललाई मनाएर आफ्नो नेतृत्वमा सरकार र कांग्रेसबाटै राष्ट्रपति बनाउने प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको योजना छ ।

प्रधानमन्त्री देउवा सकेसम्म सांसद नभएको व्यक्तिलाई राष्ट्रपतिमा पठाउने पक्षमा छन् । सरकार निर्माणका लागि एक मत पनि महत्त्वपूर्ण रहेकाले संसद् बाहिरबाट राष्ट्रपति बनाउने पक्षमा उनी रहेको स्रोतले जनाएको छ ।

कम्युनिस्ट व्यक्ति राष्ट्रपति हुँदा सरकार सञ्चालनमा कतिसम्म सकस हुँदो रहेछ भन्ने राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्टि गरेकी छन् । उनले कम्युनिस्ट प्रधानमन्त्री हुँदा एउटा व्यवहार र कांग्रेस प्रधानमन्त्री हुँदा फरक व्यवहार गर्दै आएकी छन् ।

यही कारण पनि प्रधानमन्त्री देउवा कांग्रेसबाटै राष्ट्रपति बनाउने मनस्थितिमा देखिएका हुन् । कांग्रेसमा पनि अरु राजकीय पद बाँडफाँड गरेर भए पनि राष्ट्रपति आफैंले राख्नुपर्ने आवाज प्रबल बन्दै गएको छ ।

नेताहरूका अनुसार अबको सरकार गठनको समीकरण बनेसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख र सातै प्रदेशमा मुख्यमन्त्री पद बाँडफाँट हुनेछ ।

राष्ट्रपति कसको भागमा पर्छ भन्ने निश्चित भइनसके पनि आकांक्षीले दौडधुप गरिरहेका छन् । आकांक्षीमध्ये धेरैजसो नेता आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा रहेकाले यसपटक सकेसम्म उच्च संवैधानिक पद प्राप्तिका लागि अन्तिमसम्म प्रयास गर्ने तयारीमा रहेको देखिएको छ ।

कांग्रेसबाट राष्ट्रपति भएमा रामचन्द्र पौडेल सबैभन्दा अगाडि छन् । यदि पौडेल नबने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सर्वसम्मत बनाउनुपर्ने लबिङ सुरु भएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मत नपुर्‍याएपछि एकीकृत समाजवादी राष्ट्रिय दल बनेको छैन, जसले नेपालमाथि दबाब बढेको छ । १० सिटमा सीमित भएका कारण एकीकृत समाजवादीको राजनीतिक दाबी कमजोर भएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि पार्टी राजनीतिमा सीमित पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि राष्ट्रपतिको इच्छा व्यक्त गरेका छन् । तर उनलाई बनाउन नहुने धेरैको मत छ ।

तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री आफू बन्न नसके राष्ट्रपति पाउनुपर्ने दाबी गर्दै आएका छन् । त्यसका लागि अहिलेदेखि नै उनले तीन नेतालाई प्रोजेक्सन गरिरहेका छन् ।

माओवादीका अग्निप्रसाद सापकोटा, कृष्णबहादुर महरा र नन्दबहादुर पुन राष्ट्रपति बन्न कसरतमा लागेका छन् । सापकोटा र महरा दुवै विवादास्पद नेता हुन् । त्यसैले उनीहरूलाई राष्ट्रपति बनाउन नहुने धेरैको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कांग्रेस र माओवादीमध्ये कसले पाउला राष्ट्रपति ? यी हुन् चर्चामा आएका नेता
  • २०७९ मंसिर २७, मंगलवार १७:५४
  • In "BannerNews"
  • देउवालाई दबाबमा राख्न एमालेसँग संवादमा दाहाल
  • २०७९ मंसिर २७, मंगलवार १७:५४
  • In "BannerNews"
  • राष्ट्रपति निर्वाचनमा धोका हुने आशंकामा एमाले
  • २०७९ मंसिर २७, मंगलवार १७:५४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

लागुऔषधसहित एक नेपाली महिला रुपईडिहामा पक्राउ

श्रीमान गुमाएका पीडित प्रमिला शर्मालाई सन नेपालद्वारा ५ लाख भुक्तानी

बंगलादेशमा पत्रकारलाई नै चिडियाघरको जस्तो व्यवहार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version