• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

वुहानको प्रयोगशालाबाट कोरोना भाइरस लिक भएको नयाँ खुलासा


वुहानको प्रयोगशालाबाट कोरोना भाइरस लिक भएको नयाँ खुलासा

काठमाडौं । एउटा आश्चर्यजनक नयाँ खुलासामा चीन वुहान स्थित एक विवादास्पद अनुसन्धान प्रयोगशालामा काम गरेका अमेरिकी वैज्ञानिकले कोभिड१९ गराउने कोरोना भाइरस मानव निर्मित भएको र यो प्रयोगशालाबाटै लिक भएको बताएका छन् ।
कोभिड१९ दुई वर्ष पहिले राज्यद्वारा सञ्चालित र वित्त पोषित अनुसन्धान सुविधा वुहान इन्स्टिच्युट अफ भाइरोलोजी (डब्ल्यूआईभी)बाट लिक भएको न्यु योर्क पोस्टले बेलायती अखबार द सनमा अमेरिकामा आधारित अनुसन्धानकर्ता एन्ड्र्यू हफको भनाइ उद्धृत गर्दै उल्लेख गरेको छ ।

महामारीविद् हफले आफ्नो पछिल्लो पुस्तक ‘द ट्रुथ अबाउट वुहान’ मा चीनमा कोरोना भाइरसका लागि अमेरिकी सरकारको आर्थिक सहयोगका कारण महामारी फैलिएको दाबी गरेका छन्। हफको पुस्तकका अंशहरू बेलायतको ट्याब्लोइड द सनमा सार्वजनिक भएको छ ।

न्यूयोर्क पोस्टको रिपोर्टका अनुसार हफ संक्रामक रोगहरूको अध्ययन गर्ने न्यूयोर्कमा रहेको गैर लाभकारी संस्था इकोहेल्थ एलायन्सका पूर्व उपाध्यक्ष हुन्।

हफले आफ्नो पुस्तकमा चीनको गेन–अफ–फंग्सन प्रयोगहरू अपर्याप्त सुरक्षा सावधानीका साथ सञ्चालन गरिएको र त्यसैको परिणामस्वरूप वुहान प्रयोगशालामा कोरोना भाइरस लिक भएको दाबी गरेका छन् ।

वुहान प्रयोगशाला कोभिड१९ को उत्पत्तिको बारेमा चर्को बहसको केन्द्र बनेको छ । दुवै चिनियाँ सरकारी अधिकारीहरू र प्रयोगशाला कामदारहरूले भाइरसको उत्पत्ति त्यहाँ भएको कुरालाई अस्वीकार गरेका छन्।

‘विदेशी प्रयोगशालामा उचित जैव सुरक्षा, जैव रक्षा एवं जोखिम व्यवस्थापन सुनिश्चित गर्नको लागि पर्याप्त नियन्त्रणका उपायहरू थिएनन्, अन्ततः वुहान इन्स्टिच्युट अफ भाइरोलोजी प्रयोगशालाबाट चुहावट भयो,’ एन्ड्र्यू हफले आफ्नो पुस्तकमा भनेका छन् ।

एक दशक भन्दा लामो समयदेखि यो प्रयोगशालाले राष्ट्रिय स्वास्थ्य संस्थान (एनआईएच)को लगानीमा चमेरोमा पाइने कयौँ कोरोना भाइरसहरुमाथि अध्ययन गर्दै आएको थियो । सोही क्रममा त्यहाँबाट कोरोना भाइरस लिक भएको यसअघिका आरोपमा यो पछिल्लो खुलासाले थप शङ्का थपेको छ ।

सन् २०१४ देखि २०१६ सम्म इकोहेल्थ एलायन्समा काम गरेका हफले सो गैर नाफामुखी संस्थाले वुहान ल्याबलाई ‘अन्य प्रजातिहरूमा आक्रमण गर्न चमेरोमा हुने कोरोनाभाइरसलाई इन्जिनियर गर्ने उत्तम विद्यमान विधिहरू’ विकास गर्न धेरै वर्षसम्म सहयोग गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वुहानको प्रयोगशालाबाट कोरोना भाइरस लिक भएको नयाँ खुलासा
  • २०७९ मंसिर २७, मंगलवार १७:५१
  • In "BannerNews"
  • वुहान प्रयोगशालाका अमेरिकी वैज्ञानिकको दाबी : कोभिड मानवनिर्मित भाइरस हो
  • २०७९ मंसिर २७, मंगलवार १७:५१
  • In "BannerNews"
  • वुहान प्रयोगशालाका अमेरिकी वैज्ञानिकको दाबी : कोभिड मानवनिर्मित भाइरस हो
  • २०७९ मंसिर २७, मंगलवार १७:५१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

प्रधानमन्त्री र राष्ट्रपति कांग्रेसबाटै हुने, माओवादीका विवादास्पद यी नेताको दौडधूप

लागुऔषधसहित एक नेपाली महिला रुपईडिहामा पक्राउ

श्रीमान गुमाएका पीडित प्रमिला शर्मालाई सन नेपालद्वारा ५ लाख भुक्तानी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version