• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालगंजमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सम्पन्न, मानव अधिकार संरक्षणमा अदालत प्रतिवद्ध


नेपालगंजमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सम्पन्न, मानव अधिकार संरक्षणमा अदालत प्रतिवद्ध

बाँके, नेपालगञ्ज । उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश डा। रत्न बहादुर बागचन्दले मानव अधिकारको संरक्षणमा अदालत प्रतिवद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा नेपालगंजमा आयोजित कार्यक्रमलाई सम्बोधन बोल्दै वरिष्ठतम न्यायाधीश बागचन्दले प्रमाण र पीडितका दर्द हेरेर महत्वका साथ नागरिको मानव अधिकार संरक्षण अदालतमा प्रतिवद्ध रहेको बताएका थिए ।

सबै सरोकार निकायले आ आफ्नो ठाउँबाट बेस्ट परफरमेन्स देखाउन सकेमा मानव अधिकार संरक्षण हुने भन्दै न्यायाधीश वागचन्दले सबैले पीडितको ठाउँमा आफुलाई राखेर कार्य गर्नु पर्नेमा जोड दिए । मानव अधिकारको चेतनास्तरमा अझै बृद्धि हुनु पर्ने भन्दै न्यायाधीश बागचन्दले मानिसले मानिसको दर्जा नदिने कुराको अव अन्त्य हुनु पर्ने बताए ।

मानव अधिकारलाई जाती, लिंगका आधारमा छुट्याएर हेर्नु पर्ने अवस्थाको अन्त्य हुनु पर्ने कुरामा जोड दिदै न्यायाधीश बागचन्दले मानवले सम्मानपुर्वक बाच्न पाउने अवस्थाको यात्रामा सबै लाग्नु पर्ने बताए । नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले मानव अधिकारको संरक्षण र संबद्र्धन हुन सकेमा देशमा बिकाश र सुशासन हुने बताए ।
हरेक ब्यक्तिको मानव अधिकार संरक्षण हुनु पर्नेमा जोड दिदै मेयर बिष्टले मानव अधिकारको संरक्षणमा आफ्नो प्रतिवद्ध ब्यक्त गरे । शिक्षा स्वास्थ्य लगायतका आधारभुत मानव अधिकारको प्रत्याभुति अझै हुन नसकेकोमा चिन्ता ब्यक्त गर्दै मेयर बिष्टले कोख देखि शोकसम्म सबैको मानव अधिकारको सम्मान हुनु पर्ने बताए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका निमिक्त प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले मानव अधिकारको बिश्वब्यापी घोषणा पत्रमा उल्लेखित मानव अधिकार सबैले उपयोग गर्न पाउनु पर्ने भन्दै मानव अधिकारको संरक्षणमा जिल्ला प्रशासन कार्यालय प्रतिवद्ध रहेको बताए । वरिष्ठ अधिवक्ता बिजय कुमार गुप्ताले मानव अधिकार आयोगका सिफारिस सरकारले पालना नगरेकोमा चिन्ता प्रकट गर्दै बिद्यालय तह देखि नै मानव अधिकार शिक्षा दिनु पर्ने बताए ।

नेपाल बार एशोसिएसनका पुर्व उपाध्यक्ष टिकाजंग सिंहले मानव अधिकारको उल्लघंन राज्यले गर्ने भएकाले नागरिकको मानव अधिकार संरक्षणमा न्यायालयले सक्रियता बढाउनु पर्नेमा जोड दिए । महिला बालबालिका तथा जुष्ठ नागरिक सेवा केन्द्र नेपालगंजका प्रहरी निरिक्षक महेश्वरी बिष्टले दिवसमा मात्रै नभै बर्षैभरि मानव अधिकारको कुरा गरिरहनु पर्नेमा जोड दिईन ।

सबैले आ¥आफ्नो ठाउँबाट जिम्मेवारीपुर्वक मानव अधिकारको क्षेत्रमा काम गर्न सके मानव अधिकार संरक्षण हुने भन्दै आफ्नो कार्यालयबाट पीडित भई आएका महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई न्याय दिलाउन आफु प्रतिवद्ध रहेको बताईन । एडभोकेसी फोरमका वरिष्ठ प्रदेश संयोजक वसन्त गौतमले संचालन गरेको कार्यक्रमा महिला कानून र

बिकाश मञ्चका वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, फियान नेपालका नेपालगंज प्रमुख सुरेश कुमार गौतम, मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरी, फेडोका अध्यक्ष निर्मला सुनार, म्याग्नामिटका प्रतिनिधि एवं सिद्धीटपका सतिश पाठक लगायतका वक्ताले मानव अधिकार दिवसको महत्वमाथी प्रकाश पार्दै सबै नागरिककोे सबै प्रकारका मानव अधिकारको संरक्षण हुनु पर्नेमा जोड दिएका थिए ।

अध्यक्षको आशनबाट बोल्दै राष्ट्रि«य मानव अधिकार आयोगका नेपालगंज कार्यालय प्रमुख द्धारिका अधिकारीले मानव अधिकारको बिश्वब्यापी घोषणा पत्रमा उल्लेखित नागरिकका मानव अधिकार संरक्षण हुनु पर्ने भन्दै मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा आयोगको प्रतिवद्ध भै लागेको बताईन ।

कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकारको बिश्वब्यापी घोषणा पत्र जारी भएको ७४ बर्षसम्म पनि घोषणापत्रमा उल्लेखित मानव अधिकार सवालहरु उत्तिकै सान्दर्भिक रहेको बताउदै यसको संरक्षण र सम्बद्र्धनमा सबैले आ¥आफ्नो तर्फबाट लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रम संचालन गरेका एडभोकेसी फोरमका प्रदेश संयोजक बसन्त गौतमले मानवअधिकार दिवसका दिन मानवअधिकार प्रति सबैको ध्यानाकर्षण गराउन र नागरिकलाई मानवअधिकारको महत्वबारे सचेत गराउने र त्यसको पालना प्रति जिम्मेवार निकायलाई सचेत गराउने सन्देश दिने उदेश्यका साथ दिवस मनाईएको बताए ।

राष्ट्रि«य मानव अधिकार आयोग, एडभोकेसी फोरम नेपाल, नेपाल बार एशोसिएसन, इन्सेक, मानव अधिकार एलाईन्स,महिला कानून र बिकाश मञ्च लगायत मानव अधिकार संजालमा आवद्ध बिभिन्न अधिकारवादीसंघ सस्थाको आयोजना भएको कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय बाँकेका सहायक जिल्ला न्यायाधीवक्ता दामोदर गौतम, नेपाली सेना बज्रदल गणका सेनानी प्रबिन थापा, सशसेनानी बिकाश गौतम, सशस्त्र प्रहरी वल वागेश्वरी गणका सप्रनि हरि पराजुली, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक भिम बहादुर कार्की, लगायत बिभिन्न सरकारी र गैर सरकारी निकायमा आवद्ध प्रमुख तथा प्रतिनिधिको कार्यक्रममा सहभागिता रहेको थियो ।

१० डिसेम्बरका दिन विश्वभर मनाइने यो दिन सबैका लागि धेरै महत्त्वपूर्ण छ । संयुक्त राष्ट्रसंघले सन् १९५० मा मानवअधिकार दिवस मनाउने घोषणा गरेको थियो । त्यसयता १० डिसेम्बरमा यो दिवस मनाइँदै आएको छ । यस बर्षको मानव अधिकारको दिवसको थिम मानव अधिकारको बिश्वब्यापी घोषणापत्रको ७४ औ बार्षिक उत्सब रहेको थियो ।

कार्यक्रमका वक्ताले मानव अधिकारको बिश्वब्यापी घोषणा पत्र जारी भएको ७४ बर्षसम्म पनि घोषणा पत्रको ३० धारामा उल्लेखित मानव अधिकारका सवालहरु उत्तिकै सान्दर्भिक र महत्वका भएकाले यसको प्रभावकारी कार्यान्वयन जोड दिएका थिए । भजनराम मानव अधिकार पुरस्कारबाट सिद्धिकी सम्मानित यस बर्षको भजनराम मानव अधिकार पुरस्कारबाट बाँकेकी अधिकारकर्मी मैमुना सिद्धिकी सम्मानित भएकी छन् ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सिद्धिकीलाई कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश डा। रत्न बहादुर वागचन्दले भजनराम मानव अधिकार पुरस्कार प्रदान गरेका थिए । सम्मानपत्र, दोसल्लाका साथमा सिद्धिकीलाई २५ हजार नगद रूपियाँले सम्मानित गरिएको थियो ।

कार्यक्रमा पुरस्कार सिफारिस समितिका संयोजक वरिष्ठ अधिवक्ता सुनील कुमार श्रेष्ठले मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा सिद्धिकीले पु¥याएको अतुलनिय योगदानको कदर गर्दै पुरस्कारका लागी सिफारिस गरिएको बताए । प्रत्येक दुई बर्षमा प्रदान गरिने भजनराम मानव अधिकार पुरस्कारका लागी वरिष्ठ अधिवक्ता सुनील कुमार श्रेष्ठको संयोजकत्वमा पुरस्कार छनौट सिफारिस समितिले गरेको सिफारिस अनुसार भजनराम स्मृति अक्षय कोषले भजनराम मानव अधिकार पुरस्कार दिने निर्णय गरेको भजनराम स्मृति अक्षय कोषका अध्यक्ष अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।

साबिकको मध्य पश्चिमाञ्चल क्षेत्रमा मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई भजनराम स्मृति अक्षय कोषले मानव अधिकार पुरस्कार दिदै आएको छ । पुरस्कृत ब्यक्तित्व फातिमा फाउण्डेसनका अध्यक्ष अधिकारकर्मी मैमुना सिद्धिकीले आफ्नो सघर्ष र मानव अधिकारको क्षेत्रमा आफुले गरेको कामको उच्च मुल्याङ्कन गरि पुरस्कार दिएकोमा आफु अत्यन्तै हर्षित भएको जनाउदै पुरस्कारले मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा अझै प्रतिवद्ध भै काम गर्ने प्रेरणा मिलेको प्रतिक्रिया दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • संरचनात्मक विभेद विरुद्धको अभियान’ नारासहित पाँच दिने कार्यक्रम सञ्चालन
  • २०७९ मंसिर २५, आईतवार १२:१०
  • In "BannerNews"
  • जेनेभामा उठ्यो नेपालको संक्रमणकालीन न्यायको मुद्दा, कुन देशका प्रतिनिधिले के भने ?
  • २०७९ मंसिर २५, आईतवार १२:१०
  • In "थप"
  • पाकिस्तानमा हिन्दु मन्दिरमाथि आक्रमण सहन नसकिने भनी हिन्दुवादी संगठनहरुको विरोध शुरु
  • २०७९ मंसिर २५, आईतवार १२:१०
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

विधि र प्रक्रिया विपरीत रास्वपाले समानुपातिक सांसद छान्यो : गणेश कार्की

चैतबाट भैरहवामा अनिवार्य उडान

चीन र साउदी अरबबीच सुरक्षा सम्झौता : आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सहमति

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version