• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सांसदले सपथ नखाँदै देउवाले थाले संसदीय दलको नेता बन्ने अभियान, युवालाई नछाड्ने संकेत


सांसदले सपथ नखाँदै देउवाले थाले संसदीय दलको नेता बन्ने अभियान, युवालाई नछाड्ने संकेत

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा औपचारिक रूपमा सार्वजनिक हुन बाँकी छ । तर, नतिजाबारे आंकलन भइसकेको छ ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले कांग्रेसलाई पहिलो दलको हैसियत दिएको छ भने एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी क्रमशः हैसियतमा छन् ।

कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले संविधानको धारा ७६ ९२० बमोजिमको सरकार गठन प्रक्रिया सुरु हुनेछ । ‘प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ,’ संविधानको धारा ७६ ९२० मा उल्लेख छ ।

प्रधानमन्त्री बन्न र सरकारको नेतृत्व आफ्नो पार्टीलाई दिलाउन नेताहरू औपचारिक तथा अनौपचारिक रूपमा छलफलमा जुटिरहेका छन् । पहिलो दलको हैसियत प्राप्त कांग्रेसका आधा दर्जन नेता प्रधानमन्त्रीको आकांक्षीको रूपमा आफूलाई अघि सारेका छन् । तर, अरु दलमा जस्तै कांग्रेसमा जनतमको सन्देशविपरीत यसअघि पटक पटक सरकार र पार्टीको नेतृत्वमा रहिसकेका व्यक्ति नै प्रधानमन्त्रीमा दाबी गरिरहेका छन्, समर्थन जुटाउन दौडधूप गरेका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह र ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले नेतृत्वमा युवालाई रुचाएका छन् । सोहीअनुसार मत दिएर जिताएका छन् । निर्वाचनको बेला वर्षौंदेखि पार्टी र सरकारको निर्णायक स्थानमा रहेका नेतालाई ‘हराउन’ युवाहरूले अभियान चलाएका थिए । तर, गठबन्धन गरेर दलहरूले आफूलाई निर्वाचित गराउन सक्षम भए, जसको अभिमत सत्ताको नेतृत्वमा रहनका लागि नरहेको राजनीतिक विश्लेषकहरूले सार्वजनिक रुपमै बताइरहेका छन् ।

तर, यसलाई बेवास्ता गर्दै पाँचपटक प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवा अझै प्रधानमन्त्री बन्न लविङ थालेका छन् । सांसदहरूले शपथ खाएका छैनन् । संसदीय दल गठन भएको छैन । संसदीय दलको नेता चयन भएको छैन । तर, हतार भने सरकारको नेतृत्व लिन नेताहरु दौडधूप गरेका छन् ।

निर्वाचनअघि आफूलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको दाबेदारको रूपमा प्रस्तुत गरेका गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको रूपमा रहनेगरी काठमाडौं ४ का जनताले निर्वाचित गरेका छन् । तर, उनलाई संसदीय दलको नेतामै उठ्न नदिने गरी चलखेल सुरु भएको देखिन्छ ।

गत वर्ष सम्पन्न महाधिवेशनबाट पार्टीको महामन्त्रीको जिम्मेवारीमा रहेका थापालाई दलको नेता र प्रधानमन्त्री बनाउन अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित पार्टीका युवा नेता तयार देखिन्छन् । तर, सभापति देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंहसहितका नेताहरू गगनलाई दलको नेता र प्रधानमन्त्री बनाउन चाहेको देखिँदैन ।

गगनलाई रोक्न शशांक कोइरालालाई फकाउन देउवा स्वयं सक्रिय छन् । देउवाले शशांकलाई भेटेर आफूलाई दलको नेता बनाउन सहयोग गर्न आग्रह गरेका छन् । ज्येष्ठ नेताको सत्ता र शक्तिप्रतिको मोहले पार्टीलाई पार्ने दख्खलबारे युवा नेताहरू चिन्तित् देखिन्छन् । उनीहरू यसपटक चुनौती दिने तयारीमा छन् । तर, केही दिनयता भइरहेका भेटवार्ता र छलफलले गगनलाई संसदीय दलको नेतामा उठ्न नदिने र प्रधानमन्त्री बन्नबाट रोक्ने संकेत देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नयाँ सरकार गठनको तयारी, यस्तो छ संवैधानिक व्यवस्था
  • २०७९ मंसिर २२, बिहीबार २०:३८
  • In "BannerNews"
  • रास्वपाको झन्डै दुई तिहाइ बहुमत, नयाँ सरकार गठन प्रक्रिया सुरु
  • २०७९ मंसिर २२, बिहीबार २०:३८
  • In "BannerNews"
  • प्रधानन्यायाधीशको प्रश्न : बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन सक्दैन ?
  • २०७९ मंसिर २२, बिहीबार २०:३८
  • In "थप"

नेपाल एक्सन

सम्बन्धित खबर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

Next Post

बिआरआईको वास्तविक्ताः विकासको बहानामा चीनीयाँ वर्चस्व स्थापना

गठबन्धनमा प्रधानमन्त्रीको बहसः सभामुख लिए पहिलो, राष्ट्रपति लिए दोस्रो

कीर्तिमानी जित’सहित गुजरातमा ७औं पटक सरकार बनाउँदै भाजपा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version