काठमाडौं । कपिलवस्तुका न्यायाधीश भुवन गिरीमाथि एक महिलाले बन्धक बनाएर यौन शोषण गरेको आरोप लगाएकी छिन् । आफूमाथि बलात्कार आरोप लागेपछि न्यायाधीश गिरीले ती महिला विरुद्ध पनि चोरेको आरोप लगाएका छन् ।
न्यायाधीश गिरीले महिलाविरुद्ध चोरीको उजुरी दिएको कपिलवस्तुका एसपी प्रेमबहादुर बस्नेतले सञ्चारमाध्यमलाई बताए । उनले भने-‘महिलाले बलात्कारको उजुरी दिनुभएको छ, दुवै उजुरीबारे प्रारम्भिक अनुसन्धान सुरु गरेका छौँ ।
दुवै आयोगले प्रहरीलाई जाहेरी दर्ता गर्न पत्राचार गरेका छन् । न्यायाधीश गिरीले आफूलाई ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरेको महिलाको आरोप छ । पीडित महिला २०७५ देखि न्यायाधीशसँगै थिइन् ।
आफूविरुद्ध उजुरी गर्ने महिलाविरुद्ध पनि चोरीको आरोप लगाएर न्यायाधीश गिरी लामो बिदामा बसेका छन् । बलात्कार मुद्दाबारे अनुसन्धान गर्न राज्यका विभिन्न निकायबाट लेखेर आएको एसपी बस्नेतले जानकारी दिए । उनले भने-‘प्रारम्भिक अनुसन्धान गर्दै छौँ, अहिले पक्राउ गर्नुपर्ने अवस्था छैन ।