• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘महिलाले शरीर सुम्पेपछि सिद्धबाबाले करणी गरे’


‘महिलाले शरीर सुम्पेपछि सिद्धबाबाले करणी गरे’

विराटनगर । आफूलाई स्त्री र अग्निबाट टाढा रहने बताउँदै आएका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले सहमतिमा करणी गरेको ठहर जिल्ला अदालत सुनसरीले गरेको छ ।

बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबालाई अदालतले २२ मंसिरमा सफाइ दिएको थियो । त्यसको दुई महिनापछि तयार भएको फैसलाको पूर्णपाठमा जाहेरवाली महिलाले मोहित भएर शरीर समर्पण गरेका कारण बाबाजीले करणी गरेकाले जबरजस्ती मान्न नसकिने उल्लेख छ ।

७५ पृष्ठ लामो फैसलाको पूर्णपाठमा भनिएको छ, ‘जाहेरवालीलाई भेटेको समयमा जाहेरवाली प्रतिवादीसँग मोहित भई आफ्नो शरीर समर्पण गरी भएको करणी निजहरूका बीच सहमतिमा भएको भन्ने देखियो । अतः यस्तो सहमतिबाट भएको करणीलाई जबरजस्ती करणी मान्न नसकिने हुँदा प्रतिवादीउपरको अभियोग दावी स्थापित हुन आएन । तसर्थ प्रतिवादी सिद्धबाबा रामकृष्णचार्य श्री वैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ ।’

त्रि–दण्ड धारण गरेकाले आफू स्त्री (नारी) र अग्नी (आगो) लाई नछुने बताउँदै आएका गिरीले अदालतमा पनि स्त्री र अग्नीबाट टाढा रहने वयान दिएका थिए । तर, जाहेरवाला महिलासँगको म्यासेज र अडियो सम्बादका आधारमा अदालतले सहमतिमा शारीरिक सम्पर्क राखेको ठहर गरेको हो ।

सिद्धबाबाले काठमाडौं बस्दै आएकी महिला अनुयायीलाई आश्रममा बोलाएर करणी गरेको दाबीसहित जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता भएको थियो । गत मंसिर २२ गते जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले एक पक्षीय बहसपछि बलात्कार नठहर्ने फैसला गरेको थियो ।

बिहीबार तयार भएको पूर्ण पाठमा सिद्धबाबा र महिलाबीच सहमतिमा सम्पर्क भएको र श्रीमानले म्यासेज हेरेपछि जाहेरी परेको उल्लेख छ ।

२०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको आरोपमा ३८ दिनपछि २०७६ मंसिर ११ गते जाहेरी दर्ता भएको थियो । ‘निजलाई ( पीडित महिला) डर, त्रास र अनुचित प्रभावमा पारेर प्रतिवादीले जवरजस्ती करणी गरेको र प्रतिवादीको हैसियत र समाजमा रहेको प्रभावका कारण तत्काल घटना बाहिर ल्याउन नसकेको भन्ने आशयको जाहेरवालीको भनाइ रहेको देखिन्छ’ अदालतको फैसलाको बुँदा नम्बर ६६ मा भनिएको छ ‘सिद्धबाबा भनिने प्रतिवादीले ठूलो आश्रम चलाई बसेको, निजका हजारौं अनुयायी रहेको भन्ने तथ्य मिसिलबाट उजागर भएको छ । साथै जाहेरवाली स्वय पनि प्रतिवादीले अघिसारेको धार्मिक मान्यताको भक्त वा अनुयायी भएको र निजहरु बीच एक धार्मिक गुरु र शिष्यको सम्बन्ध रहेको भन्ने देखिएको छ । जाहेरवाली र प्रतिवादीबीच आदान प्रदान भएका म्यासेजहरुबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकाले अभियोग दाबीबमोजिम जबरजस्ती करणीको कसूर कायम गर्न मिल्ने देखिएन ।’

अदालतले पीडित महिलाले लेखेको म्यासेज, मुद्दा दर्ता भएपछि सिद्धबाबाले माफी मागेको अडियो प्रमाणलाई आधार मानेको छ ।

सामान्यता पीडित महिलाको भनाइलाई अदालतले दरिलो प्रमाणका रुपमा लिने गर्छ । पीडित महिलाले जाहेरी र बकपत्रमा पनि आफूमाथि करणी भएको वयान दिएकी थिइन् ।

तर अदालतले त्यसलाइ मानेन । अदालतको फैसलाको अन्तिम बुँदामा भनिएको छ, ‘माथि विवेचना गरिएका आधार एवं कारणहरूबाट जाहेरवालीको शारीरिक परीक्षणबाट निज उपर जबरजस्ती करणी भएको नदेखिएको, जाहेरवाली शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य भई आफूले गरेको कार्यको असर र परिणाम बुझ्न सक्ने हैसियतमा रहेकी छन् भन्ने कुरा निजले प्रतिवादीलाई पठाएका म्यासेजबाट देखिएको तथा माथि विवेचना गरिएअनुसार निज स्वयमले नै आफूले प्रयोग गर्ने मोवाइलबाट लामो समयदेखि विभिन्न समयमा विद्युतीय माध्यमको प्रयोग गरी प्रतिवादीलाई आशक्तिपूर्ण र अनुनयजन्य सन्देशहरू प्रवाह गरी भेटघाटको मौका उपलब्ध गराउन गरेको अनुनयअनुरूप जाहेरवालीलाई भेटेको समयमा जाहेरवाली प्रतिवादीसँग मोहित भई आफ्नो शरीर समर्पण गरी भएको करणी निजहरूका बीच सहमतिमा भएको भन्ने देखियो । अतः यस्तो सहमतिबाट भएको करणीलाई जबरजस्ती करणी मान्न नसकिने हुँदा प्रतिवादीउपरको अभियोग दावी स्थापित हुन आएन । तसर्थ प्रतिवादी सिद्धबाबा रामकृष्णचार्य श्री वैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ ।’

पीडित महिलाले भने न्यायालयबाट नै आफूलाई अन्याय भएको बताएकी छिन् । ‘सहमतिमा सम्पर्क भएको भए गुपचुप राख्थें, पैसाका लागि भएको भए १० करोड दिन्छु, बकपत्र बिगार भनेका थिए,’ अनलाइनखबरसँग महिलाले भनिन् ‘बलात्कारीलाई कारवाही भएन भने आवाज उठाउने कोही हुने छैनन् भोलिका दिनमा ।’

गिरीले आफूतर्फ सम्मोहन (आर्कषण) गराएर करणी गरेको र विरोध गर्दा बर्वाद हुने धम्की बारम्बार दिइरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बलात्कारबारे सर्वोच्चको ऐतिहासिक व्याख्या : शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन
  • २०७७ फाल्गुन २, आईतवार ०७:३३
  • In "BannerNews"
  • रौतहटमा महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा काँग्रेस नेता कुशवाहा पक्राऊ
  • २०७७ फाल्गुन २, आईतवार ०७:३३
  • In "देश"
  • रुपन्देहीमा बलात्कार गरेकाे आरोपमा तीन जना पक्राउ
  • २०७७ फाल्गुन २, आईतवार ०७:३३
  • In "BannerNews"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

नेकपाको मात्रै बाकस भरिन्छ भनेर डराए : प्रधानमन्त्री

ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव सिनेटमा असफल

बार्सिलोनाको शानदार जितमा मेसीको दुई गोल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version