• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

यादव अस्ताए सिके राउत उदाउँदो मधेशका हिरो


यादव अस्ताए सिके राउत उदाउँदो मधेशका हिरो

काठमाडौं – प्रत्यक्षमा एक सिट र समानुपातिकमा चार सिट प्राप्त गरेको सिके राउत नेतृत्वको जनमत पार्टीको सरकार गठनका बेला निकै महत्व देखिएको छ ।

सोही कारण जनमत पार्टी अध्यक्ष डा. सीके राउतसँग प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणले भेट गरी सरकारमा सहभागिताका बारेमा छलफल अगाडि बढाएका छन् ।

बिहीबार सप्तरीबाट काठमाडौं आएलगत्तै उनी भेटघाटमा निकै व्यस्त बने । पहिलोपल्ट राउतले ठूला दलबाट यति ठूलो महत्व पाएका हुन् । पार्टी गठन गरेको दुई वर्ष नपुग्दै र पहिलो निर्वाचनमै जनमत पार्टी राष्ट्रिय पार्टी बनेकाले राउतको महत्व बढेको हो । त्यसैले उनको दललाई सरकारमा सामेल गराउन प्रयास भइरहेको छ ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको पहलमा सीके राउतलाई संघ र प्रदेश सरकारमा सामेल गराउने पहल सुरु भएको हो । मधेस प्रदेशमा जनमत पार्टीको ६ सिट छ । त्यसैले जनमत पार्टी सरकार बनाउन निर्णायक मानिएको छ । नेता निधि मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन चाहन्छन् ।

कांग्रेस नेतृत्वमा सरकार बने रामसरोज यादव मुख्यमन्त्री हुने गरी छलफल सुरु भएको छ । अघिल्लो सरकार जसपाको नेतृत्वमा बनेको थियो । मुख्यमन्त्री थिए जसपाका लालबाबु राउत । तर यसपटक मधेस प्रदेशमा सरकार बनाउने गरी जसपाले म्यान्डेट पाएको छैन ।

२०६४ यता लगातार १५ वर्ष संघ र मधेसमा उपेन्द्र यादवको पार्टी निर्णायक बनेको थियो । उसले जे चाह्यो त्यही हुन्थ्यो । तर अहिलेको निर्वाचनले मधेसमा सिके राउतको जनमत पार्टीको उदय गराएको छ ।

पहिलो निर्वाचनमै ६ सिट जितेकाले र राष्ट्रिय पार्टी बनेकाले अर्को निर्वाचनमा पनि जनमत पार्टीले राम्रै नतिजा ल्याउने संकेत देखिएको छ । त्यसमा पनि संघ सरकार गठनमा सिके राउत पनि सामेल हुने भएकाले अब उनले उपेन्द्र यादवको ठाउँ लिने देखिएको छ ।

स्रोतका अनुसार राउत सरकारमा सामेल भएमा उनले चाहेको मन्त्रालय पाउने भएका छन् । बौद्धिक छवि बनाएका राउत सरकारमा सहभागी भए पहिलोपल्ट राजकीय जिम्मेवारी प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेसमा प्रभु साह र सिके राउत मिले उपेन्द्र यादवको राजनीतिक भविष्य सकिने
  • २०७९ मंसिर १७, शनिबार १५:१९
  • In "BannerNews"
  • जनमत पार्टीलाई लिएर मधेस प्रदेश सरकार गठन गर्ने तयारीमा गठबन्धन
  • २०७९ मंसिर १७, शनिबार १५:१९
  • In "BannerNews"
  • जनमत पार्टीलाई लिएर मधेस प्रदेश सरकार गठन गर्ने तयारीमा गठबन्धन
  • २०७९ मंसिर १७, शनिबार १५:१९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

चीनमा बिदेशी लगानीको खडेरी , बिदेशी आश्वासन दिदै चिनियाँ प्रधानमन्त्री

जापान, दक्षिण कोरिया र अमेरिकाले उत्तर कोरिया माथी लगाए प्रतिबन्ध

स्याङ्जा–२ : सङ्घ र प्रदेश दुवैमा कांग्रेसको अग्रता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version