No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेशमा आगो ताप्ने नेताहरु किन अस्ताउनु पर्‍यो ?

मधेशमा आगो ताप्ने नेताहरु किन अस्ताउनु पर्‍यो ?

काठमाडौं – २०६२–२०६३ को दोस्रो जनआन्दोलनपछि मधेसमा दुई वटा ठूला ठूला आन्दोलन भए । आन्दोलनका क्रममा झण्डै ५ दर्जन भन्दा बढी आन्दोलनकारीको निधन भयो भने सयौं अङ्गभङ्ग भए ।
तर आन्दोलनको एजेण्डाको बोकेका मधेसी दलहरू नै मधेसबाट विस्थापित हुने अवस्थामा पुगेका छन् भने विस्थापित हुन नसकेका दलहरु विस्तारै कमजोर बन्दै गएका छन् । मधेस आन्दोलनको एजेण्डाको विपक्षमा उभिएको नेकपा (एमाले) मधेस प्रदेशमा शक्तिशाली बनेको छ ।

प्रतिनिधि सभामा ३२ सिटमध्ये ९ सिटमा तथा प्रदेश सभामा ६४ सिटमध्ये १५ सिटमा एमाले विजयी भएको छ । यस हिसाबबाट एमाले मधेस प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा सबैभन्दा ठूलो दल बनेको छ । जबकि २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा मधेस प्रदेशमा एमालेले प्रत्यक्षतर्फ २ सिटमा विजयी भएको थियो ।

दुई वटै मधेस आन्दोलनको अगुवाई जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए । अहिले उनी ठूलो मतको अन्तरले पराजित भएका छन् । उनीमात्र पराजित भएका छैनन् यसपटक उनको पार्टीको शर्मनाक हार भएको छ ।

मधेस आन्दोलनको एजेण्डा बोकेको अर्को पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राष्ट्रिय पार्टी नहुने निश्चित भएको छ । त्यस पार्टीका ४ जना उम्मेदवारले मात्र जितेका छन् । समानुपातिकमा पनि लोसपाले निकै कमजोर भोट ल्याएको छ ।

जसपा र लोसपाले मधेस आन्दोलनको एजेण्डा बोक्न नसकेको भन्दै पुरानो मराई मधेस लोकतान्त्रिक पार्टी ब्यँझाएर चुनावमा होमिएका विर्शेशचन्द्र लाल, डा।विजयी सिंह लगायतका नेताहरुले कहिँ पनि चुनाव जितेनन् । सबैतिर उनीहरुको जमानत जफत भयो ।

मधेस आन्दोलनको एजेण्डा संविधान संशोधन, नागरिकता विधेयक पास, लाल आयोगको प्रतिवेदन सार्वजनिक, राज्यको पुनःसंरचना, सीमांकनको विषयमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, स्थानीय तहलाई प्रदेश सरकारको मातहतमा ल्याउनु पर्ने लगायतका एजेण्डा छन् ।

संविधान संशोधनको एजेण्डामा नेपाली कांग्रेस र माओवादीले सहमति जनाएका थिए । तर अब संविधान संशोधनको एजेण्डा पनि अलपत्र पर्ने भएको छ ।

यसैगरी मधेस केन्द्रित दलहरुले नागरिकता विधेयकलाई आफ्नो पहिलो मुद्दा बनाउँदै आएका छन् । नागरिकता विधेयक पास नभएको कारण तराई मधेसमा ६ लाखभन्दा बढी नेपालीहरुले नागरिकता पास हुन नसकेको उनीहरूको भनाइ छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रिपतिसमक्ष पठायो पनि । तर राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई दुई पटकसम्म अड्काइन् ।

एमालेका कारण नागरिकता विधेयक पास हुन सकेन । नागरिकता विधेयक रोकेको एमालेले अहिले मधेसबाट सबैभन्दा धेरै भोट पाएको छ ।

मधेस प्रदेशमा एमाले नै सबभन्दा ठूलो दल बनेपछि नागरिकता विधेयकको मुद्दा पनि ओझलमा पर्ने निश्चित छ । नागरिकता विधेयक यही अवस्थामा पास गर्नु हुन्न भन्ने एमालेको अडान छ ।

जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्छ भन्ने एजेण्डामा एमाले शुरुदेखि नै विपक्षमा छ ।

त्यस्तै मधेस केन्द्रित दलका नेताहरुले रेशम चौधरीको रिहाइको माग गर्दै आएका थिए । चौधरीले नयाँ दल खोलिसकेका छन् । त्यस दलका उम्मेदवारहरु ३ सिटमा विजयी भइसकेका छन् ।

त्यसैले रेशम चौधरीको रिहाइको माग अब मधेस केन्द्रित दलहरुले उठाउनुको औचित्य पनि करिब करिब समाप्त भएको छ ।

लाल आयोगको प्रतिवेदन पनि अब सार्वजनिक नहुने निश्चित छ । किनभने लाल आयोगका प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भन्ने दलहरु नै कमजोर बनेका छन् ।

मधेस केन्द्रित दलहरु संघीयतालाई बलियो बनाउन प्रदेश सरकारलाई शक्तिशाली बनाउन माग राख्दै आएका छन् ।

प्रदेश सरकारलाई शक्तिशाली बनाउन प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव प्रदेश सरकारको मातहतमा हुनुपर्ने उनीहरुको अडान छ ।

तर एमाले शुरुदेखि प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव संघीय सरकारको मातहतमा हुनु पर्ने अडानमा छ । त्यसैले यो मुद्दा पनि अब ओझेलमा पर्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post
सालनालसहित बेवारिशे अवस्थामा नवजात शिशु फेला

सालनालसहित बेवारिशे अवस्थामा नवजात शिशु फेला

नवराजपुरको अध्यक्ष शिवालाई बचाउन, पत्रकारको नाममा केही बिचौलिया सकृय

नवराजपुरको अध्यक्ष शिवालाई बचाउन, पत्रकारको नाममा केही बिचौलिया सकृय

गाेलबजार बाट पेस्तोलसहित दुई युवक पक्राउ

गाेलबजार बाट पेस्तोलसहित दुई युवक पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .