• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

उपेन्द्र यादवको सत्ता स्वार्थका लागि दलीय साँठगाँठ पराजित


उपेन्द्र यादवको सत्ता स्वार्थका लागि दलीय साँठगाँठ पराजित

काठमाडौँ । नेपालमा १० वर्षे जनयुद्धबाट आएको माओवादी पार्टी र मधेस विद्रोहबाट आएको मधेसी जनअधिकार फोरम पार्टीबीच धेरै समानता थिए । किनकी दुवै पार्टी ठूलो आन्दोलनको भुमरीबाट उदाएका र सिंहदरबारमा नयाँ शासकका रुपमा भित्रिएका थिए ।

माओवादीले जंगल पसेर आर्जन गरेको शक्ति र फोरमले मधेसको सडक तताएर ल्याएको रापताप एउटै थियो । पहिलो संविधानसभापछि दुवै शक्ति बलशाली थिए । माओवादी पहिलो थियो भने मधेसी जनअधिकार फोरम मधेसको शक्तिशाली पार्टी थियो ।

माओवादीको नेतृत्व प्रचण्डले गर्दा मधेसको नेतृत्व उपेन्द्र यादवले गरेका थिए । तर दुवै नेताहरूमा परिवर्तनको भोक बाहिर देखिएपनि भित्र भने केवल सत्ता र शक्तिको भोक थियो । जुन विस्तारै पुरा हुँदै गयो । तर मधेसको समस्या जहाँको त्यही रह्यो ।

प्रचण्ड र उपेन्द्र यादवको राजनीतिले नेपालको शासकीय व्यवस्था प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हुँदै संघीयतामा पुग्यो । तर नेताहरु व्यवस्था परिवर्तनसँगै मोटाउँदै गएपनि जनताको अवस्था जस्ताको त्यस्तै रहेको थियो । जसको खुला अवतरण यतिबेला चुनावमा देखिएको छ ।

उपेन्द्र यादवलाई सुरु सुरुमा मधेसका मसीहा भन्ने गरिएको थियो । उनले आह्वान गरेका आन्दोलनमा लाखौँ मधेसीको भीड हुन्थ्यो । तर अहिले त्यो भीड विस्तारै सीके राउतको कब्जामा देखिन्छ । अनि उपेन्द्र यादव निरीह नेताका रुपमा परिचित हुन थालेका छन् ।

यसपटक मधेसका ठूला नेता भनिने उपेन्द्र यादव र राजेन्द्र महतो पराजित भएका छन् । त्यसमा पनि उपेन्द्र यादव पराजित भएको भाष्य स्थापित भएको छ । किनकी उपेन्द्र यादव तिनै व्यक्ति हुन्, जसले आफ्नो शक्ति बढाउनका लागि सुरुमा अशोक राई संघीय समाजवादी पार्टीसँग एकता गरे । पछि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिलाई पनि संघीय समाजवादी फोरममा मिलाए।

त्यसपछि महन्थ ठाकुर नेतृत्वको पार्टीसँग एकता गरेर जनता समाजवादी पार्टी बनाए । त्यसबाट पनि महन्थ फूटे । पछि बाबुराम पनि अलग्गिए । मुख्य शक्ति अलग्गिएपछि उपेन्द्र यादव एक्ला नेता रहे । जसको नेतृत्वमा जनता समाजवादी पार्टी जसपा चुनावमा होमियो ।

चुनाव होमिएपछि उपेन्द्र यादवले राम्रै सिट जित्ने अनुमान गरेका थिए । तर उनी आफैँ सीके राउतसँग पराजित भएका छन् । चुनावमा बढी सिट जित्नैका लागि सत्ता गठबन्धन छाडेर एमालेसँग टाँसिएका उनले झन् नमिठो नतिजा हात पारेका छन् ।

गएको चुनावमा लगभग चौथो शक्ति बनेको उपेन्द्रको पार्टी यसपटक सातौ पार्टी हुने पक्का छ । मुश्किलले थ्रेसहोल्ड कटाएको जसपाले जम्मा ७ सिट जितेको छ । त्यसमा पनि अधिकांश आफ्नै बलमा पकड भएका नेताहरुले चुनाव जितेको देखिन्छ ।

यसले अब मधेसमा उपेन्द्र यादवको शक्तिमा ब्रेक लाग्दैछ । उपेन्द्र यादव र महन्थ ठाकुरहरुको लामो समयदेखिको मधेस राजनीति विस्तारै सीके राउततर्फ ढल्किदैछ । यसपटक मधेसबाट उनले जसरी उभार ल्याएका छन् । त्यसले धेरै हदसम्म फरक पार्नेछ ।

उमेरका हिसाबले पनि विस्तारै वृद्ध हुन थालेका उपेन्द्र यादव आउँदो चुनावसम्म लगभग ७० वर्ष पार हुनेछन् । त्यसले अब नेपाली राजनीतिमा युवाहरुको बाहुल्यतामा कमजोरी तुल्याउनेछ । यसकारण पनि यसपटकका उपेन्द्रको हार भनेकै अब उनको मधेस राजनीति ‘उत्तरार्द्धमा’ छ भन्ने देखाइरहेको छ ।

सत्ताका लागि रातारात ‘प्रतिगमनका मतियार’ भनिने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेको तथ्य यसपटकको उपेन्द्र क्षेत्रमा पराजित भएको छ । सत्ता स्वार्थका लागि पहिले एकातिर र ठूलो स्वार्थ हेरेर तुरुन्तै अर्कोतिर मिलिहाल्ने उपेन्द्र प्रवृत्ति पनि यसपटक मधेसमा पराजित भएको छ । यसले उपेन्द्रलाई जति पाठ दिन्छ, त्यसले भोलिको मधेसी राजनीतिक शक्तिलाई झन् ठूलो ऊर्जा दिने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जसपा विभाजन हुँदै छ ?
  • २०७९ मंसिर १५, बिहीबार ११:५७
  • In "BannerNews"
  • हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष
  • २०७९ मंसिर १५, बिहीबार ११:५७
  • In "BannerNews"
  • हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष
  • २०७९ मंसिर १५, बिहीबार ११:५७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

जनमत पार्टीलाई लिएर मधेस प्रदेश सरकार गठन गर्ने तयारीमा गठबन्धन

चिनमा असुरक्षित अलिबाबाका संस्थापक ज्याक मा

मुख्यमन्त्री भएर भ्रष्टाचारमा रजाइँ गरेका लालबाबु राउतमाथि अख्तियारले लियो एक्सन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version