No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

काठमाडौंमा नेपाल इण्डिया विएफएसआई पार्टनरसीप समिट हुने

काठमाडौंमा नेपाल इण्डिया विएफएसआई पार्टनरसीप समिट हुने

नेपाल र भारतका बैंक तथा वित्तीय क्षेत्रमा हुनसक्ने सम्भाव्य सहकार्य र नीतिगत सुधारबाट यस क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्ने उदेश्यले काठमाडौंमा नेपाल इण्डिया विएफएसआई पार्टनरसीप समिट हुने भएको छ । कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्ने कार्यक्रम तय भएको छ ।
समिटको मुख्य उद्देश्य दुई देशबीचका बैंक तथा वित्तीय संस्थाहरुबीच के कस्ता कार्यहरुमा सहभागिता गर्न सकिन्छ, दुई देशबीच लगानी, रेमिटेन्स्, व्यापार, बैंकिङ्ग विषयहरुमा के कस्ता समस्याहरु छन् र ती समस्याहरु निवारण गर्नका लागि के कस्ता नीतिगत सुधारको आवश्यकता पर्दछ भन्ने विषयहरु छलफल गर्ने रहेको छ ।
बैंकिङ्घ, फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल र इण्डिया–नेपाल सेन्टर, पिएचडी चेम्बर अफ कमर्श भारतको सहकार्यमा पार्टनशीप समिट हुन लागेको हो । पाँचवटा सत्रमा विभाजित एक दिने समिटमा दुई देशका बैंक तथा वित्तीय क्षेत्रका विज्ञहरुबाट कार्यपत्र प्रस्तुती र छलफल हुने आयोजकले जानकारी दिएको छ । सम्मेलनमा नेपाल र भारतका बैंक तथा वित्तीय क्षेत्रका वरिष्ठ कर्मचारीहरुको सहभागिता रहनेछ ।
कार्यक्रमको दोस्रो सत्रमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले अध्यक्षता गर्नेछन् । यस सत्रमा विषय विज्ञकोरुपमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु डा। गुणाकर भट्ट, डा। प्रकाश कुमार श्रेष्ठ, रामु पौडेल, गुरुप्रसाद पौडेलले नेपालको प्रतिनिधित्व गर्नेछन् । त्यसैगरी अनुकुल भट्नाकर र सुदिन राय चौधरीले भारतको तर्फबाट प्रतिनिधित्व गर्ने कार्यक्रम तय भएको छ ।

समिटको तेस्रो सत्र पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले अध्यक्षता गर्नेछन् । यस सत्रमा डेभलपमेण्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रधुमन पोखरेल, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकारी तुलाधर, नेपाल लघुवित्त वैकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा, नेपाल एसविआइ बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत एमडी रिजवान आलम र एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले नेपालको तर्फबाट आफनो धारणा राख्ने छन् । त्यसैगरी भारतको तर्फबाट केएलएसएन राव अध्यक्ष साउदन इण्डिया बैंकर्स स्टाफ ट्रेनिङ कलेजका प्रिन्सिपलले प्रतिनिधित्व गर्नेछन् ।

चौथो सत्रमा विएफएसआई विज्ञ, नेपाल एसविआई बैंकका पूर्व प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकुल भट्नाकरले गर्नेछन । यस सत्रमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीको वातावरण विषयमा धारणा राख्नेछन् । यस सत्रमा नेपाल एसविआइ बैंकका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, एनएमवि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र भारतको तर्फबाट सिमा जागरण मार्च भारतका उद्यमी एवं संयोजक महेश कुमार अग्रवालले प्रतिनिधित्व गर्ने कार्यक्रम रहेको छ।।
कार्यक्रमको अन्तिम सत्र नेपाल र इण्डिया–नेपाल सेन्टर, पिएचडी चेम्बर अफ कमर्शका नोडल कोअर्डिनेटर अतुल ठाकुरले अध्यक्षता गर्नेछन् । यस सत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा। तोय नारायण ज्ञवालीले नेपाल र भारतबीचको औद्योगिक सम्बन्धका विषयमा आफ्नो धारणा राख्नेछन् । यसै सत्रमा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, ट्रेड एण्ड एक्पोर्ट प्रोमोशन सेन्टरका डेपुटी कार्यकारी निर्देशक सुयस खनाल, सूर्य नेपाल लिमिटेडका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रवि रायवरम, डावर नेपालका विजनेश हेड एचएस वेदी र कान्तिपुर पब्लिकेशनका प्रमुख कार्यकारी अधिकृत महेश स्वारले धारणाहरु राख्नेछन् ।

कार्यक्रमलाई नेपाल बैंकले टाइटल स्पोन्सर गरेको छ भने मुख्य स्पोन्सरको रुपमा नेपाल एसविआइ बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल०, नेशनल इन्स्योरेन्स र भिक्टोरिया युनिभर्सिटी अष्ट्रेलिया रहेका छन् । कार्यक्रमको सहप्रायोजककोरुपमा लक्ष्मी बैंक, नविल बैंक, महालक्ष्मी विकास बैंक, साइन रेसुंगा डेभलपमेण्ट बैंक, गरिमा विकास बैंक, नेको इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र केयर रेट्रि««ङ नेपाल रहेका छन् । सहप्रायोजकको रुपमा डिभनवाइ अन्तर्गत नेक्सन ईभी, इकमर्श पार्टनर दराज रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
पद लिएर पदलाई न्याय गर्न सक्नु पर्छ – कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौर

पद लिएर पदलाई न्याय गर्न सक्नु पर्छ – कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौर

कहिले पनि चुनाव न हार्ने प्रधानमन्त्री देउवा

कहिले पनि चुनाव न हार्ने प्रधानमन्त्री देउवा

विश्वकप फुटबल: अर्जेन्टिना र पोल्याण्डसहित आज ४ खेल हुँदै

विश्वकप फुटबल: अर्जेन्टिना र पोल्याण्डसहित आज ४ खेल हुँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .