• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेश प्रदेशमा पनि अब जसपा सत्तामा नआउने अवस्था , उपेन्द्र सबै सपनाहरू चकनाचुर


मधेश प्रदेशमा पनि अब जसपा सत्तामा नआउने अवस्था , उपेन्द्र सबै सपनाहरू चकनाचुर

जनकपुरधाम । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् ।

संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) को गठबन्धन थियो । तर यहाँ सरकार बनाउन सक्ने गरी दुवै गठबन्धनको स्पष्ट बहुमत आउन नसकेपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने निश्चित देखिएको छ ।

प्रदेशसभामा प्रत्यक्षतर्फका ६३ क्षेत्रको नतिजा आउँदा वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलले २८ र एमाले नेतृत्वको गठबन्धनले २२ सिट जितेको छ । अन्तिम नतिजा आउन बाँकी धनुषा ४(२) मा एमाले उम्मेदवार अगाडि छन् ।

वाम लोकतान्त्रिक गठबन्धनका दलमध्ये कांग्रेसले १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सात, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले प्रदेशसभामा चार-चार सिट जितेका छन् । यो गठबन्धनमा कांग्रेसले सप्तरी-३(१), धनुषा- ३(१), धनुषा-४(१), सर्लाही-२(१), सर्लाही-२ (२), सर्लाही-४(१), रौटहट-१(१), रौटहट-१(२), रौतहट-३(२), पर्सा-२(१), पर्सा-३(२), पर्सा-४(१) र धनुषा १(१) मा जितेको छ ।

त्यसैगरी लोसपाले पर्सा-२(२), महोत्तरी-२(१), महोत्तरी-३(१), महोत्तरी-३(२), सर्लाही-१(१), सिरहा-४(२) र बारा-४(२) मा जितेको छ । माओवादी केन्द्रले सर्लाही-४(२), महोत्तरी-१(२), रौतहट-४(१) र पर्सा-१(१) मा जितेको छ भने एकीकृत समाजवादीले रौतहट-२(२), सर्लाही-१(२), सिरहा-३(२) र सप्तरी-४(१) मा जितेको हो ।

एमाले-जसपा गठबन्धनमा एमालेले १४ र जसपाले नौ स्थानमा जितेको छ । एमालेले सप्तरी-१(१), सिरहा-१(१), सिरहा-२(२), सिरहा ३(१), धनुषा-१(१), धनुषा-२(१), धनुषा-३(२), रौतहट-२(१), बारा-१(१), बारा ३(१), बारा-४(१), बारा-३(२), महोत्तरी १(१) र महोत्तरी ४(१) मा जितेको छ । जसपाले धनुषा-२(२), पर्सा-१(२), पर्सा-४(२), बारा-१(२), रौतहट-४(२), सर्लाही-३(२), सिरहा-१(२), बारा-२(२) र महोत्तरी ४(२) मा जितेको हो ।

यी दुई गठबन्धनबाहेक जनमत पार्टीले छ र स्वतन्त्र उम्मेदवारले छ क्षेत्रमा जितेका छन् । जनमत पार्टीले सप्तरी-१(२), सप्तरी-२(१), सप्तरी-२(२), सप्तरी-३(२), सिरहा-४(१) र सिरहा-२(१) मा जितेको छ भने स्वतन्त्र उम्मेदवारले पर्सा-३(१), बारा-२(१), महोत्तरी-२(२), रौतहट-३(१), सर्लाही-३(१) र सप्तरी-४(२) मा जितेका हुन् ।

समानुपातिकतर्फको अहिलेसम्मको मतअनुसार तीन लाख १७ हजार एक सय १४ मतसहित कांग्रेस पहिलो र दुई लाख ८१ हजार नौ सय दुई मतसहित एमाले दोस्रो स्थानमा छ । त्यसैगरी जसपाले दुई लाख २७ हजार चार सय ७०, जनमत पार्टीले दुई लाख २१ हजार आठ सय ६७, माओवादीले एक लाख ४० हजार आठ सय २८, एकीकृत समाजवादीले ९३ हजार चार सय ६२ र लोसपाले ८० हजार पाँच सय ८० मत प्राप्त गरेको छ ।

अघिल्लो निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ सङ्घीय समाजवादी फोरम (हालको जसपा) ले १९ र राष्ट्रिय जनता पार्टी (हालको लोसपा) ले १५ गरी ३४ सिट जितेका थिए । एक सय सात सदस्यीय मधेश प्रदेशसभामा समानुपातिकसहित जसपाको २९ र लोसपाको २५ सहित स्पष्ट बहुमत थियो ।

त्यो बेला एमालेको २१, कांग्रेसको १९, माओवादी केन्द्रको ११ र सङ्घीय समाजवादी नेपाल पार्टी नेपालको एक सिट जोड्दा पनि सरकार बन्ने अवस्था थिएन । अहिले भने यी दुवै गठबन्धनले स्पष्ट बहुमत नल्याएपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • उपेन्द्रको घोषणाले मधेशमा तरंग : कसको बन्ला सरकार ?
  • २०७९ मंसिर १२, सोमबार ११:४५
  • In "BannerNews"
  • मधेशको अब दोश्रो कार्यकालको मुख्यमन्त्री को ?
  • २०७९ मंसिर १२, सोमबार ११:४५
  • In "BannerNews"
  • लोकतान्त्रिक समाजवादी गठबन्धन बनाउन जुटे नेताहरु
  • २०७९ मंसिर १२, सोमबार ११:४५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

चिनियाँ एजेन्ट बनेर नेपाल-भारत सम्बन्ध बिगार्दा उपेन्द्रलाई मधेशी जनताले गरे अस्विकार

सीता विवाहोत्सवमा भारतबाट आएका जन्ती जनकपुरतर्फ लागे

हल्लियो पाकिस्तान भूमिगत समूहका प्रमुखको हत्याको विरूद्धमा ६ प्रहरी चौकीमा आक्रमणको धम्की

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version