• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

उपेन्द्रको घोषणाले मधेशमा तरंग : कसको बन्ला सरकार ?


उपेन्द्रको घोषणाले मधेशमा तरंग : कसको बन्ला सरकार ?

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेसंगको सहकार्य सकिएको घोषणा गरेपछि मधेश प्रदेशमा सरकार निर्माणका सबै सम्भावना खुला भएका छन् ।

आइतबार विराटनगर विमानस्थलमा जसपा अध्यक्ष उपेन्द्र यादले एमालेसँगको सहकार्य सकिएको घोषणा गरेका हुन् ।  ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै सहकार्यको कोर्स सकिएको छ’ यादवले भनेका छन् । उनले सरकार गठनमा कसलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णयमा निर्णय भने गरिसकेका छैन । मधेश प्रदेशसभामा निर्वाचित जसपा नेता रामअशिष यादवले सत्ता गठबन्धनसंग सहकार्य हुन सक्ने बताए । यद्यपि केन्द्रीय कार्यकारिणी समितिको बैठकले गर्ने निर्णय अन्तिम हुने उनको भनाइ छ ।  तर एमाले नेतृत्वको सरकारमा सहभागी हुने सम्भावना नरहेको उनले बताए । ‘हुन त काँग्रेसको व्यबहारले एमालेसँग जसपा बाध्य भएर चुनावी गठबन्धन गर्‍यो, जुन अप्राकृतिक थियो । त्यो भुलवश नै भएको हाम्रो बुझाइ छ’, उनले भने, ‘अब नयाँ शिराबाट संघीयता पक्षधरसंग गठबन्धन गरेर अघि बढ्नुपर्छ ।’ मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशमा जसपालाई सरकारको नेतृत्व गर्ने म्याण्डेट नभएको भन्दै सरकारको एउटा पार्ट मात्र हुन सक्ने बताए । यद्यपि प्रतिपक्षमा बस्ने वा सरकारमा जानेबारे पार्टीले निर्णय गर्ने उनको भनाइ छ ।

मधेश प्रदेशसभामा निर्वाचित जसपा नेता रामअशिष यादवले सत्ता गठबन्धनसंग सहकार्य हुन सक्ने बताए । यद्यपि केन्द्रीय कार्यकारिणी समितिको बैठकले गर्ने निर्णय अन्तिम हुने उनको भनाइ छ ।

तर एमाले नेतृत्वको सरकारमा सहभागी हुने सम्भावना नरहेको उनले बताए । ‘हुन त काँग्रेसको व्यबहारले एमालेसँग जसपा बाध्य भएर चुनावी गठबन्धन गर्‍यो, जुन अप्राकृतिक थियो । त्यो भुलवश नै भएको हाम्रो बुझाइ छ’, उनले भने, ‘अब नयाँ शिराबाट संघीयता पक्षधरसंग गठबन्धन गरेर अघि बढ्नुपर्छ ।’

मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशमा जसपालाई सरकारको नेतृत्व गर्ने म्याण्डेट नभएको भन्दै सरकारको एउटा पार्ट मात्र हुन सक्ने बताए । यद्यपि प्रतिपक्षमा बस्ने वा सरकारमा जानेबारे पार्टीले निर्णय गर्ने उनको भनाइ छ ।

मधेश प्रदेश सभा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ सदस्यीय हुन्छ । मधेश प्रदेशमा सत्ता गठबन्धन नेतृत्वको सरकार धन्ने सम्भावना बढेको छ । प्रत्यक्ष ६४ सिटमध्ये एमालेले १५, कांग्रेसले १३, जसपाले ९ सिट जितेको छ । समानुपातिक मत परिणामले पनि एमाले पहिलो दल र कांग्रेस दोस्रो बन्ने निश्चित जस्तै छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ७, जनमत पार्टीले ६, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ४-४ र स्वतन्त्र उम्मेदवारले ६ सिट जितेका छन् । यसमा समानुपातिकतर्फबाट निर्वाचित हुने सांसदको संख्या जोड्न बाँकी छ । तर समानुपातिकबाट निर्वाचित हुनेको संख्या जोड्दा पनि कुनै दलको बहुमत पुग्दैन । सत्तारुढ पाँच दलीय गठबन्धन र एमाले-जसपाको पनि बहुमत पुग्दैन । त्यस कारण कम्तीमा तीन ठूला दल वा स्वतन्त्र सांसदहरु एक ठाउँमा नउभिएसम्म सरकार बन्ने सम्भावना कम छ ।

मधेश प्रदेशमा ठूलो दल बनेको एमाले र दोस्रो दल कांग्रेस सरकार नेतृत्वको दावी गर्दै कसरत गरिरहेका छन् । तर, जसपाले एमालेसँग सहकार्य अन्त्यको घोषणाले उसको नेतृत्वमा सरकार बन्ने सम्भावना  कमजोर बनेको छ ।

एमाले नेता तथा नवनिर्वाचित प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले एमालेले ठूलो दलको हैसियतमा सरकार बनाउने विषयमा पार्टीभित्र छलफल सुरु भएको बताए । ‘समानुपातिक नतिजाको अन्तिम परिणामको पर्खाइमा हामी छौं । यद्यपी ठूलो दलको हैसियतमा पार्टी भित्र मधेश प्रदेश सरकारको नेतृत्वको विषयमा छलफल सुरु भएको छ । कुन कुन दलसंग सहकार्य समन्वय गरेर अगाडी बढ्ने आन्तरिक गृहकार्य पनि हुँदैछ’ मण्डलले भने ।

नेपाली कांग्रेसले पनि सरकारको नेतृत्वको लागि गृहकार्य गर्दैछ । कांग्रेस मधेश प्रदेश सरकारको नेतृत्व गर्न आन्तरिक गृहकार्य गरिरहेको सभापति समेत रहेका नवनिर्वाचित सांसद कृष्ण यादवले बताए ।

२०७४ मा मधेश प्रदेशमा मधेशकेन्द्रित दल तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को स्पष्ट बहुमत थियो । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • निर्वाचनमा पराजित पछि एमाले सङ उपेन्द्र यादवको सम्बन्ध सकियो
  • २०७९ मंसिर १९, सोमबार १७:४२
  • In "BannerNews"
  • कहाँ छ्न उपेन्द्र एमाले गठबन्धनमा ?
  • २०७९ मंसिर १९, सोमबार १७:४२
  • In "BannerNews"
  • उपेन्द्रले एमालेको साथ छाडेपछि प्रदेश १ मा सरकार बनाउने एमालेको सपनामा तुषरापात
  • २०७९ मंसिर १९, सोमबार १७:४२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

हिजाब विरुद्ध भईरहेको बिरोध प्रदर्शनका कारण ईरान सरकार झुक्न बाध्य

जिरो–कोभिडविरुद्ध चिनियाँ प्रदर्शन र अर्थतन्त्र

लहानमा चाइना कम्पनीको अबैध क्रसर संचालन कार्बाही गर्ने निकाय बेखबर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version