• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेश प्रदेश : शक्तिमा बसेकाहरु कसले निर्वाचन जिते, कसले हारे ?


मधेश प्रदेश : शक्तिमा बसेकाहरु कसले निर्वाचन जिते, कसले हारे ?

मधेश प्रदेश सरकारका मन्त्रीदेखि मुख्यन्यायधिवक्ता प्रदेश सभा सदस्य निर्वाचनमा पराजित भएका छन् । मुख्यमन्त्री लालबाबु राउत सहित केही मन्त्री प्रदेश सभा सदस्यमा दोहोरिएका छन् । अधिकांश पूर्वराज्यमन्त्रीहरु पराजित भएका छन् ।

वहालवाला मन्त्री पराजित
मधेश प्रदेशका वहालवाला दुई शक्तिशाली मन्त्री पराजित भएका छन् । सप्तरी क्षेत्र नम्बर २(क) जसपाबाट प्रदेश सभामा उम्मेदवार रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह दोब्बर मतअन्तरले पराजित भए । अर्थमन्त्री साह जनमत पार्टीका सतिश कुमार सिंहसँग ८ हजार ४४२ मत अन्तरले पराजित भए । अर्थमन्त्री साहले ८ हजार २९२ मत पाए भने सतिशले १६ हजार ७३४ मत पाए ।

सिरहा क्षेत्र नम्बर २(क) बाट जसपाका मधेश प्रदेशका अर्का मन्त्री पराजित भए । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादव पराजित भए । कृषिमन्त्री यादव जनमत पार्टीका केन्द्रीय सचिव संजय कुमार यादवसँग ६४४ मत अन्तरले पराजित भए । कृषि मन्त्री यादवले ११५२७ मत पाए भने जनमतका संजयले १२ हजार १७१ मत पाए ।

रौतहट क्षेत्र नम्बर ३(क) बाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रहेका उद्योग, पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र राय यादव पराजित भएका छन् । उद्योग राज्यमन्त्री राय स्वतन्त्र उम्मेदवार केशव रायसँग ४ हजार ६३३ मत अन्तरले पराजित भए । उद्योग राज्यमन्त्री रायले ७ हजार ६२२ मत पाए भने स्वतन्त्र उम्मेदवार केशवले १२ हजार २५५ मत पाए।

समाजिक विकासमन्त्री साह प्रतिनिधि सभामा निर्वाचित
सप्तरी क्षेत्र नम्बर १ जसपाबाट प्रतिनिधि सभा सदस्यमा मधेश प्रदेशका समाजिक विकासमन्त्री नवल किशोर साह निर्वाचित भएका छन् । समाजिक विकासमन्त्री साहले जनमत पार्टीका जयकान्त राउतलाई ३ हजार ५७२ मत अन्तरले विजयी भए । मन्त्री साहले २३ हजार ५६४ मत पाए भने जनमतका राउतले १९ हजार ९९२ मत पाए ।

मुख्यमन्त्री राउत, गृहमन्त्री साह, कानूनमन्त्री यादव विजयी
मधेश प्रदेशका वहालवाल मुख्यमन्त्री सहित दुईजना फूलमन्त्री विजयी भएका छन् । जसपाबाट पर्सा क्षेत्र नम्बर १(ख)बाट उम्मेदवार रहेका मुख्यमन्त्री लालबाबु राउत १ हजार ३३३ मत सहित विजयी भए । मुख्यमन्त्री राउतले नेपाली काँग्रेसका रामनारायण कुर्मीलाई पराजित गरे । मुख्यमन्त्री राउतले ७ हजार ५४५ मत पाए भने काँग्रेसका कुर्मीले ६ हजार २१२ मत पाए ।

यस्तै नेकपा एकीकृत समाजवादीवाट सिरहा क्षेत्र नम्बर ३(ख)बाट उम्मेदवार रहेका कानून न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद कुमार यादव विजयी भएका छन् । मन्त्री यादवले नेपाली काँग्रेसका संजय प्रकाश यादवलाई १ हजार ९६२ मत अन्तरले पराजित गरे । मन्त्री यादवले ९ हजार ९७६ मत पाए भने काँग्रेसका संजयले ८ हजार १४ मत पाए ।

महोत्तरी क्षेत्र नम्बर १(ख)बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रहेका मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह विजयी भएका छन् । मन्त्री साहले जसपाका रामश्रेष्ठ महतोलाई २ हजार ५ सय मत अन्तरले पराजित गरे । मन्त्री साहले ८ हजार ३७१ मत पाए भने जसपाका महतोले ५ हजार ८७१ मत पाए ।

पूर्व मुख्यन्यायधिवक्ता झा पराजित
महोत्तरी क्षेत्र नम्बर ३(क) जसपाबाट उम्मेदवार रहेका मधेश प्रदेश सरकारका पूर्व मुख्यन्यायधिवक्ता दिपेन्द्र झा लोसपाका उम्मेदवार भौतिक पूर्वाधार विकास पूर्वराज्यमन्त्री अभिराम शर्मासँग पराजित भए । पूर्व मुख्यन्यायधिवक्ता झा १७४ मत अन्तरले पूर्वमन्त्री शर्मासँग पराजित भए । पूर्व मुख्यन्यायधिवक्ता झाले ९ हजार ७१८ मत पाए भने पूर्वमन्त्री शर्माले ९ हजार ८९२ मत पाए ।

पूर्वमन्त्री रामसरोज, जितेन्द्र, विरेन्द्र विजयी
मधेश प्रदेशका पूर्वमन्त्रीहरु विजयी भएका छ । धनुषा क्षेत्र नम्बर ३(क) नेपाली काँग्रेसबाट उम्मेदवार रहेका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव विजयी भएका छन् । पूर्वमन्त्री यादवले जसपाका जितेन्द्र कुमार यादवलाई ३ हजार ५७० मत अन्तरले पराजित गरेका छन् । पूर्वमन्त्री यादवले १७ हजार २९ मत पाए भने जसपाका जितेन्द्रले १३ हजार ४५९ मत पाए ।

महोत्तरी क्षेत्र नम्बर ४(क) नेपाली काँग्रेसबाट उम्मेदवार रहेका पूर्व महिला, बालबालिका युवा तथा खेलकूदमन्त्री विरेन्द्र प्रसाद सिंह विजयी भएका छन् । पूर्वमन्त्री सिंहले नेकपा एमालेका रामबाबु रायलाई १ हजार ७७ मत अन्तरले पराजित गरे । पूर्वमन्त्री सिंहले १५ हजार ६९३ मत ल्याए भने एमालेका रामबाबुले १४ हजार ६१६ मत ल्याए ।

बारा क्षेत्र नम्बर ४(ख) लोसपाबाट उम्मेदवार रहेका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल विजयी भए । पूर्वमन्त्री सोनलले ५ हजार २२७ मत अन्तरले जसपाका आत्मराम प्रसाद साहलाई पराजित गरे । पूर्वमन्त्री साहले १३ हजार ५९६ मत ल्याए भने जसपाका आत्मरामले ८ हजार २६९ मत ल्याए ।

सभाभुख सरोज विजयी
बारा क्षेत्र नम्बर १(ख) जसपाबाट उम्मेदवार रहेका सभामुख सरोज कुमार यादव विजयी भएका छन् । सभामुख यादवले नेपाली काँग्रेसका नागेन्द्र प्रसाद कानुलाई ४ हजार ८८७ मत अन्तरले पराजित गरे । सभामुख यादवले १५ हजार ९२७ मत पाए भने काँग्रेसका नागेन्द्रले ११ हजार ४० मत पाए ।

पूर्वमन्त्री राय, यादव, मण्डल पराजित
सलार्ही क्षेत्र नम्बर २(क) बाट स्वतन्त्र उम्मेदवारी दिएका उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पराजित भएका छन् । पूर्वमन्त्री राय नेपाली काँग्रेसका जंगीलाल रायसँग ५ हजार ७४४ मत अन्तरले पराजित भए । पूर्वमन्त्री रायले २ हजार ५४६ मत ल्याए भने काँग्रेसका जंगीलालले ८ हजार २९० मत ल्याए ।

रौतहट क्षेत्र नम्बर १(ख) जसपाबाट उम्मेदवार रहेका भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव पराजित भए । पूर्वराज्यमन्त्री यादव नेपाली काँग्रेसका मधेश प्रदेश अध्यक्ष कृष्ण प्रसाद यादवसँग ६ हजार ७६० मत अन्तरले पराजित भए । पूर्वमन्त्री यादवले ५ हजार ७२९ मत ल्याए भने नेपाली काँग्रेसका प्रदेश अध्यक्ष यादवले १२ हजार ४८९ मत ल्याए ।

सिरहा क्षेत्र नम्बर ४(ख) जसपाबाट उम्मेदवार रहेका पूर्व उद्योग, पर्यटन तथा वन राज्यमन्त्री सुरेश कुमार मण्डल पराजित भएका छन् । पूर्वराज्यमन्त्री मण्डल ३६५ मत अन्तरले लोसपाका रामबाबु यादवसँग पराजित भए । पूर्वराज्यमन्त्री मण्डलले ९ हजार ३९८ मत ल्याए भने लोसपाका रामबाबुले ९ हजार ७६३ मत ल्याए । नयाँपत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • राजेन्द्र महतोलाई पराजित गर्दै महिन्द्र राय यादव विजयी
  • २०७९ मंसिर १२, सोमबार ००:२८
  • In "BannerNews"
  • लोसपा अध्यक्ष ठाकुर बधाईमा, पराजित झा र महतो लगायतका नेता समीक्षामा
  • २०७९ मंसिर १२, सोमबार ००:२८
  • In "BannerNews"
  • मधेश प्रदेशमा १८ पूर्वमन्त्री पराजित
  • २०७९ मंसिर १२, सोमबार ००:२८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

चीनमा कोभिड प्रतिबन्धविरुद्ध प्रदर्शन

रास्वपालाई समानुपातिकतर्फ १० लाख मत

सुदूरपश्चिममा एमाले भन्दा रेशम चौधरीको पार्टी ठूलो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version