• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

शरतसिंह भण्डारी : पञ्चायतदेखि गणतन्त्रसम्मै, चुनाव लडिरहे अनि जितिरहे


शरतसिंह भण्डारी : पञ्चायतदेखि गणतन्त्रसम्मै, चुनाव लडिरहे अनि जितिरहे

काठमाडौं- यसपालिको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ‘दिग्गज’ नेताहरू चुनाव जित्न संघर्ष गरिरहेको बेला त्यो पार्टीका वरिष्ठ उपाध्यक्ष शरतसिंह भण्डारीले सहज जित निकालेका छन्।

२०७४ सालको निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३ बाट सजिलै चुनाव जितेका लोसपा अध्यक्ष महन्थ ठाकुरलाई यसपटक कठिन संघर्ष गर्नुप¥यो।

जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादव र स्वतन्त्र उम्मेदवार रामआधार कापडसँग भएको त्रिपक्षीय प्रतिस्पधामा ठाकुरले यसपालि सकसपूर्ण जित निकालेका छन्।

जबकि अघिल्लोपटक चुनावअघि नै उनको जितलाई पक्का ठानिएको थियो।

लोसपाकै अर्का वरिष्ठ उपाध्यक्ष राजेन्द्र महतो सर्लाहीमा जित निकाल्न पूर्वसहकर्मी महिन्द्रराय यादवसँग संघर्ष गरिरहेका छन्। महतो र यादवबीचको मतान्तर निरन्तर तलमाथि भइरहेको छ।

लोसपाका शीर्ष नेता लक्ष्मणलाल कर्णको पर्सामा जमानत नै जफत भएको छ।

लोसपाका लागि प्रतिकूल परिस्थिति बनेको यो चुनावमा वरिष्ठ नेता भण्डारीले निकटतम प्रतिद्वन्द्वी तराई मधेस लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गरेका छन्।

यो जितका साथै शरतले सातौंपटक संसदसम्मको यात्रा तय गर्ने भएका छन्। मुलुक पञ्चायतदेखि गणतन्त्रतात्मक व्यवस्थासम्म आइपुग्दा ९ पटक चुनाव लडेका भण्डारीले दुईपटकमात्रै हार बेहोर्नुपरेको छ।

२०३६ सालमा बहुदलको पक्षमा आन्दोलन गरेका शरतले पहिलोपटक २०३८ सालमा राष्ट्रिय पञ्चायतको चुनाव लडे। र, चुनाव जिते।

त्यसको पाँच वर्षपछि २०४२ मा भएको राष्ट्रिय पञ्चायतको चुनाव महोत्तरीबाटै उनले लडे। त्यो चुनावमा पनि शरतले जित हासिल गरे।

त्यो बेला मरिचमानसिंह श्रेष्ठ नेतृत्वको सरकारमा उनी पहिलोपटक स्थानीय विकास सहायकमन्त्री बने। एक वर्ष नबित्दै श्रेष्ठ नेतृत्वकै सरकारमा शरत २०४३ सालमा वाणिज्य राज्यमन्त्री बने।

तीन वर्षपछि २०४६ सालमा पञ्चायतविरूद्धको आन्दोलन सुरू भयो। आन्दोलनको सफलतापछि एकदलीय व्यवस्थाको अन्त्य भयो, बहुदलीय व्यवस्था स्थापित भयो।

राजनीतिक दलहरू खुला प्रतिस्पर्धामा उत्रिए। त्यही बेला स्थापना भएको थियो, राष्ट्रिय प्रजातन्त्र पार्टी। संस्थापक थिए ‘पूर्वपञ्चहरू’।

पहिलो जनआन्दोलनको सफलतापछि २०४८ सालमा भएको आम निर्वाचनमा शरत त्यही राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महोत्तरी–५ मा चुनाव लडे।
त्यसअघि सिङ्गो जिल्लामै चुनाव हुँदै आएकोमा प्रजातन्त्र पुर्नवहालीपछि निर्वाचन क्षेत्र बाँडिएको थियो।

तर, त्यो निर्वाचनमा शरतलाई हार बेहोर्नु प¥यो। प्रजातन्त्र स्थापनापछिको पहिलो निर्वाचनमा भाग लिएर संसदसम्म पुग्ने उनको चाहना पूरा हुन सकेन। त्यो बेला उनले ९ हजार ४५९ मत ल्याएका थिए।

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको पहिलो सरकार बहुमतका बाबजुद पाँच वर्ष टिक्न सकेन। तीन वर्षपछि मध्यावधि निर्वाचनको घोषणा भयो।

२०५१ सालमा भएको मध्यावधि निर्वाचनमा शरत महोत्तरी–४ बाट स्वतन्त्र हैसियतमा चुनाव लडे। ११ हजार ३९५ मत ल्याएर उनी निर्वाचित भए।

स्वतन्त्र भएर चुनाव जितेका शरत त्यही बेला कांग्रेस प्रवेश गरे।

मध्यावधि चुनावपछि फेर कांग्रेसकै नेतृत्वमा सरकार बन्यो। प्रधानमन्त्री थिए वर्तमान सभापति शेरबहादुर देउवा।

देउवाले त्यतिबेला जम्बो मन्त्रिमण्डल बनाएका थिए। र, पार्टी विभाजन हुँदा कांग्रेज प्रजातान्त्रिकतिर लागेका शरतलाई देउवाले विनाविभागीय मन्त्री बनाए। देउवाको त्यही कार्यकालमा उनी युवा तथा खेलकुदमन्त्री बने।

२०५६ सालमा भएको आम निर्वाचनमा कांग्रेसबाट महोत्तरी–३ मा चुनाव लडेका शरत २० हजार ४८६ मत ल्याएर विजयी भए।

चुनावपछि फेरि कांग्रेसकै नेतृत्वमा सरकार बन्यो। प्रधानमन्त्री थिए कृष्णप्रसाद भट्टराई। त्यो सरकारमा उनी स्वास्थ्यमन्त्री बने।

उनी आफूलाई अहिले पनि राजनीतिमा भट्टराईको अनुयायी भन्न रूचाउँछन्।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनअघि कांग्रेस छाडेर शरत मधेस केन्द्रित राजनीतिमा होमिए। त्यही बेला उपेन्द्र यादवको नेतृत्वमा मधेसी जनअधिकार फोरमको स्थापना भएको थियो।

पहिलो संविधानसभाको निर्वाचनमा शरतले महोत्तरी–६ बाट चुनाव लडेका थिए। त्यो बेला १२ हजार १९४ मत ल्याएर उनी निर्वाचित भए।

२०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका उनी बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षामन्त्री भए।

त्यतिबेला तराई मधेसका युवालाई नेपाली सेनामा सामूहिक प्रवेश नदिइए ‘तराई टुक्रिनसक्ने’ विवादित अभिव्यक्ति दिएपछि उनलाई राजीनामा दिनुपरेको थियो।

रक्षामन्त्रीबाट राजीनामा दिएसँगै शरतले आफ्नै नेतृत्वमा राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) गठन गरे।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनले आफ्नै नेतृत्वको रामसपाबाट महोत्तरीको क्षेत्र नम्बर १ र ६ बाट चुनाव लडे। तर, उनलाई हार बेहोर्नुप¥यो। चुनावमा शरतको त्यो पहिलो पराजय थियो।

त्यसपछि २०७४ सालमा भएको आम निर्वाचन राष्ट्रिय जनता पार्टी (राजपा) बाट चुनाव लडेका उनी ३० हजार ७२२ मत ल्याएर निर्वाचित भए।
त्यो बेला कांग्रेस नेतृ किरण यादवलाई पराजित गरेका थिए।

पाँच वर्षपछि ४ मंसिरमा भएको निर्वाचनमा फराकिलो मतान्तरसहित निर्वाचित भएका शरतले फेरि संसदसम्म पुग्ने आफ्नो बाटो कोरिसकेका छन्। आयोमेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नागरिकता विधेयकको विषय लिएर लोसपा नेताहरुले भेटे राष्ट्रपति
  • २०७९ मंसिर १०, शनिबार १२:०१
  • In "BannerNews"
  • लोसपा अध्यक्ष ठाकुर बधाईमा, पराजित झा र महतो लगायतका नेता समीक्षामा
  • २०७९ मंसिर १०, शनिबार १२:०१
  • In "BannerNews"
  • लोसपा पनि सरकारमा जाने निर्णय
  • २०७९ मंसिर १०, शनिबार १२:०१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

तमलोपा अध्यक्ष लालको जमानत जफत

१४ वर्ष अघिको मुम्बई हमलाको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन

राजेन्द्र महतोलाई पराजित गर्दै महिन्द्र राय यादव विजयी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version