जनकपुरधाम, मंसिर १० गते ।
महोत्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा चुनाव लडेका तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालको जमानत जफत भएको छ। लालले १ हजार ८३ मत मात्र ल्याए । महोत्तरी ३ मा ५९ हजार २३७ मत खसेकोमा ३ हजार ८३४ मत बदर भएको थियो ।
जमानत जोगाउन सदर मतको १० प्रतिशत ल्याउनुपर्ने व्यवस्था छ। उनले १० प्रतिशत मत कटाउन सकेनन्। लाल पूर्व राष्ट्रियसभा सदस्य हुन् भने तत्कालीन जनकपुर नगरपालिकाका मेयर हुन्। यस क्षेत्रबाट पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन्।
