• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भीम रावल र पार्टी विभाजनले सुदूरपश्चिममा एमालेको खराब नतिजा


भीम रावल र पार्टी विभाजनले सुदूरपश्चिममा एमालेको खराब नतिजा

नेकपा एमाले सुदूरपश्चिमका नेता–कार्यकर्तालाई शुक्रबार बिहानसम्म पनि कैलाली–५ जित्ने आशा थियो । यो क्षेत्रमा एमाले उम्मेदवार नारदमुनि रानाले नेपाली कांग्रेसका डिल्लीराज पन्तलाई चुनौती दिइरहेका थिए ।

बागी उम्मेदवार पुष्करनाथ ओझाले कांग्रेसको मत काट्ने अनुमानका कारण एमालेले यो क्षेत्रलाई जित्नेको सूचीमा राखेको थियो ।

तर पन्तले २१ हजार ३९२ मत ल्याएर जिते । २० हजार ३१८ मै सीमित रहेर राना हारेसँगै सुदूरपश्चिमको १६ निर्वाचन क्षेत्रमध्ये एमाले २ क्षेत्रमा सीमित हुन पुगेको छ । यसपटक सत्ता गठबन्धनमा माओवादी केन्द्रको भागमा परेको कञ्चनपुर–१ र बैतडीमा मात्रै जितेको छ ।

कञ्चनपुर–१ मा माओवादी केन्द्रका बिना मगर हराएर एमालेका तारा लामा तामाङले जिते । तामाङले २४ हजार ८९२ मत ल्याउँदा मगरले १९ हजार ३४६ मात्रै ल्याइन् । बैतडीमा भने माओवादीका नरेन्द्र कुँवरलाई ६११ मतले पराजित गर्दै एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारीले जिते ।

बाजुराका केही मतदान केन्द्रमा पुनःमतदान गर्नुपर्ने भएकाले परिणााम आउन बाँकी छ । यहाँ एमालेका कर्णबहादुर थापा र कांग्रेसका बद्री पाण्डे प्रतिस्पर्धामा छन् ।

२०७४ को निर्वाचनमा भने एमालेले १६ मध्ये ११ क्षेत्रमा जित निकालेको थियो । एमालेसँगै गठबन्धनमा रहेको माओवादीले तीन सिट जितेको थियो । कांग्रेसबाट भने डडेलधुरामा शेरबहादुर देउवाले चुनाव जिते भने कैलाली–१ मा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट रेशम चौधरीले जिते ।

तर यसपटक एमालेले अघिल्लो चुनावमा जितेको ९ सिट गुमायो । अछामका दुई, कैलालीका दुई, कञ्चनपुरका दुई, दार्चुला र डोटी एमालेले यसपटक गुमाएको हो ।

खराब इतिहासको पुनरावृत्ति

एमालेको यो चुनावी पराजय ०४८ पछिको सबैभन्दा खराब हो । पञ्चायतको अन्त्यपछि २६ वैशाख ०४८ मा सम्पन्न चुनावमा एमालेले सुदूरपश्चिमका कुनैपनि सिट जित्न सकेको थिएन । ०५१ पछि एमालेले सुदूरपश्चिममा प्रभाव बढाएको थियो । ०५१ मा एमालेले सुदूरपश्चिमका १८ मध्ये ११ जितेर मुख्य शक्ति बनेको थियो ।

०५४ मा एमाले विभाजन भएकाले ०५६ को चुनावमा फेरि एमाले शून्य भयो । ०६४ मा माओवादीको लहर चलेका बेला पनि एमालेले तीन सिट जितेको थियो । ०६४ मा सिट संख्या बढेर सुदूरपश्चिममा २१ पुग्दा एमालेले ०७० को चुनावमा ९ क्षेत्र जित्यो । तर २ भदौ ०७८ मा विभाजित भएको एमाले यसपटक ५ जिल्लामा त क्लिनस्वीप नै भएको छ । दार्चुला, बझाङ, अछाम, कैलाली र डडेल्धुरामा एमालेका उम्मेदवारले जित्न सकेनन् ।

०७४ को चुनावमा दार्चुलाबाट प्रतिनिधिसभामा गणेश ठगुन्नाले जित्दा एउटा प्रदेशसभा सदस्य पनि जितेको थियो । यसपटक दार्चुलाबाट प्रतिनिधिसभा र प्रदेशसभामा एमालेका कसैले पनि जितेनन् । कांग्रेसबाहेक अरुले अहिलेसम्म नजितेको डडेलधुरा (१) बाट समेत त्यसबेला एमालेका पठानसिंह बोहराले जितेका थिए । तर यसपटक जित्न सकेन ।

सुदूरपश्चिमका अरु क्षेत्रमा पनि प्रदेशसभा सदस्य जित्न सकेको छैनन् । शुक्रबारसम्म एमालेले बैतडीको (१) बाट सुरेन्द्र पाल, डोटी (१) बाट चक्र मल्ल र कञ्चपुर–१ (१) बाट बीरबहादुर थापाले मात्रै जितेका छन् । अघिल्लो चुनावमा एमालेले प्रदेशसभाको ३२ मध्ये १७ सिट जितेको थियो । समानुपातिकमा ८ सिट पाउँदा झण्डै बहुमत नजिक थियो ।

सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्यीय भएकाले सरकार बनाउन २५ सांसद अवश्यक थियो । वाम गठबन्धन गरी चुनावमा सहभागी भएकाले त्यसबेला माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार बनाएको थियो ।

कारण : पार्टी विभाजन र भीम रावल

अध्यक्ष केपी शर्मा ओलीले प्रतिष्ठा बनाएको सुदूरपश्चिममा ०६४ भन्दा कमजोर बन्नुमा भने मुख्यगरी तीन कारण रहेको नेताहरु बताउँछन् । पहिलो, सत्ता गठबन्धन बलियो हुँदा एमाले उम्मेदवारले जित्न सकेनन् । ०६४ को चुनाव छोड्ने हो भने यो प्रदेशमा पनि कांग्रेस र एमाले प्रतिस्पर्धी शक्ति हो । त्यसमा माओवादी र एकीकृत समाजवादीको मत थपिँदा एमालेले पराजय खेप्नुपरेको एमाले नेताहरु बताउँछन् ।

दोस्रो, एमालेको विभाजन । तत्कालीन नेकपा र पछि एमाले विभाजन हुँदा सुदूरपश्चिममा एमाले कमजोर बन्यो । एकीकृत समाजवादीले उत्कृष्ट नतिजा निकाल्नुले पनि विभाजनको कारण एमाले पराजित हुनुपरेको पुष्टि हुन्छ । एकीकृत समाजवादीले आफ्नो भागमा परेको अछाम–१, डोटी र बझाङमा जितेको छ । डडेल्धुराबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका एकीकृत समाजवादीका नेताले समेत चुनाव जिते ।

एमालेले जित्न नसक्नुको तेस्रो कारण भीम रावल फ्याक्टर भएको नेताहरु बताउँछन् । रावलको असन्तुष्टि र उनीविरुद्ध केपी ओलीको अभिव्यक्तिका कारणले चुनावमा असर परेको देखिन्छ । अछाम–१ बाट सर्वसम्मत सिफारिस भएका रावललाई ओलीले टिकट नदिएर झपट बोहरालाई उम्मेदवार बनाएका थिए । तर यो क्षेत्रसँगै अछाम–२ मा समेत एमालेले हार व्यहोर्नुपर्‍यो ।

‘मैले यसरी बोल्यो भने मेरो पनि राजनीति समाप्त हुन्छ, पार्टीभित्र बिरोधीको सफाया गर्ने ट्रेण्ड नै बसेको छ’, एमाले सुदूरपश्चिमका एक नेता भन्छन्, ‘तर सत्य कुरा के हो भने सुदूरपश्चिममा भीम रावलको अभाव खड्किएकै हो ।’

रावलमा चुनावी कमाण्डको राम्रो क्षमता भएको उनी बताउँछन् । ‘भीम रावलले जति बुझेका ठूला नेता अरु छैनन् । तर यसपटक भीम रावल सक्रिय हुनु भएन’, ती नेता भन्छन् ।

पार्टी नेतृत्वले योग्य भन्दा पनि आफ्ना विश्वास पात्रलाई मात्रै टिकट दिँदा पनि चुनाव जित्न नसकेकामा अरु नेताहरु पनि सहमत छन् । ‘भूगोलमा खटेर काम गर्ने मान्छेलाई टिकट नदिने, नेतृत्वको वरिपरी घुम्नेलाई टिकट दिने’ डोटीका एक नेता भन्छन्, ‘अनि कसरी जित हुन्छ त !’

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठक भने भीम रावलका कारण अछामबाहेक अन्यत्र असर नपरेको जिकिर गर्छन् । सत्तारुढ गठबन्धन एकताबद्ध हुनु, मतदातामा पार्टी विभाजनको मनोवैज्ञानिक असर पर्नु, स्थानीय तह चुनावमा सत्ता गठबन्धनका दलले पाएको मत एमालेको भन्दा धेरै हुनु र एमालेविरुद्धको भ्रम चिर्न नसक्नु जस्ता पक्ष हारको कारक रहेको उनको भनाइ छ ।

‘सुदूरपश्चिममा भीम रावलको अन्तर विरोधका कारण चुनावमा प्रतिकुल नतिजा प्राप्त गरेको भन्ने निष्कर्ष सही हुदैन । अछाममा आंशिक रुपमा त्यो फ्याक्टरले पनि काम गरेको होला तर समग्र प्रदेशभर त्यस्तो छैन’, पाठकले भने ।

प्रदेशमा समानुपातिक पद्धतितर्फको प्रारम्भिक नतिजामा सबै जिल्लामा एमाले अगाडि देखिएको भन्दै एक्लाएक्लै लडेको भए एमालेले धेरै सिट जित्ने दावी गरे ।  अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कञ्‍चनपुर-१ मा एमालेका नरबहादुर धामी चुनाव हार्ने यस्तो छ जोडघटाउ
  • २०७९ मंसिर १०, शनिबार ११:२२
  • In "BannerNews"
  • कम्युनिस्टहरुको सुदूरपश्चिममा बिजोग अवस्था
  • २०७९ मंसिर १०, शनिबार ११:२२
  • In "BannerNews"
  • यादवलाई चुनाव जित्‍न कठिनाइ हुन नपर्ने भए पनि उपेन्द्र मैदानमा होमिदा भने समस्या
  • २०७९ मंसिर १०, शनिबार ११:२२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ बाट दोस्रो पटक निर्वाचित

मधेसी जनताले उपेन्द्र यादवलाई सिकाए पाठ एमाले सङ गठबन्धन पुर्ण रूपमा असफल

डिलिट भैसकेपछि पनि ह्वाट्सएप मेसेज कसरी पढ्ने ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version