• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ नागरिकका कारण नेपाली पाईलटको जागिर जाने खतरा


चिनियाँ नागरिकका कारण नेपाली पाईलटको जागिर जाने खतरा

उडिरहेको विमानको ककपिटमा यात्रुलाई प्रवेश दिएर गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामालाई उडानमा प्रतिबन्ध लगाइएको छ । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले लामालाई गत आइतबारदेखि उडानमा प्रतिबन्ध लगाएको हो ।

केही समयअगाडि दुबईबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी विमानको ककपिटभित्रै एक भ्लगरलाई प्रवेश दिएर क्याप्टेन लामाले गम्भीर सुरक्षा लापरबाही गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण –क्यान०ले जनाएको छ । सोही विषयमा क्यानले लामालाई क्यानको कार्यालयमा बोलाएर दुई दिनअघि यथाशक्य चाँडो स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले रातोपाटीलाई बताए ।

दुबईबाट काठमाडौँ आउने क्रममा चिनियाँ एभिएसन भ्लगर साम चुइलाई विमानको ककपिटमै प्रवेश गराएको र यसबाट गम्भीर सुरक्षा लापरबाही भएको भन्दै उक्त विमानका क्याप्टेन लामालाई स्पष्टीकरण सोधी कारबाही गर्ने तयारी भएको हो । क्यानले यथाशक्य चाँडो स्पष्टीकरण पेस गर्न भनेपछि लामाले यस विषयमा छलफल गरिरहेका छन् ।

चिनिया भ्लगर साम चुईले गत ५ नोभेम्बरमा आफ्नो भ्लग युट्युबमा प्रकाशन गरेपछि यात्रुलाई ककपिटमा प्रवेश दिएको र उडान कर्मचारीसँग भिडियो वार्ता गरेको जानकारी आएको थियो । तर त्यसका लागि अनुमति नै नलिइएको पाइएपछि यसले गम्भीर सुरक्षा चुनौती थपिएको भन्दै लामालाई तत्कालका लागि उडानमा प्रतिबन्ध लगाएर स्पष्टीकरण माग गरिएको हो ।

क्यानका प्रवक्ता निरौलाका अनुसार तत्कालका लागि लामासँग स्पष्टीकरण माग गरिएको छ । स्पष्टीकरण चित्तबुझ्दो नभएमा र यसबाट लापरबाही पुष्टि भएमा उनको लाइसेन्स नै खारेज हुनेसम्मको कारबाही हुन सक्नेछ ।

फ्लाइट सेफ्टी रुलमा यात्रुलाई ककपिटमा प्रवेश दिनुलाई गम्भीर सुरक्षा चुनौती र लापरबाही मानिन्छ । इकोनोमी क्लासमा रहेका यात्रुलाई बिजनेस क्लास खाली भएमा उडान सुरु भएपछि त्यहाँ लैजाने अधिकार भने क्याप्टेनलाई दिइएको हुन्छ । तर ककपिटमै लगेर देखाउने हो भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पहिले नै अनुमति लिएको हुनुपर्नेछ । अनुमति नलिई यात्रुलाई ककपिटमा पुराएको विषयमा उनीमाथि स्पष्टीकरण सोधिएको हो ।

चिनिया एभिएसन भ्लगर साम चुई नेपाल आएपछि पनि लामालाई सँगै लिएर सगरमाथा क्षेत्रको भ्रमणमा निस्किएका छन् । लामा ती चिनिया भ्लगरसँगै सगरमाथा क्षेत्र घुमेर फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रुसद्धारा युक्रेनमाथि सैन्य आक्रमण
  • २०७९ कार्तिक २४, बिहीबार १८:५९
  • In "अन्तराष्ट्रिय"
  • विमानको पाङ्ग्रामा लुकेर अफगानिस्तानबाट भारत पुगे १३ वर्षका बालक
  • २०७९ कार्तिक २४, बिहीबार १८:५९
  • In "BannerNews"
  • एयर इण्डियाको दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
  • २०७९ कार्तिक २४, बिहीबार १८:५९
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Next Post

चीनमा फेरि बढन थाल्यो कोभिड संक्रमण, ८ लाख मान्छे प्रभावित

ललितपुरमा नवराज सिलवाललाई धक्का, चुनावी कमाण्डर नै कांग्रेस प्रवेश

आफू नेतृत्वको सरकार ढलेपछि ओली विचल्लित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version