No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ल्हासामा दुर्लभ विरोधप्रदर्शन भएको भिडिओ सार्वजनिक, कैयौँ चिनियाँ सहर लकडाउनमा

ल्हासामा दुर्लभ विरोधप्रदर्शन भएको भिडिओ सार्वजनिक, कैयौँ चिनियाँ सहर लकडाउनमा

चीन सरकारले कोभिड महामारी नियन्त्रण गर्ने उद्देश्यले लागु गराएका कठोर नियमविरुद्ध तिब्बतको क्षेत्रीय राजधानी ल्हासामा ठूला स्तरका प्रदर्शनहरू भएको भिडिओ फुटेज सार्वजनिक भएको छ। चीनमा त्यस्ता प्रदर्शनहरूलाई दुर्लभ मानिन्छ।

सामाजिक सञ्जालमा प्रेषित एकभन्दा बढी भिडिओहरूमा सयौँ मानिसहरू विरोधप्रदर्शनमा सहभागी भएको र प्रहरीसँग उनीहरूको झडप भएको देखिन्छ।

उनीहरूमध्ये अधिकांश मानिस हान समुदायका चिनियाँ आप्रवासी कामदार रहेको ठानिएको छ।

उक्त सहरमा झन्डै तीन महिनायता लकडाउन लगाइएको छ। सङ्क्रमणको नयाँ लहर देखा परेपछि सो निर्णय लिइएको थियो।

भिडिओ फुटेजमा के देखिन्छ?

तिब्बत सबैभन्दा कडा सुरक्षाव्यवस्था कायम गरिएको चिनियाँ क्षेत्र हो।

उक्त प्रदर्शन बुधवार अपराह्ण भएको र त्यो रातिसम्म चलेको बताइएको छ।

एउटा भिडिओमा सयौँ मानिसहरू चोकमा भेला भएको देख्न सकिन्छ। त्यसमा एउटा कुनाबाट सुरक्षाकर्मीहरूले उनीहरूलाई छेकिरहेको देखिन्छ।

शान्त रहन अनुरोध गर्दै लाउडस्पीकरबाट सन्देश प्रवाह गरिएको सुन्न सकिन्छ। एक अधिकारीले “मानिसहरूलाई कुरा बुझ्न र फिर्ता जान” भनिरहेको सुनिन्छ।

अर्को भिडिओमा दर्जनौँ मानिसहरू चोकमा देखा पर्छन् र एक जनाले घटनास्थलमा प्रतिक्रिया जनाइरहेको सुन्न सकिन्छ।

तिब्बत

तस्बिर स्रोत,TWITTER

“(उनीहरूलाई) ज्यादै लामो समय बन्दी बनाइएको छ। यो समुदायमा आएका धेरै मानिसहरू काम गर्न र पैसा कमाउन आएका हुन्। यदि चिनियाँ मूलभूमिमा नै त्यस्तो अवसर पाउँथे भने उनीहरू यहाँ आउँदैनथे,” उनले म्यान्डरिनमा भनेका छन्।

अर्को भिडिओमा मानिसहरूले “हामी घर जान चाहन्छौँ” लेखिएको प्ल्याकार्डसहित जुलुस निकालिरहेको देख्न सकिन्छ।

बीबीसीले तीमध्ये केही भिडिओ ल्हासामा हालैका दिनमा खिचिएको पुष्टि गर्न सकेको छ।

चिनियाँ सामाजिक सञ्जालबाट तिनलाई हटाइएको भए पनि ट्विटरमा ती भिडिओहरू पुन: पोस्ट भएका छन्।

तिब्बती स्रोतहरूले रेडिओ फ्री एशियालाई बताएअनुसार प्रदर्शनकारीहरूले निषेधाज्ञा नहटाइए “आगो लगाइदिने” चेतावनी दिएका थिए।

तर त्यो भनेको के हो प्रष्ट छैन।

अर्को स्रोतले बताएअनुसार सर्वसाधारण नागरिक र प्रहरी अधिकृतबीचको विवादले हिंसात्मक रूप लिन सक्ने चिन्ता पनि व्यक्त भएको थियो।\

ल्हासा

लकडाउनको सास्ती

ल्हासाकी एक बासिन्दाले आफू लकडाउनको पालना गरेर बसेको हुनाले प्रदर्शन नदेखेको तर च्याट समूहमा कैयौँ भिडिओ फैलिरहेको थाहा पाएको बीबीसीलाई बताएकी छन्।

“मानिसहरूले प्रत्येक दिन घरभित्रै थुनिएर बस्नुपरेको छ, त्यही भएर जीवन कष्टकर छ। ल्हासामा महँगी अकासिएको छ र घरधनीहरूले डेरा भाडा मागिरहेका छन्।”

“बाहिरबाट आएका कामदारहरूलाई आफ्नो गृहनगरमा जान पनि दिइएको छैन। उनीहरूसँग अर्को कुनै उपाय छैन,” आफ्नो थर हानबाट आफूलाई चिनाउन चाहने ती महिलाले भनिन्।

“मानिसहरूले घर जान मिल्छ कि मिल्दैन भनेर समाधानबारे सोधिरहेका थिए।”

हानले आफू लगभग ८० दिनदेखि लकडाउनमा रहेको उल्लेख गर्दै मानिसहरूलाई आफ्नो कम्पाउन्डभित्र प्रत्येक दिन कैयौँ घण्टा डुल्न दिइएको भए पनि त्यहाँबाहिर जान नदिने गरिएको बताइन्।

उनले भनिन्, “अहिलेको (कोभिड सङ्क्रमणको) वास्तविक सङ्ख्या कसलाई थाहा छ? प्रत्येक दिन हामी कोभिडका बिरामीलाई अक्सिजन चाहिएको भन्ने सुन्न सक्छौँ। सरकारले आफूलाई जति मन लाग्छ त्यति सङ्ख्या भन्न सक्छ।”

बीबीसीले टिकटकको चिनियाँ संस्करण दाउयिनमा कोभिड नियन्त्रण गर्ने उद्देश्यले चालिएका कदमका ल्हासा अप्ठेरोमा फसेको कुरा कैयौँ मानिसले लेखेको पाएको छ।

तिब्बतमा लकडाउन लागेपछि आवश्यक सामग्री वितरण गर्न खटिएका स्वयंसेवकहरू

तस्बिर स्रोत,REUTERS

तस्बिरको क्याप्शन,तिब्बतमा लकडाउन लागेपछि आवश्यक सामग्री वितरण गर्न स्वयंसेवकहरू पनि परिचालित भएका थिए – फाइल तस्बिर

“आज ल्हासामा लकडाउनको ७७औँ दिन हो। मलाई थाह छैन यस्तो अवस्था कहिलेसम्म रहन्छ। के तपाईँले बुझ्न सक्नुहुन्छ….. आप्रवासी कामदारलाई कति गाह्रो छ?” एउटा पोस्टमा भनिएको छ।

“हामीले तीन महिनादेखि कुनै आम्दानी गर्न सकेका छैनौँ तर खर्च एक पैसाले पनि घटेको छैन। ल्हासामा रहेका मेरा साथीहरू, तिमीहरू कति लामो समय यसरी बस्न सक्छौँ?” अर्को पोस्टमा भनिएको छ।

प्रदर्शनबारे कुनै औपचारिक प्रतिक्रिया वा सरकारी सञ्चारमाध्यममा समाचार प्रकाशित भएको छैन।

यद्यपि बिहीवार स्थानीय अधिकारीहरूले ल्हासामा थप आठ जनामा सङ्क्रमण पुष्टि भएको बताएका थिए।

चिनियाँ सामाजिक सञ्जालमा उक्त घटनाको सबै फुटेज हटाइएको छ। तर दाउयिनमा गरिएका खोजीमा प्रदर्शनसँग सम्बन्धित विषय – जस्तै, “आज राति ल्हासामा के भयो?” – फेला पार्न सकिन्छ।

ल्हासामा अगस्ट महिनाको अन्त्यदेखि लकडाउन लगाइएको छ। अधिकारवादी समूहहरूले लकडाउन सुरु भएयता कैयौँ तिब्बतीहरूले आत्महत्या गरेको बताएका छन्।

ल्हासामा कोभिड परीक्षण

तस्बिर स्रोत,REUTERS

चिनियाँ सरकार मौन

चीनको “शून्य कोभिड” नीतिले मानिसहरूको ज्यान जोगाएको छ, तर त्यसले चिनियाँ अर्थतन्त्र र सर्वसाधारण मानिसको दैनिक जीविकोपार्जनमा नराम्रो प्रभाव पारेको छ।

लकडाउन र यात्रासम्बन्धी प्रतिबन्धका कारण सर्वसाधारण मानिसमा निराशा बढ्दो छ।

बुधवारको प्रदर्शन सन् २००८ मा १९ जनाको ज्यान जानेगरी तिब्बतमा आयोजित प्रदर्शनयताकै ठूलो भएको बताइन्छ।

त्यस बेला प्रदर्शनकारीलाई चिनियाँ सुरक्षाकर्मीले चरम दमन गरेको र घातक रूपमा बल प्रयोग गरेको आरोप लागेको थियो।

उक्त घटनापछि तिब्बतमा विदेशीहरूलाई प्रतिबन्ध लगाइएको थियो भने दशौँ हजार चिनियाँ सैनिकलाई तिब्बत पठाइएको थियो।

तिब्बत चीनको स्वशासित क्षेत्रका रूपमा छ।

बेइजिङले आफ्नो शासन कायमपछि त्यहाँको अवस्था उल्लेख्य रूपमा सुधार भएको बताउने गरेको छ।

अधिकारवादी समूहहरूले चीनले मानवाधिकार उल्लङ्घन गर्ने गरेको भन्दै बेइजिङले राजनीतिक तथा धार्मिक दमन गरेको आरोप लगाउँछन्।

तर चीनले ती आरोपहरू अस्वीकार गर्ने गरेको छ।

अन्य कैयौँ सहर लकडाउनमा

चीनमा यतिखेर पहिलोपटक कोभिड पुष्टि भएको वूहानसहित दर्जनौँ सहरहरू लकडाउनमा छन्।

लगातार तेस्रो दिन चीनमा १ हजारभन्दा धेरै मानिसमा कोभिडका घटना देखा परेपछि त्यस्तो कडाइ गरिएको हो।

वूहानको एक क्षेत्रमा ८ लाखभन्दा धेरै मानिसहरूलाई अक्टोबर ३० सम्म घरमै बस्न भनिएको छ।

विश्वकै सबैभन्दा ठूलो आइफोन उत्पादक प्लान्ट रहेको झेङजो सहर समेत लकडाउनबाट प्रभावित बनेको छ।

यस महिनाको सुरुमा राष्ट्रपति सीले शून्य कोभिड नीतिलाई सहज नपारिने सङ्केत गरेका थिए।

सीले उक्त नीतिलाई ‘भाइरसको फैलावट रोक्ने जनयुद्ध’ बताएका थिए।

चीन

तस्बिर स्रोत,GETTY IMAGES

२४ अक्टोबरसम्ममा देशका झन्डै २८ सहरहरूमा कुनै न कुनै प्रकारका लकडाउन कायम रहेको बताइएको छ।

नोमुरा अध्ययन संस्थानले रोयटर्सलाई बताए अनुसार झन्डै २० करोड ७० लाख मानिसहरू ती क्षेत्रमा प्रभावित छन् जसले चीनको कुल ग्रार्हस्त उत्पादनको झन्डै एक चौथाइ हिस्साका लागि योगदान गर्छन्।

लकडाउन कार्यान्वयन हुनेमा धेरैजसो उच्च र मध्यम स्तरको जोखिममा रहेको ठानिएका ठाउँहरू छन्।

कम, मध्यम वा उच्च जोखिम क्षेत्रमा रहेका आधारमा त्यहाँका बासिन्दाहरूलाई भिन्न भिन्न लकडाउनका नियम लगाइएका छन्।

यस साता वूहानमा दैनिक २५ जनासम्ममा सङ्क्रमण देखिएको थियो। पछिल्ला दुई सातामा त्यहाँ दुई सयभन्दा धेरै सङ्क्रमित पाइएका थिए।

साताको सुरुमा दक्षिणी चिनियाँ सहर ग्वान्जाओमा प्रत्यक्ष रूपमा पढाउने र रेस्टुराँमा खानपान गर्न प्रतिबन्ध लगाइएको थियो।

 उक्त सहरमा बिहीबार १९ सङ्क्रमणका घटना देखा परेका थिए। बिबिसी न्युज बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
अमेरिका-चीन लेखा सम्झौतामा युद्धविराम, सम्भवतः आँसुमा समाप्त हुने : विशेषज्ञ

अमेरिका-चीन लेखा सम्झौतामा युद्धविराम, सम्भवतः आँसुमा समाप्त हुने : विशेषज्ञ

उपेन्द्र यादवको साथबाट मुस्लिम र दलितहरु छुटिएपछि लोसपाका ठाकुरको पक्ष बलियो हुँदै

उपेन्द्र यादवको साथबाट मुस्लिम र दलितहरु छुटिएपछि लोसपाका ठाकुरको पक्ष बलियो हुँदै

चुनाव हार्ने भए पछि गुण्डागर्दीमा उत्रिए राई, गाउँपालिका अध्यक्षलाई थर्काएपछि आयोगले काट्यो पत्र, उम्मेदवारी खारेज गर्ने चेतावनी

चुनाव हार्ने भए पछि गुण्डागर्दीमा उत्रिए राई, गाउँपालिका अध्यक्षलाई थर्काएपछि आयोगले काट्यो पत्र, उम्मेदवारी खारेज गर्ने चेतावनी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .