• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै प्रचार गर्दैछन् उपेन्द्र यादव


कर्मचारीपछि सरकारी डाक्टरलाई चुनावी प्रचारमा खटाए उपेन्द्रले, आचारसंहिताको धज्जी उडाउँदै

काठमाडौं- सप्तरी-२ मा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई यसपटक जित निकाल्न निकै सकस भइरहेको छ। उनविरुद्ध सिके राउतले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेसँग तालमेल गरे पनि उनलाई मत पाउने सम्भावना निकै कम छ।

यसअघि स्थानीय निर्वाचनमा छोराको पराजय देखेका जसपा अध्यक्ष यादव आफ्नो व्यक्तिगत स्वार्थका लागि जससँग पनि तालमेल गरी घाँटी जोड्न पुग्‍ने उनको राजनीतिक नीति र सिद्धान्त कमजोर भएको भन्दै मतदाताहरु पनि उनीसँग सन्तुष्ट छैनन्।

जसका कारण उनी आफू चुनाव जित्‍नका लागि जुनसुकै हतकण्डा अपनाउन पनि तयार देखिन्छन्। उनले समाजमा अलि प्रभाव भएका सरकारी कर्मचारी, शिक्षक र चिकित्सकहरुलाई दबाब सिर्जना गर्दै प्रचार-प्रसारमा हिँडाउने गरेका छन्। उनले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै यस्तो कदम चालिरहेका छन्।

उनको चुनावी प्रचार-प्रसारमा सहभागी भएको भन्दै रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जित कुमार झालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। झालाई २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न निर्वाचन आयोगले निर्देशन दिएको हो।

डा. झाले सप्तरी जिल्ला क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार उपेन्द्र यादव प्रचारप्रसार गरेको देखिएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिता,२०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन भन्ने व्यवस्था छ।

स्पष्टीकरणमा भनिएको छ, ‘उल्लिखित सन्दर्भमा तपाईंले दलका उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनुभएको कार्यले निर्वाचन आचारसंहिता,२०७९ र प्रचलित सार्वजनिक सेवा सम्बन्धी कानून समेतको उल्लंघन हुन्छ, हुँदैन? तपाईंबाट उक्त कार्य भएको भए किन कानून बमोजिम कारवाही हुनु नपर्ने हो?’

यसरी उनले आफ्नो प्रचारमा सहभागी गराएका अन्य सरकारी ओहदामा रहेका व्यक्तिहरुलाई पनि स्पष्टिकरण सोध्‍ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कर्मचारीपछि सरकारी डाक्टरलाई चुनावी प्रचारमा खटाए उपेन्द्रले, आचारसंहिताको धज्जी उडाउँदै
  • २०७९ कार्तिक २१, सोमबार ११:३१
  • In "BannerNews"
  • जसपाका अध्यक्ष उपेन्द्र र संघीय परिषद अध्यक्ष राई विच विवाद शुरु
  • २०७९ कार्तिक २१, सोमबार ११:३१
  • In "BannerNews"
  • उपेन्द्र यादवलाई राजनीतिक रूपमा सिद्ध्याउन गौर घटना उचालियो’
  • २०७९ कार्तिक २१, सोमबार ११:३१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

रौतहट-४ मा उद्धवको पलरा भारी

एमालेले खोक्रो राष्ट्रवादलाई चुनावी मुद्दा बनाएपछि प्रधानमन्त्री देउवाको काउन्टर

निर्वाचन आचारसंहिता अनुगमन गर्ने अधिकृतलाई सुरक्षा दिन प्रहरीलाई आयोगको पत्र

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version