• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनमा कोभिड : विश्वकै ठूलो आइफोन प्लान्ट बन्द


चीनमा कोभिड : विश्वकै ठूलो आइफोन प्लान्ट बन्द

कोभिडका कारण हालसालै सार्वजनिक भएको आइफोन–१४ र आउँदै गरेको क्रिसमस तथा लुनार सपिङसमेत प्रभावित हुनेछ
विश्वको सर्वाधिक ठूलो आइफोन फ्याक्ट्री कोभिडका कारण बन्द भएको छ । झेङ्गाउ सहरको एक जिल्लामा कोभिड देखिएपछि लकडाउन गरिएको हो । बुधबारबाट सुरु भएको उक्त लकडाउन एक हप्तासम्म जारी रहने बताइएको छ । यसरी फ्याक्ट्री बन्द गर्ने कदमले आइफोन–१४ को उत्पादनमा प्रभाव पार्ने आकलन गरिएको छ । झेङ्गाउस्थित फक्सकन प्लान्टमा आइफोन उत्पादन हुँदै आइरहेको थियो ।

चिनियाँ जनता तथा त्यहाँका व्यापारीहरूले राष्ट्रपति सी जिनपिङको शून्य कोभिड नीतिसँग निरन्तर भिडिरहेका छन् । बुधबार त्यहाँका स्थानीय अधिकारीले झेङ्गाउ विमानस्थल आर्थिक क्षेत्र छिटै सुचारु हुने बताएका छन् । उनीहरूका अनुसार अहिले जारी भएको लकडाउन यही नोभेम्बर ९ को मध्यदिनमा अन्त्य हुनेछ । यति मात्रै होइन, कोभिडकै कारण अहिले त्यहाँ सार्वजनिक यातायात सेवा पनि बन्द गरिएको छ । यस्तै, वी–च्याट सामाजिक सञ्जालमार्फत आमसर्वसाधारणलाई घरबाटै काम गर्न आधिकारिक सूचना जारी भएको छ । नियम पालना नगरेको खण्डमा कडाभन्दा कडा कारबाही गरिने उल्लेख छ ।

झेङ्गाउ हेनान प्रदेशको राजधानी हो । त्यहाँ एक करोडभन्दा बढी मानिस बसोवास गर्छन् । गत शनिबारदेखि कोभिडका १६७ जना नयाँ संक्रमित देखिएका छन् । जब कि गत हप्ता जम्मा ९७ जना संक्रमित भेटिएका थिए । यो लकडाउन एप्पलका लागि शुभ भने देखिँदैैन । हालसालै मात्रै सार्वजनिक भएको आइफोन–१४ र आउँदै गरेको क्रिसमस तथा लुनार सपिङलाई यसले प्रभावित पार्ने आकलन गरिएको छ ।

फक्सकनको झेङ्गाउ प्लान्टमा दुई लाख कर्मचारीले एप्पलका अधिकांश फोन उत्पादन गर्दै आइरहेका छन् । फक्सकनका अनुसार उत्पादन केन्द्रका कर्मचारीले कोभिडको अवधिमा काम त्यागेपछि दैनिक बोनस चौगुना बनेको छ । यस्तै, एसेम्बली लाइन वर्कर्सका लागि बोनस बढेर प्रतिदिन ४०० युआन अर्थात् ५५ डलर पुग्नेछ ।

कतिसम्म भने फक्सकन कम्पनीले महिनामा २५ दिनभन्दा बढी फ्याक्ट्रीमा काम गर्ने कामदारलाई पुरस्कारस्वरूप पाँच हजार युआनदेखि १५ सय युआनसम्म दिने घोषणा गरेको छ । जसले पूर्ण मिहिनेतका साथ नोभेम्बरमा कुनै बिदा नलिई काम गर्छ, उसले बोनसस्वरूप १५ हजार युआनसमेत प्राप्त गर्ने कम्पनीको भनाइ छ । यो बोनस ‘बिस्तारै उत्पादन सुरु’ तथा ‘हाम्रा कर्मचारीलाई धन्यवाद’स्वरूप हुनेछ ।

यद्यपि, फ्याक्ट्रीमा कार्यरत कति जनामा कोरोना संक्रमण देखियो भन्नेबारे आधिकारिक पुष्टि भएको छैन । ‘झेङ्गाउमा कर्मचारीको सानो संख्या महामारीले प्रभावित भएको थियो,’ फक्सकनको भनाइ छ, ‘उनीहरूले राहत सामग्री, मनोसामाजिक आराम र उत्तरदायी प्रतिक्रिया पाएका छन् ।’अहिले झेङ्गाउको महामारी नियन्त्रण कार्य तीव्र रूपमा चलिरहेको छ भने त्यसको प्रभाव पनि नियन्त्रणमा रहेको बताइएको छ । तर, चिनियाँ सामाजिक सञ्जालमा सेयर भएका फुटेजले सार्वजनिक यातायातमा समातिने डरले श्रमिक आफ्नो घर जान मैदानमा भाग्दै गरेको देखाएको थियो । सी थर भएका एकजना २२ वर्षे कामदारका अनुसार शयनकक्षमा पूरै अराजकता थियो । त्यहाँ उनीसहित उनका सहकर्मी पनि राखिएका थिए । यसबाहेक फ्याक्ट्रीवरिपरि पनि लकडाउन भएको त्यहाँस्थित कर्मचारीको भनाइ छ । कोभिड पोजिटिभ देखिएका कर्मचारीलाई क्वारेन्टाइनमा राखेर दैनिक परीक्षणसमेत भइरहेको छ ।

फक्सकनका अनुसार कर्मचारीको सुविधा र जीवनस्तर सुधारका लागि अब फ्याक्ट्रीका कोठामा कर्मचारीले खाना खाइरहनुपर्ने आवश्यकता छैन । साथै, कम्पनीले स्थानीय सरकारसँग समन्वय गरी जो काममदार घर फर्किन चाहन्छन्, उनीहरूका लागि त्यो सुविधा उपलब्ध गराइनेछ ।तर, लकडाउन भइसकेपछि कामदार कसरी आफ्नो घर फर्किन सक्छन् भन्ने अझै स्पष्ट भइसकेको छैन । यसबारे फक्सकन र एप्पल दुवैले जवाफ दिएका छैनन् । पछिल्ला दिनमा अन्य व्यापारमा पनि कोरोना महामारीले नराम्ररी धक्का पु¥याएको छ ।

केही दिनअघि हेफेईको पूर्वी सहरमा रहेको चिनियाँ इलेक्ट्रिक भेहिकल निर्माता निओ कम्पनीले आफ्ना दुई फ्याक्ट्रीको उत्पादन बन्द गरेको छ । उक्त कम्पनीले अक्टोबर महिनामा मात्रै १० हजार इलेक्ट्रिक भेहिकल डेलिभरी गरेको जनाएको छ । चीनका केही क्षेत्रमा देखिएको कोभिड महामारीका कारण सञ्चालन चुनौतीको प्रतिबन्ध र सप्लाई चेनको अस्थिरताले बन्द गर्नुपरेको कम्पनीको भनाइ छ ।
बिबिसि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनमा राष्ट्रपति सि को राजीनामा माग्दै प्रदर्शन
  • २०७९ कार्तिक २०, आईतवार १४:३४
  • In "BannerNews"
  • कोभिडको त्रास बढ्दा चीनमा तनावग्रस्त परिस्थितिमा
  • २०७९ कार्तिक २०, आईतवार १४:३४
  • In "BannerNews"
  • जनता रोडमा ओर्लिदा हल्लियो चिनियाँ सरकार
  • २०७९ कार्तिक २०, आईतवार १४:३४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Next Post

इरानद्वारा युक्रेन युद्ध भन्दाअघि रुसलाई ड्रोन दिएको पुष्टि

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै प्रचार गर्दैछन् उपेन्द्र यादव

रौतहट-४ मा उद्धवको पलरा भारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version