• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने चार व्यापारी पक्राउ


४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने चार व्यापारी पक्राउ

काठमाडौं : भारतले प्याज आयातमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि व्यापारीले प्याजको मूल्य बढाएका छन्।

प्रतिकिलो ४८ देखि ५० रुपैयाँमा बिक्री भइरहेको प्याजको मूल्य भारतको प्रतिबन्धपछि १ सय २० रुपैयाँसम्म पुगेको छ।

प्याजको मुल्य खुद्रा व्यापारीले मात्रै बढाएका छैनन् थोक विक्रेताले समेत चर्को मूल्य असुलिरहेका छन्।

कालिमाटी फलफुल तथा तरकारी बजारकै मूल्य सुचीमा प्याजको मूल्य न्युनतम ११८, अधिकतम १२० र औसत ११९ रुपैयाँ तोकिएको छ।

प्याजको भाउ अकासिएको गुनासो आएपछि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज  भट्ट बजार अनुगमनका लागि बल्खु र कालिमाटी तरकारी बजार गएका थिए।

अनुगमनमा व्यापारीले प्याजमा कालोबजारी गरेको प्रमाणित भएपछि  महानगरीय प्रहरी वृत कालिमाटीले चारजना व्यापारीलाई पक्राउ गरेको छ।

प्रहरीले ४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने दुई जना बल्खु तरकारी बजारबाट र दुई जनालाई कालिमाटी फलफूल तथा तरकारी बजारबाट पक्राउ गरेको हो।

अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० मा बेचेको पाइएपछि चारजनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत कालिमाटीका पप्रमुख डिएसपी अपिल बोहराले जानकारी दिए।

‘प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० मा बेचेको पाइएपछि उनीहरुलाई पक्राउ गरेका हौं, उनीहरुलाई कालोबजारी अन्तर्गतको मुद्दा चलाउँछौं’ उनले भने।

डिएसपी बोहराका अनुसार २ सय १९ बोरा प्याज सिल गरिएको छ।

अन्य व्यापारीलाई भने उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाइ सिफारिस गरिएको छ।

भारतको दक्षिणी क्षेत्रमा अधिक वर्षाका कारण प्याजको उत्पादन घटेको र घरेलु बजारमा भाउ आकासिन थालेको भन्दै भारतको केन्द्र सरकारले सोमबार निर्यातमा प्रतिबन्ध लगाएको थियो।

विशेषगरी भारतीय प्याजमा निर्भर रहेको नेपाली बजारमा प्रतिबन्धको भोलिपल्ट नै असर परेको व्यवसायीहरूले बताएका छन्।

कालीमाटीमा आइतबार प्याजको थोक भाउ औसतमा ६९ रुपैयाँ थियो। मंगलबार नै प्याजको मूल्य ७५ रुपैयाँ पुर्‌याइएको थियो।

साउन मसान्तमा कालीमाटीमा भारतीय सुकेको प्याजको थोक मूल्य औसतमा किलोको ३१ रुपैयाँ थियो। भारतले यसअघि नै निर्यातमा कडाइ गर्दै आएको थियो।

फलतः यो बीचमा भाउ निकै उकालो लागेको कालीमाटी फलफूल तथा तरकारी बजारले जनाएको थियो। aayomail

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर
  • २०७७ भाद्र ३१, बुधबार १९:४१
  • In "मुख्य समाचार"
  • बजारमा दैनिक उपभोग्य सामग्रीको अत्यधिक भाउ बढ्दा उपभोक्ता मारमा
  • २०७७ भाद्र ३१, बुधबार १९:४१
  • In "मधेश प्रदेश"
  • व्यवसायीबाट नियन्त्रणमा लिएको प्याज बिक्री
  • २०७७ भाद्र ३१, बुधबार १९:४१
  • In "समाचार"

Netramani Singh

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

दिवंगत भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीकाे नेपालमा स्मरण

मन्दिरको बजेट मनोमानी भएको भन्दै हिन्दू महासंघदवारा ज्ञापनपत्र

सबैभन्दा क’न्जुस हुन्छन् यी राशि भयका मानिस, तपाईको कुन राशि ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version